नेभिगेशन
सबै कुरा
अस्पताल भर्ना हुन मानेनन् रवि

अस्पतालले भन्यो 'भर्ना हुनु' रविले भने 'मुटु दरो छ औषधि दिए हुन्छ'

कास्की । कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वास्थ्यमा सुधार नआएपनि अस्पताल बस्न अस्वीकार गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वीरगन्जमा बयान सकेर आज पोखरा ल्याइएका लामिछानेलाई कास्की प्रहरीले स्वास्थ्य परीक्षणका लागि फिस्टेल अस्पताल पुर्याएको थियो । अस्पतालका फिजिसियन डा‍‍‍.बसन्त ताम्राकारका अनुसार लामिछानेको रक्तचाप उच्च अवस्थामा छ । आज भएको स्वास्थ्य परीक्षणकाक्रममा लामिछानेको सिस्टोलिक (माथि) १७० र डायस्टोलिक(तल) ११० रहेको पाइएको ताम्राकारले बताए । साथै लामिछानेको मुटुको चालमा समेत समस्या देखिएको छ ।लामिछानेको रक्तचाप तथा इको परिक्षण गरिएको अस्पतालले जनाएको छ ।

Ncell
Extreme Energy

'लामिछाने जीको स्वास्थ्य अवस्था बिग्रिएको छ, रक्तचाप तथा मुटुको चालमा पनि अस्वभाविक देखिएको छ,' डा ताम्राकारले भने 'भर्ना गरेरै थप परिक्षण तथा उपचार गर्नुपर्ने अवस्था छ' । चिकित्सकले अस्पतालमा भर्ना भएर उपचार गर्न भनेपनि लामिछानेले अस्वीकार गरेको बताए । 'यो अवस्थाका बिरामीलाई भर्ना गरि उपचार गर्नुपर्ने हो तर लामिछानेले आफू हिरासतमै औषधी सेवन गरेर आराम गर्ने बताउनु भयो', डा.ताम्राकारले भने ।

लामिछानेलाई अस्पताल बस्न उनका परिवार तथा सचिवालयले समेत आग्रह गरेकाे थिए । तर लामिछानेले 'आफ्नो मुटु दरो छ' भन्दै अस्पतालमा भर्ना हुन अस्वीकार गरेको स्वकीय सचिव अविनाश आचार्यले बताए । लामिछाने केही औषधी लिएर अहिले कास्की प्रहरी हिरासतमा फर्किएका छन् । 

रवि लामिछानेको स्वास्थ्यमा भएन सुधार, आज पनि रक्तचाप १७०/११०

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा  ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालनमा

जडान भएर पनि लामो समयदेखि सञ्चालनमा नआएको सो अक्सिजन प्लान्ट शुक्रबारदेखि सञ्चालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा निरज भट्टराईले जानकारी दिए ।
प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री बालेन शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन् ।
कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

कर्मचारीले अब सिंहदरबार परिसरमै स्वास्थ्य सेवा पाउने

निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाई संचालनमा ल्याइएको हो ।
बर्डफ्लु सङ्क्रमणका कारण काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

बर्डफ्लु सङ्क्रमणका कारण काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

कार्यालयले सङक्रमण नियन्त्रणका लागि परीक्षण, व्यवस्थापन तथा ओसारपसार नियन्त्रणका कामलाई तीव्र बनाइएको वरिष्ठ पशु चिकित्सक ठाकुरले बताए। विशेषगरी प्रयोगशाला परीक्षणको नतिजा ढिलो प्राप्त हुँदा प्रदेश तथा स्थानीय तहले...