नेभिगेशन
सबै कुरा

‘पार्टी जीवनमा समस्या देखियो’: एमाले महासचिव शङ्कर पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी जीवनमा समस्या देखिएको औँल्याएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा केन्द्रीय सङ्गठन विभागको आयोजनामा ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुईदिने कार्यशालाको आज उद्घाटन गर्दै उनले पार्टीको नीति जनतासम्म पुर्याउन तथा वैचारिक राजनीतिक सङ्घर्षमा जनतासँग संवाद गर्नुपर्ने पक्षमा कमी रहेको बताए ।

Ncell
Extreme Energy

महासचिव पोखरेलले अहिले पार्टीको जुन ढङ्गले काम भइरहेको छ, यसरी एमालेलाई राष्ट्रिय शक्ति निर्माण गर्न कठिन हुने बताए । उनले हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको मत परिणामले विगतको तुलनामा उपलब्धि देखिए पनि परिणाम उत्साहित हुनुपर्ने खालको नभएको बताए । 

महासचिव पोखरेलले स्थानीय तहका जनप्रतिनिधिले पार्टी निर्माणमा सहयोग गर्नुपर्ने उल्लेख गर्दै जनप्रतिनिधिका काम पनि पार्टीलाई सहयोग पुग्ने खालका हुनुपर्ने बताए । उनले पार्टीको वार्षिक कार्ययोजनाका बारेमा अभिमुखीकरण गर्नुहुँदै पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने आधारहरू र सम्पादित कामका बारेमा सहभागीको ध्यानाकर्षण गराए।  

महासचिव पोखरेलले पार्टी र पार्टी नेतृत्वविरूद्ध हमला र भ्रमपूर्ण प्रचार भइरहँदा त्यसविरूद्ध पार्टीपङ्क्ति खरो रूपमा उत्रनुपर्नेमा प्रतिरक्षा कमजोर भइरहेको बताए । उनले मुलुकमा देखिएको निराशालाई चिर्न राजनीतिक स्थायित्व  आवश्यक रहेको हुँदा निर्वाचनबाट बलियो शक्ति स्थापना गरेर त्यसकै जगमा स्थिर सरकार निर्माण गर्नुपर्ने बताए ।-रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

उनले भनेका छन्– ‘देशलाई कुनै न कुनै रूपले अस्थिरता तिर धकेल्न हौवा पिटाउने, षडयन्त्रकारी तत्त्वहरू बेला बेला टाउको उठाउन खोज्ने प्रवृत्ति देखा पर्नु दुर्भाग्यपूर्ण विषय हो । त्यस्ता...
१५औं महाधिवेशनबाट यस्तो बन्यो कांग्रेस केन्द्रीय समिति (पदाधिकारी र सदस्यहरूको सूचीसहित)

१५औं महाधिवेशनबाट यस्तो बन्यो कांग्रेस केन्द्रीय समिति (पदाधिकारी र सदस्यहरूको सूचीसहित)

नेपाली कांग्रेसको १५औँ महाधिवेशनले गगन थापाको नेतृत्वमा २३१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ । २९७ सदस्यीय केन्द्रीय समितिमा सभापतिले ६६ जना केन्द्रीय सदस्य मनोनीत गर्नेछन् ।