नेभिगेशन
सबै कुरा

एउटै मान्छेलाई दुई दुई दिनमा अदालत घुमाइरहने सरकारको प्रवृत्ति देखेर लाज लागिसक्यो : पूर्वप्रधानन्यायाधीश कार्की (भिडियाेसहित)

काठमाडाैँ । पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीले कुनै व्यक्तिलाई सरकारले अदालतपिच्छे घुमाइनु निरङ्कुशता रहेको बताएकी छिन् । शनिबार एक कार्यक्रममा बोल्दै कार्कीले रवि लामिछानेलाई इङ्गित गर्दै सरकारले अनुसन्धान नाममा कोही व्यक्तिलाई प्रत्येक जिल्ला र अदालत घुमाइनु मानवअधिकार हनन गर्नु रहेको बताएकी छिन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

‘एउटै मान्छेलाई २/२ दिनमा अदालत परिक्रमा गराइरहेको छ । त्यो मान्छेको मानव अधिकार कहाँ गयो रु प्रत्येक दिन कहिले राति निद्रामा उठाएर कुदाएको छ, कहिलेचाहीँ सुतिरहेको मान्छेलाई उठाएर कुदाएको छ । यो अड्डामा हाजिर गराएको छ, त्यो अड्डामा हाजिर गराएको छ ।’, कार्कीले थपिन्, ‘तपाईँहरु भन्नुहोला, अदालतले के हेर्या छ ? अदालतको हेर्ने समय हुन्छ, उसले हेर्न परेपछि अदालतले हेर्छ । किनभने कोही कोही न्यायाधीशलाई छोडेर, न्यायाधीशले आफूलाई दुर्गन्धित हुनेगरि काम गर्दैनन् । तर सरकारले के गरेको छ ?’

त्यस्तै उनले सरकारले रवि लामिछानेमाथि गरेको व्यवहार र आफूहरुलाई लाज लाग्न थालेको बताइन् । ‘एउटा मान्छे कतिओटा अदालतमा कुदिसक्यो ? कति महिनादेखि कुदिरहेको छ ? हामीले हेर्दा पनि लाजसरम लाग्न थालिसक्यो, के हो यो ? यो त हद भइसक्यो । ’, कार्कीले भनिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।
उपसभापति डा. वाग्लेसँग नागरिक, नीति र नेतृत्वबारे छलफल गर्दै रास्वपा

उपसभापति डा. वाग्लेसँग नागरिक, नीति र नेतृत्वबारे छलफल गर्दै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग नीति सम्वाद गर्ने भएको छ ।
आफ्नो कुरा भन्ने हिम्मत नभएकाले बीपीको नाम लिएका छन्ः गगन थापा

आफ्नो कुरा भन्ने हिम्मत नभएकाले बीपीको नाम लिएका छन्ः गगन थापा

‘बीपी कोइरालाको मेलमिलापको सन्दर्भ अहिले व्यापक आइरहेको छ । नेताहरुले फेरि रातारात बीपीलाई सम्झनु भएको छ’ थापाले भने ‘यहाँ अहिले कोसँग के मिलाउनु परेको छ, कोसँग कानेखुसी गर्नु...
देउवाको ‘अन्तिम’ सम्बोधनः अदालतको निर्णय हाम्रो पक्षमा आयो भने फेरि भेटौंला

देउवाको ‘अन्तिम’ सम्बोधनः अदालतको निर्णय हाम्रो पक्षमा आयो भने फेरि भेटौंला

लगातार तीन दिनसम्म भेलामा सहभागी भएका देउवाले अबको भेट भने अदालतको निर्णयपछि हुने संकेत गरे । त्यो पनि आफ्नो पक्षमा निर्णय आएमा । उनले भने– ‘अदालतको निर्णय हाम्रो...