नेभिगेशन
सबै कुरा
सामाजिक सञ्जाल नियमन विधेयकः

‘लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न कठोर फौजदारी कानुन ल्याउन खोजियो’ : अर्याल

काठमाडाैँ । सामाजिक सञ्जाल नियमन गर्न बनेको विधेयकले लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने यसका जानकारहरूले बताएका छन् । सामाजिक सञ्जाल तथा आम सञ्चार विज्ञ एवम् अधिवक्ता बाबुराम अर्याल अर्याल सरकारले गलत नियतका साथ यो विधेयक ल्याएको बताउँछन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

व्यवस्थापनका नाममा लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न सामाजिक सञ्जाल नियमन विधेयक ल्याएको अर्याल बताउँछन् । ‘सरकारले सामाजिक सञ्जाल व्यवस्थापन गर्न भनेर यो विधेयक ल्याएको भनेको छ । तर, मानिसहरूले यो पत्याइरहेका छैनन् । यो साँच्चिकै व्यवस्थापन गर्न ल्याएको होकी त्यो बहानामा नियन्त्रणका लागि ल्याएको हो भनी प्रश्न गरिरहेका छन्,’ अर्याल भन्छन् । 

उनका अनुसार विधेयकमा भएको व्यवस्थाहरू हेर्दा यो त अत्ति नै भयो भन्ने अवस्थाको छ । विधेयकमा भएका व्यवस्थाहरू व्यवस्थापनका लागि नभई नियन्त्रणका लागि ल्याएको जस्तो देखिएको उनको भनाई छ । 

विधेयकमा प्रशासनिक निकायलाई ठूलो कानुनी अधिकार दिइएको  र यसले सामाजिक सञ्जाल प्रयोगकर्तालाई सङ्कुचन गरेको उनी बताउँछन् । विधेयकले सामाजिक सञ्जाल प्लाटफर्म प्रयोगकर्ता र सामाजिक सञ्जालको साधारण प्रयोगकर्ता गरी दुई तहमा दायित्व सृजना गरेको र यो एउटा कठोर प्रकारको फौजदारी कानुनको रुपमा आएको अर्याल बताउँछन् । 

लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएको विषयलाई नियन्त्रण गर्न यो प्रकारको कठोर फौजदारी कसुरको व्यवस्था गरिएको कानुन बन्न नहुने  र यसलाई सरकारले फिर्ता लिनु पर्ने उनको भनाई छ । लोकतन्त्रमा यस्तो कठोर कानुनको परिकल्पना गर्न नसकिने भन्दै अर्यालले विधेयकको उद्देश्य सही थियो भनेर सोच्नै नसकिने बताउँछन् । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सभामा पेश गरेको उक्त विधेयकको अहिले सर्वत्र विरोध भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्तालाई जेल र तीन लाख रुपैयाँभन्दा बढीसम्मको जरिवानासम्मका सजाय प्रस्ताव गरिएको विधेयक माघ १५ गते राष्ट्रिय सभामा पेश भएको थियो । सोही विधेयकबारे सिधाकुराका लागि अधिवक्ता अर्यालसँग सिधाकुराका लागि युवराज कंडेलले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौँ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सांसदले निजी स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सांसदले निजी स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सर्वोच्च अदालतमा आज अविधक्ताद्वय डा प्रेमराज सिलवाल र मनिराम उपाध्यायले दायर गरेको रिट निवेदनमा सांसदहरूले निजी स्वीकयसचिव राख्ने सम्बन्धमा भएको निर्णय कानुनविपरीत हुने मात्र नभई यो संविधानको भावना...
विशेष अदालतमा २६१ मुद्दा रहेकामा १५५ फछर्योट, १०६ वटा बाँकी

विशेष अदालतमा २६१ मुद्दा रहेकामा १५५ फछर्योट, १०६ वटा बाँकी

विशेष अदालतले यस वर्ष गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी पाँच थान, निर्णयगत अनियमितता १०४  थान, नक्कली प्रमाणपत्र १२ थान, घुस (रिसवत) ३२ थान, सम्पत्ति शुद्धीकरणसम्बन्धी एक थान मुद्दा फछर्योट गरेको...
भुटानी शरणार्थी प्रकरणः १५ जना दोषी, के–कति सजाय पाए ?

भुटानी शरणार्थी प्रकरणः १५ जना दोषी, के–कति सजाय पाए ?

४ वर्ष कैद सजाय र ४० हजार जरिवाना तोकिएकाहरु केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, विक्रम भन्ने गोविन्दकुमार चौधरी, आङ्टेवा शेर्पा, टेकनारायण पाण्डे छन् ।
निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले २०८२ चैत १८ गते सरकारले निजी मिडियालाई सरकारी विज्ञापन नदिने निर्णयविरुद्ध परेको रिट निवेदन खारेज हुने फैसला गर्दै...

भर्खरै