नेभिगेशन
सबै कुरा

‘एनपिएल’को उत्साहपूर्ण प्रतीक्षा, कुन टिममा कति छन् विदेशी खेलाडी ?

काठमाडौँ । हरेक क्रिकेटप्रेमीको ध्यान यतिखेर एनपिएलतिर छ । देशभित्र मात्र नभएर विदेशमा रहेका क्रिकेटप्रेमी पनि नेपाली क्रिकेटको यो महाकूम्भलाई व्यवग्रतापूर्वक प्रतीक्षा गरिरहेका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) आफैँले आयोजना गरेको पहिलो संस्करणको यस प्रतियोगिता सशक्त टिम र विश्व क्रिकेटका चर्चित खेलाडीको सहभागिताका कारण पनि बढी चर्चामा छ । क्रिकेट टिममा भइरहेको लगानी र आकर्षणले पनि नेपाली क्रिकेटप्रति सार्वजनिक चासो बढ्दो छ । 

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार एनिपिएलको भव्य शुभारम्भ हुनेछ । उद्घाटन खेल विराटनर किङ्स र जनकपुर बोल्टबीच हुने जनाइएको छ । आगामी पुस ६ गतेसम्म सञ्चालन हुने यस प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्यानका प्रवक्ता छुम्बी लामाले बताए । “नेपाली क्रिकेटका लागि एनपिएल आयोजना हुनु ठूलो उपलब्धि हो, देशविदेशका नेपाली र विदेशी क्रिकेटप्रेमीहरूले समेत यो प्रतियोगितालाई चासोपूर्वक लिनुभएको छ”, उनले भने, “क्रिकेटप्रति नेपालीहरूले देखाएको उत्साह र समर्पणले क्यानलाई पनि ऊर्जा थपिएको छ ।”

CG

क्रिकेटप्रेमीहरूको उत्साहलाई निरन्तरता दिन र नेपाली क्रिकेटको विकासका लागि क्यानले अझ धेरै काम गर्न बाँकी रहेको उनले बताए । टिमका विदेशी खेलाडी, म्याच कमेन्टेटरहरू अधिकांश नेपालका रहेको प्रवक्ता लामाले जानकारी दिए । टिमहरूको अभ्यासलगायतका कामसमेत अन्तिम चरणमा पुगेको उनको भनाइ छ । 

घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपिएलमा आठ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट, चितवन राइनोज, काठमाडौँ गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा विश्वकपसहितका उच्चस्तरीय प्रतियोगिता खेलेका चर्चित स्वदेशी तथा विदेशी खेलाडी विभिन्न टिमबाट मैदानमा उत्रदैँछन् । हरेक टिममा न्यूनतम चारदेखि अधिकतम छ जनासम्म विदेशी खेलाडी रहने जनाइएको छ । 

एनपिएल गर्भनिङ काउन्सिलले गरेको उक्त निर्णयानुसार कतिपय टोलीका विदेशी खेलाडी नेपाल आइपुगेका छन्भने कति आउने चरणमा रहेको क्यानले जनाएको छ । स्वदेश तथा विदेशका चर्चित खेलाडीको खेल कौशल हेर्न त्रिवि क्रिकेट मैदानमा दर्शकको बाक्लो उपस्थिति रहने निश्चित छ । फ्रेञ्चाइज टिम पोखरा एभेन्जर्सका अध्यक्ष सुवोध त्रिपाठीले नेपाल प्रिमियर लिगले नेपाली क्रिकेटको भविष्यको बाटो कोरेको बताए । 

उनले युवा खेलाडी उत्पादन गर्दै व्यावसायिक क्रिकेटलाई अघि बढाउन एनपिएलले महत्त्वपूर्ण योगदान पुग्ने उल्लेख गरे । आफूहरूले व्यावसायिक क्रिकेटको विकास गर्दै क्रिकेटलाई उद्योगका रूपमा विकास गर्न लगानी गरेको अध्यक्ष त्रिपाठीले बताए । चार विदेशी खेलाडी टोलीले अनुबन्ध गरेको र एनपिएलका लागि आफ्नो टोलीले रू १० करोड लगानी गर्ने त्रिपाठीले जानकारी दिए । 

उनले भने, “हामी व्यावसायिक क्रिकेट खेलको विकास होस् भन्ने चाहन्छौँ, नाफा वा घाटाको विषय होइन यो, कुनै पनि व्यवसाय वा उद्योग स्थापित हुन समय लाग्छ, हामी क्रिकेट विकासका लागि आएका हौँ, त्यस मार्गमा अग्रसर हुन चाहन्छौँ ।”, पोखरा एभेन्जर्समा कुशल भुर्तेलको कप्तानी रहनेछ । 

उक्त टिममा सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, विपिन खत्री, दिलीप नाथ, त्रित राज दास, सुनाम गौतम, दिनेश खरेल, अमृत गुरूङ, आन्द्रेस गौस ९अमेरिका०, बास डे लिडे ९नेदरल्याण्ड्स०, म्याट क्रिचली ९इङल्याण्ड०, रेमन राइफर ९वेस्टइन्डिज०, माइकल लिस्क ९स्कटल्याण्ड०, सुदीप आर्याल ९आइकोनिक० खेलाडी रहनेछन् । पोखरा एभेन्जर्सले राजीव कुमारलाई प्रशिक्षक बनाएको छ । 

जनकपुर बोल्ट्समा आसिफ शेख मार्की खेलाडी तथा ललित राजवंशी, अनिलकुमार साह, रूपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कङ्साकर, शेर मल्ल, हेमन्त धामी, अरनिकोप्रसाद यादव, तुलबहादुर थापामगर, जिमी निशम (न्युजिल्याण्ड), जोशुआ ट्रम्प (अमेरिका), शोएब मक्सुद (पाकिस्तान), मोहमद मोहसिन (पाकिस्तान), लाहिरू मिलन्था (अमेरिका) र प्रशिक्षक पुबुदु दासानायके रहेका छन् ।

विराटनगर किङ्ग्समा सन्दीप लामिछानेको कप्तानी रहेको छ । विराटनगरमा लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, राजेश पुलामीमगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दीपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट, मृनाल गुरूङ, अकिब इल्यास (ओमान), मार्टिन गप्टिल (न्युजिल्याण्ड), निकोलास किर्टन (क्यानडा), क्रिस सोल (स्कटल्याण्ड), इस्मल आलम (अफगानिस्तान) रहेका छन्भने प्रशिक्षक केभिन ओ ब्राइन रहेका छन् ।

लुम्बिनी लायन्समा नेपालका कप्तान रोहितकुमार पौडेल मार्की खेलाडी रहेका छन् । उनका साथै सूर्य तामाङ, विवेक यादव, सन्दीप जोरा, आशुतोष घिरैया, तिलकराज भण्डारी, दुर्गेश गुप्ता, अर्जुन साउद, दिनेश अधिकारी, अभिषेश गौतम, विकाश अग्री, बेन कटिङ (अष्ट्रेलिया), उन्मुक्त चन्द (अमेरिका), टम मूर्स (इङ्ल्याण्ड), रेमन सिमन्ड्स (वेस्टइन्डिज), शादबिन जफर (क्यानडा), आरिफ शान (आइकोनिक) छन् । प्रशिक्षक नन्दन फाडनिस रहेका छन् ।

चितवन राइनोजमा कुशल मल्ल मार्की खेलाडी रहेका छन् । रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषावकर, विपिन रावल, सन्तोष कार्की, दिपेश श्रेष्ठ, अमरसिंह रटैला, दीपक बोहरा, रञ्जीतकुमार, गौतम केसी, रवि बोपारा (इङ्ल्याण्ड), मार्चन्ड डे लांग (दक्षिण अफ्रिका), (चोटले अनुपस्थित हुने) हसन इसाखिल (अफगानिस्तान), जान निकोल लोफ्टी इटन (नामिबिया), ल्यूक मार्टिन बेनकेन्स्टाईन (इङ्ल्याण्ड), सलाहुद्दिन खान (आइकोनिक) खेलाडी तथा उमेश पटवाल प्रशिक्षक रहेका छन् । 

करण केसीको कप्तानीमा रहेको टिम काठमाडौँमा शाहब आलम, भीम सार्की, रसिद खान, शङ्कर राना, दिपेशप्रसाद कँडेल, सुमित महर्जन, कृष्ण कार्की, विवेक केसी, प्रतीक श्रेष्ठ, राजु रिजाल, नेथन सोउटर (इङ्ल्याण्ड), स्टेफन इस्किनाजी (इङ्ल्याण्ड), ड्यान डौथवेट (इङ्ल्याण्ड), माइकल लेभिट (नेदरल्याण्ड्स), जेहार्ड एरासमस (नामिबिया), कृष कार्की (आइकोनिक) रहेका छन् । वसन्त शाही काठमाडौँको प्रशिक्षक छन् । 

दीपेन्द्रसिंह ऐरीको कप्तानी रहेको सुदूरपश्चिम रोयल्समा आरिफ शेख, अभिनाष बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ, नरेन साउद, ब्रान्डन मक्मलेन (स्कटल्याण्ड), सेफ अलि जेब (इङ्ल्याण्ड), स्कट कुगेलेइन (न्युजिल्याण्ड), रोहन मुस्तफा (युएई), वसन्त खत्री (आइकोनिक) खेलाडी रहेका छन् । 

कर्णाली याक्समा सोमपाल कामी मार्की खेलाडी रहेका छन् । गुलशनकुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, रित गौतम, भुवन कार्की, दीपेन्द्र रावत, दीपक डुम्रे, युनिसविक्रमसिंह ठकुरी, शिखर धवन (भारत), हुनेस तलात (पाकिस्तान), बाबर हायत (हङकङ), चाडविक वाल्टन (वेस्टइन्डिज), जीशान मक्सुद (ओमान), विपिन शर्मा (आइकोनिक) तथा ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

अन्य ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न सकेनन् । अफगानिस्तानका जाइटुल्लाह शाहिनले तीन विकेट लिए भने अब्दुल अजिज र नुरिस्तानी ओमरजाई र वहिदुल्लाह जाद्रानले समान दुई/दुई विकेट हात पारे ।
एनपीएलको सफल आयोजनापछि क्यानलाई आइसिसीको बधाई

एनपीएलको सफल आयोजनापछि क्यानलाई आइसिसीको बधाई

एनपिएलको दोस्रो संस्करण सफलतापूर्वक आयोजना गरी सम्पन्न गरेकामा आइसीसी अध्यक्ष शाहले क्यानका अध्यक्ष चन्दलाई पत्राचार गर्दै बधाई दिएका हुन् ।
यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य

यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य

नेपालले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ३१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३० रन बनायो । नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ३० रन...
लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।