नेभिगेशन
सबै कुरा
मन्त्रिपरिषद्काे निर्णय :

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुङ्गाना नियुक्त

काठमाडाैँ । सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुङ्गानालाई नियुक्त गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार सिंहदरबारमा मंसिर २८ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गुरुङले केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गरेको जानकारी दिए । केन्द्रलाई व्यवस्थित रुपमा परिचालन गर्नका लागि ध्यान केन्द्रीत गर्ने र अन्तशुल्क, स्मार्टकार्ड, लालपूर्जा, राहदानी हुँदै नोट समेत छाप्नका लागि काम अघि बढाउने उनले बताए । 

Ncell
Extreme Energy

त्यस्तै बैठकले एसियाली बिकास बैंकबाट हरित, उत्थानशील र समावेशी बिकास कार्यक्रमका लागि एक सय मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ भने नागढुंगा सुरुङ्मार्ग आयोजना अन्तर्गत क्षतिपूर्ति तथा समस्या समाधानको लागि सैद्धान्तीक सहमति दिने निर्णय भएको उनले बताए । 

बैठकले नेपाल सरकार र भारत सरकारबीच हस्ताक्षर हुने खानेपानी, सरसफाइ सम्बन्धी क्षेत्रको बिकास सम्बन्धी समझदारीपत्र स्वीकृत गरेको छ भने राष्ट्रिय शहरी नीति स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले बताए । 

त्यस्तै मन्त्रिपरिषदले अन्तराष्ट्रियस्तरको फुटबल, कराँते र बिच भलिबल प्रतियोगीतामा बिजयी तथा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र फिजियो गरि ३५ जनालाई पुरस्कार तथा सम्मान गर्नका लागि खेलकुद मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

खिलराजले भने– देशमा अस्थिरता मच्चाउने षड्यन्त्र भइरहेको छ

उनले भनेका छन्– ‘देशलाई कुनै न कुनै रूपले अस्थिरता तिर धकेल्न हौवा पिटाउने, षडयन्त्रकारी तत्त्वहरू बेला बेला टाउको उठाउन खोज्ने प्रवृत्ति देखा पर्नु दुर्भाग्यपूर्ण विषय हो । त्यस्ता...
१५औं महाधिवेशनबाट यस्तो बन्यो कांग्रेस केन्द्रीय समिति (पदाधिकारी र सदस्यहरूको सूचीसहित)

१५औं महाधिवेशनबाट यस्तो बन्यो कांग्रेस केन्द्रीय समिति (पदाधिकारी र सदस्यहरूको सूचीसहित)

नेपाली कांग्रेसको १५औँ महाधिवेशनले गगन थापाको नेतृत्वमा २३१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ । २९७ सदस्यीय केन्द्रीय समितिमा सभापतिले ६६ जना केन्द्रीय सदस्य मनोनीत गर्नेछन् ।