नेभिगेशन
सबै कुरा

घरबारै उडायो अष्ट्रेलियाको डिपेन्डेन्ट भिसाले !

काठमाडौँ । वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतका सन्देश चुनाराले बजारको एक पसलमा पत्रिका पढ्ने बेला एउटा विज्ञापन देखे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Extreme Energy
citizen life

वीरेन्द्रनगरकै एक पत्रिकामा प्रकाशित उक्त विज्ञापनमा ‘डिपेन्डेन्ट भिसा’ शीर्षकमा इच्छुक मानिसहरूलाई तुरुन्त सम्पर्क गर्नुस् भनेर लेखिएको थियो । यसरी सम्पर्क गर्नेलाई सजिलैसँग  डिपेन्डेन्टमा अष्ट्रेलिया, क्यानडा, युरोप र युके लैजाने भनिएको थियो । तल दुई वटा सम्पर्क नम्बर राखिएको थियो । आकर्षक वैदेशिक रोजगारीको अफर देखेपछि उनले त्यो विज्ञापन बाबुलाई देखाए ।


सोही सूचनालाई पछ्याउँदै बाबुछोराले अष्ट्रेलिया जान सम्पर्क सुरु गरे । पत्रिकामा आएको सो विज्ञापनमा कन्सल्टेन्सीको नाम र ठेगाना उल्लेख गरिएको थिएन । 

तर, टेकबहादुरका बाबुछोराले फोन गर्दा फोन उठाउने व्यक्तिले आफूहरूको लोकेसन काठमाडौँको ठमेलमा रहेको बताउँथे । फोनमै उनलाई आफूले डिपेन्डेन्टमा एक युवतीसँग नक्कली विवाह गराएर सन्देशलाई अष्ट्रेलिया पठाउन सक्ने बताए । 

टेक बहादुरलाई उक्त विवरण बताउने व्यक्ति थिए, रत्न लामिछाने । उनले सन्देशलाई ३० लाख लागतमा अष्ट्रेलिया पठाउन सक्ने भन्दै सम्पूर्ण कागजात लिएर कार्यालय आउन भने । 

रत्न नै सल्लाह बमोजिम चुनारा बाबुछोरा सुर्खेतबाट काठमाडौँ आए । अ इनटरनेश्नल कन्सल्टेन्सीको कार्यालय भनिएको लोकेसन ठमेलमा पुगेर ती व्यक्तिलाई भेटे । 

भेटमा पनि ति व्यक्तिले आफूले सन्देशलाई अष्ट्रेलिया पठाउन सक्ने, सन्देशजस्तै अन्यलाई पठाइरहेको दाबी गर्दै दर्जनौँ तस्विर समेत देखाए । 

त्यस्तै उनले आफ्नोमा कारोबार गर्दा सम्पूर्ण कारोबार बैँकिङमार्फत गर्नुपर्ने बताएपछि चुनारा बाबुछोरालाई थप विश्वास जाग्यो । त्यसपछि उनीहरूले प्रक्रिया अपनाएर केही एडभान्स रकम छोडेर फर्किए । 

चुनारा दाजुभाइले रत्नकै आग्रहअनुसार सन्देश पटक पटक काठमाडौँ आए ।  मेडिकल, बायोमेट्रिक आदी गराए । ३ महिनामा अष्ट्रेलिया उडाउँछु भन्ने रत्नको दाबी पछि उनी ढुक्कले बसे ।

यस्तै सूचनालाई पछ्याएर दोलखाका दिनेश सुवेदी, दाङका प्रकाश डाँगी र सुनिता डाँगी, पोखराका विमल र गणेश नाम गरेका युवकहरूले पनि आफ्नो प्रक्रिया सुरु गरे । सन्देशले रत्नले दिएको एनआईसी बैंकको खातामा पटक पटक गरेर २८ लाख रुपैयाँ रकम पठाए । अन्य युवकहरूले पनि १० देखि २८ लाख सम्म रकम तिरे । डिपेन्डेन्टमा अष्ट्रेलिया जान ३ महिनाको समय दिइएको थियो । एकदिन रत्नले अष्ट्रेलियाको भिसा भन्दै एक डकुमेन्ट पठाए ।   

सन्देशलाई यो डकुमेन्टमा शंका लाग्यो र जाँच गरे । खासमा त्यो भिजिट भिसाको फेक डकुमेन्ट थियो । डिपेन्डेन्टमा उँड्ने महिना चार, पाँच गर्दै छैटौँ महिना बित्यो । भिसा त आएन तर नक्कली कागजात मात्रै आयो ।    

फेक डकुमेन्ट भएको पाएपछि चुनारा परिवारले उनलाई सम्पर्क गरे । तर, ती युवक सम्पर्कविहिन छन् । चुनारा मात्रै होइन सबै रकम जम्मा गर्ने व्यक्तिहरुबाट रत्न नाम गरेका व्यक्ति फरार भए । 

अफिसमा ताला 

त्यसपछि पिडितहरु काठमाडौँ आएर ठमेलस्थित कन्सलटेन्सीको कार्यालयमा पुगे । कार्यालयमा पुग्दा ढोका लगाइएको थियो । घरबेटीले पनि कन्सल्टेन्सी सञ्चालन गर्ने ती व्यक्ति फरार भएकाले आफूले ताला लगाएको बताए । 

चुनारा बाबुछोराले आफूहरुले पासपोर्ट बुझाएको भन्दै ढोका खोलिदिन आग्रह गरे । उनीहरुको आग्रह मानेर घरबेटीले ढोका त खोलिदिए तर त्यहाँबाट सम्पूर्ण सामान लगिसकेको रहेछ ।

त्यसपछि आफूहरु ठगिएको महसुस भएपछि उनीहरु भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेर उजुरी दर्ता गराए । 

नागरिकता नक्कली, बैंक खाता सक्कली 

प्रहरीले उजुरी दर्ता गरेर फरार रत्न नामको व्यक्तिको विवरण खोज्यो । प्रहरी र चुनारा परिवारले पैसा हालेको बैंक खाता नम्बरको आधारमा बैँकबाट केवाइसी फर्म निकाले ।

केवाइसी विवरणमा उनको नाम रत्न लामिछाने नै थियो भने ठेगाना भिरकोट गाउँपालिका ८ तनहुँ । 

लाखौँ पैसा फसाएका चुनारा बाबुछोरा तिनै फरार रत्न लामिछाने र उनको परिवारको खोजीका लागि तनहुँको भिरकोट ८ सम्मै पुगे । वडाको सहयोगमा धेरै दिन लगाएर उनको पहिचान गर्ने प्रयास भयो तर उनको नाम गरेको व्यक्ति आफ्नो  वडामा नरहेको वडाले बतायो । 

त्यस्तै उनको नागरिकतामा उल्लेख गरेको बाबुआमाको नाम भएको व्यक्ति समेत वडामा फेला परेन । 

त्यसपछि उनी नागरिकता जारी गर्ने जिल्ला प्रशासन कार्यालय तनहुँ पुगे । तनहुँ प्रशासनले समेत आफूहरूको अभिलेखमा त्यो नागरिकताको विवरण नभएको जानकारी गरायो । 

अर्थात, अभिलेख नै नरहेको नक्कली नागरिकता लिएर ति युवकले बैंक खाता खोलेर दर्जनौँ मानिसलाई लुटेको खुल्यो । खासमा उनी को हुन भन्ने अहिलेसम्म पहिचान नै भएको छैन् । 

आफ्नै कर्मचारीलाई फसाएर फरार !

रत्नले डिपेन्डेन्टको सपना बुनेकाहरुलाई त ठगे नै आफ्नै कार्यालयका लेखामा काम गर्नेलाई समेत फसाइदिए । उनको कन्सलटेन्सीमा प्युठानका मेघराज सुनार लेखापालो काम गर्थे । १२ को अध्ययन सकेपछि थप अध्ययन र रोजगारीको खोजीमा काठमाडौँ आएका उनी कालिमाटीस्थित एसआर जब सोलुसन पुगे ।

जागिर खोजिदिने भन्दै खुलेको उक्त कम्पनीले मेघराजलाई तिनै रत्न लामिछाने भन्ने व्यक्तिको सोही अ इन्टरनेश्नल कन्सल्टेन्सीमा अकाउन्टेन्टको जागिरका लागि पठायो । ४ हजार २ सय रुपैँया तिरेर जागिर खोजेका उनलाई रत्नले बैँकमार्फत तलब खुवाउने भन्दै सोह्रखुट्टेस्थित एनआइसी एसिया बैँकमा खाता खोलिदिए । 

तलब आउने खातामा रत्नले मेघराजलाई विदेश जान आउनेको कारोबार गराए । अष्ट्रेलिया पठाइदिने भन्दै आएका दोलखाका दिनेश सुवेदीलाई मेघराजको नाममा चेक काट्न लगाए । दिनेशले समेत मेघराजको नाममा चेक काटे । 

दिनेशले काटेको चेक लिएर मेघराजले रत्नकै निर्देशनमा आफ्नो नामको खातामा पैसा जम्मा गरे । पुनः रत्नले भनेअनुसार उक्त पैसा बैँकबाट निकालेर रत्नलाई नै बुझाए । अहिले रत्न भागे तर दिनेशले पैसा बुझाएका मेघराज यही छन् । 

रत्न फरार भएपछि अहिले दोलखाका दिनेशले मेधराजलाई ठगिएको रकम फिर्ता गर्न ताकेता गरेका छन् । तर, उनी आफै न्यायको खोजीमा छन् । अष्ट्रेलिया उड्ने सपना बुनेका युवकबाट मेघराजले पैसा लिएको प्रमाण छ तर उनले रत्नलाई दिएको प्रमाण नभए पछि उनी प्रहरीको अनुसन्धानमा परेका छन् ।  

छोराको खाता प्रयोग गरेर रत्न फरार भएपछि मेघराजकी आमा काठमाडौँ आएकी छिन् । उनी आफ्नो छोरा निर्दोश रहेको भन्दै छोराको कुनै गल्ती नभएको बताउँछिन् । 

यस्तो छ ठगको हुलिया 

जिल्ला प्रहरी परिसर काठमाडौँले अहिले यो प्रकरणका खास नाइके रत्न उर्फ पहचान नखुलेको नक्कली ठगको खोजी गरिरहेको छ ।

सिधाकुरालाई प्राप्त उनको एक फोटोमा उनी कालो क्याप र हातमा झपक्क सुनको औँठी लगाएका देखिन्छन् । यो तस्विर काठमाडौँको ठमेल क्षेत्र आसपास खिचेको देखिन्छ । 

आँखा चिम्सो र नाक थ्याप्चे आकृति भएका यीनको पहचान गरिदिनेर्लाइ पुरस्कार दिने पीडितहरुले बताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दीपक भट्ट र सुलभ अग्रवाल थप ७ दिन हिरासतमा

दीपक भट्ट र सुलभ अग्रवाल थप ७ दिन हिरासतमा

आज विपक्षी दीपक भट्ट र सुलभ अग्रवालका तर्फबाट बरिष्ठ अधिवक्ताहरु कृष्ण प्रसाद सापकोटा, सविता भण्डारी बराल, लभ कुमार मैनाली, सुरेन्द्र कुमार महतो तथा अधिवक्ताहरु रमण कुमार श्रेष्ठ, समिर...
विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ

विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ

पक्राउ पर्नेमा रौतहट बौधीमाई नगरपालिका–७ का २५ वर्षीय मिथिलेश कुशवाहा, भोजपुर नगरपालिका–७ का ४४ वर्षीय केदारबहादुर भण्डारी, सप्तरी सुरूङगा नगरपालिका–५ का ५३ वर्षीय रामतुला मियाँ र  भक्तपुर सूर्यविनायक...
सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

दुई दिनअघि कारागारका चौकीदार प्रेम चौधरीलाई केही कैदीको समूहले जबर्जस्ती बाहिर निकाल्दै आन्तरिक व्यवस्थापन आफ्नो हातमा लिने प्रयास गरेपछि तनाव सुरु भएको थियो । कारागारभित्रै गुटबन्दी गरी अशान्ति...
विमानस्थलबाट लागुऔषधसहित अमेरिकी नागरिक पक्राउ

विमानस्थलबाट लागुऔषधसहित अमेरिकी नागरिक पक्राउ

उनले भने, “एअर इण्डियाको उडान नम्बर एआइ २१८ मा काठमाडौँबाट दिल्ली जान लागेका निजले लिई आएको लगेज चेकिङ एरियामा स्क्रिनिङ गर्दा शङ्कास्पद देखिएपछि खोल्न लगाई हेर्दा गाँजा÷भाङको जस्तो...