नेभिगेशन
सबै कुरा

यू–१९ महिला विश्वकप २०२५ मा छनोट भएको नेपाली टाेलीलाई प्रतिव्यक्ति २ लाख ५० हजार पुरस्कार दिने क्यानकाे घाेषणा

काठमाडाैँ । आइसिसी महिला यू–१९ विश्वकप २०२५ मा छनोट भएको नेपाली खेलाडीलाई जनही २ लाख ५० हजार पुरस्कार दिइने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बिहिबार नेपाली टोलीलाई बधाइ दिँदै सो पुरस्कार दिने घोषणा गरेको हो। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै क्यानले टिमका टिम अफिसियलहरूलाई पनि जनही एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

Ncell
Extreme Energy

युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको आइसीसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।

एसिया छनोटका छ खेलमध्ये नेपालले पाँच खेलमा जित हासिल गरेको थियो भने एक खेलमा नेपाल पराजित भएको थियो । त्यस्तै यू–१९ महिला क्रिकेट टोलीले आगामी मंसिर ३० गतेदेखि मलेसियामा हुने एसीसी यू–१९ महिला एसिया कपमा सहभागी जनाउनेछ । 

एसिया कपमा नेपालसहित छ टोलीको सहभागिता रहने छ । एसियाली क्रिकेट परिषद् (एसीसी) अनुसार समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान छन् भने समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र मलेसिया छन् । नेपालले आगामी पुस १ गते पाकिस्तानसँग र पुस २ गते भारतसँग प्रतिष्पर्धा गर्नेछ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

आसन्न विश्वकप लिग–२ श्रृङ्खलामा नेपालले २५ र ३१ गते क्यानडा तथा असोज २७ र कात्तिक २ गते ओमान विरुद्ध खेल्ने तालिका छ ।
विराट कोहली बने सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी

विराट कोहली बने सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित क्रिकेटर विराट कोहलीले एकदिवसीय क्रिकेटमा १५ हजार रन पूरा गरेका छन् ।
भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा चार वटा मैत्रीपूर्ण अभ्यास खेल खेल्ने भएको छ ।
एसियन गेम्स खेल्ने क्रिकेट टोलीको बिदाइ

एसियन गेम्स खेल्ने क्रिकेट टोलीको बिदाइ

एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।