नेभिगेशन
सबै कुरा

एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना दिन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना प्राप्त भएमा खबर गर्न अपिल गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले यदी कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग गरिएका सूचना भएमा मन्त्रालयको विभिन्न सञ्जालमा पठाउन आग्रह गरे । त्यस्ता सूचना प्राप्त भएमा यस मन्त्रालयको ह्वाट्सएप र भाइबर नम्बरः ९८५१३३०५९२, मन्त्रालयको फेसबुक तथा एक्स (ट्विटर), मन्त्रालयको इमेल वा सोझै मन्त्रालयमा वा हुलाकमार्फत मन्त्रालयमा आफ्नो गुनासो पठाउन सकिने उहाँले जानकारी गराए ।

Ncell
Extreme Energy

आज स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हाल देशका विभिन्न स्थानमा एम्बुलेन्स सेवाको दुरुपयोग भएको गुनासो प्राप्त भइरहेको उल्लेख गरेको छ । प्रवक्ता डा बुढाथोकीले भने, “एम्बुलेन्स दुरुपयोग रोक्न मन्त्रालयले निरन्तर अनुगमन गरिरहेको छ, राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ अनुसार एम्बुलेन्स सेवाको दुरुपयोग भएको प्रमाणित भएमा सम्बन्धित एम्बुलेन्सलाई सचेत गराउनेदेखि निलम्बन र खारेजीसम्मको प्रक्रिया अगाडि बढाउने व्यवस्था रहेको छ ।”

विज्ञप्तिमा भनिएको छ, “देशभर सञ्चालित एम्बुलेन्सलाई एकद्वार प्रणालीमार्फत छिटो र छरितो रूपमा सञ्चालन गरी बिरामी घाइतेलाई अस्पतालसम्म पु¥याइ नागरिकलाई सहज र सरल आकस्मिक स्वास्थ्य सेवासहितको एम्बुलेन्स सेवा सञ्चालनमा रहेको छ ।”

डा बुढाथोकीले मन्त्रालयबाट एम्बुलेन्स निर्देशिकामा कार्यान्वयनमा रहेको र उक्त निर्देशिका बमोजिम मापदण्ड पूरा गर्ने एम्बुलेन्स र स्वास्थ्य संस्थालाई मात्र दर्ता र सञ्चालन अनुमति दिने र राजस्व छुटका लागि सिफारिस गर्ने भइरहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गगन र शेरबहादुरका बीचमा मध्यस्थता गराउन तयार छुः  शशांक कोइराला

गगन र शेरबहादुरका बीचमा मध्यस्थता गराउन तयार छुः शशांक कोइराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले गगन थापा र शेरबहादुर देउवाबीचको दूरी घटाउन आफू मध्यस्थता गर्न तयार रहेको बताएका छन् ।
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।
उपसभापति डा. वाग्लेसँग नागरिक, नीति र नेतृत्वबारे छलफल गर्दै रास्वपा

उपसभापति डा. वाग्लेसँग नागरिक, नीति र नेतृत्वबारे छलफल गर्दै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नीति सम्वाद गर्ने भएको छ ।
आफ्नो कुरा भन्ने हिम्मत नभएकाले बीपीको नाम लिएका छन्ः गगन थापा

आफ्नो कुरा भन्ने हिम्मत नभएकाले बीपीको नाम लिएका छन्ः गगन थापा

‘बीपी कोइरालाको मेलमिलापको सन्दर्भ अहिले व्यापक आइरहेको छ । नेताहरुले फेरि रातारात बीपीलाई सम्झनु भएको छ’ थापाले भने ‘यहाँ अहिले कोसँग के मिलाउनु परेको छ, कोसँग कानेखुसी गर्नु...