नेभिगेशन
सबै कुरा

यू–१९ महिला विश्वकप २०२५ मा छनोट भएको नेपाली टाेलीलाई प्रतिव्यक्ति २ लाख ५० हजार पुरस्कार दिने क्यानकाे घाेषणा

काठमाडाैँ । आइसिसी महिला यू–१९ विश्वकप २०२५ मा छनोट भएको नेपाली खेलाडीलाई जनही २ लाख ५० हजार पुरस्कार दिइने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बिहिबार नेपाली टोलीलाई बधाइ दिँदै सो पुरस्कार दिने घोषणा गरेको हो। 

त्यस्तै क्यानले टिमका टिम अफिसियलहरूलाई पनि जनही एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

CG

युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।

एसिया छनोटका छ खेलमध्ये नेपालले पाँच खेलमा जित हासिल गरेको थियो भने एक खेलमा नेपाल पराजित भएको थियो । त्यस्तै यू–१९ महिला क्रिकेट टोलीले आगामी मंसिर ३० गतेदेखि मलेसियामा हुने एसीसी यू–१९ महिला एसिया कपमा सहभागी जनाउनेछ । 

एसिया कपमा नेपालसहित छ टोलीको सहभागिता रहने छ । एसियाली क्रिकेट परिषद् (एसीसी) अनुसार समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र मलेसिया छन् । नेपालले आगामी पुस १ गते पाकिस्तानसँग र पुस २ गते भारतसँग प्रतिष्पर्धा गर्नेछ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

अन्य ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न सकेनन् । अफगानिस्तानका जाइटुल्लाह शाहिनले तीन विकेट लिए भने अब्दुल अजिज र नुरिस्तानी ओमरजाई र वहिदुल्लाह जाद्रानले समान दुई/दुई विकेट हात पारे ।
एनपीएलको सफल आयोजनापछि क्यानलाई आइसिसीको बधाई

एनपीएलको सफल आयोजनापछि क्यानलाई आइसिसीको बधाई

एनपिएलको दोस्रो संस्करण सफलतापूर्वक आयोजना गरी सम्पन्न गरेकामा आइसीसी अध्यक्ष शाहले क्यानका अध्यक्ष चन्दलाई पत्राचार गर्दै बधाई दिएका हुन् ।
यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य

यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य

नेपालले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ३१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३० रन बनायो । नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ३० रन...
लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

भर्खरै