नेभिगेशन
सबै कुरा

बजारमा खाने तेलको गुणस्तरः ट्याङ्करमा ल्यायो, प्याकेट भर्यो


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हेटौँडा । बागमती प्रदेश क्षेत्रका ठूला बजारहरूमा गुणस्तर नियमन नभएका हानिकारक खाने तेलहरू बिक्री वितरण हुने गरेको पाइएको छ । तेलको बजार गुणस्तर नियमन गर्ने नियमनकारी निकायले गुणस्तर जाँचमा बेवास्ता गरेपछि उपभोक्ता गुणस्तर मापन नभएको तेल उपभोग गर्न बाध्य छन् ।  

Ncell
Extreme Energy


सिधाकुरालाई प्राप्त विवरणअनुसार आधा दर्जन बढी खाने तेल उद्योगहरू नियमन बेगर नै तेल उत्पादन गरेर बजारमा बिक्री गरिरहेका छन् । अवस्था कतिसम्म छ भने तेस्रो मुलुकबाट ट्यांकरमा आयात भएको तेल सिधै प्याकेटमा भरेर गुणस्तर परीक्षण बिनै बजारमा पठाइएको पाइएको छ । तेल उद्योगका कर्मचारीहरुका अनुसार सूर्यमुखी, तोरी, सोयाबिनका तेलहरू यसरी खुलेआम बिक्री हुने गरेको छ । 

सिधाकुरालाई प्राप्त विवरणअनुसार चितवनको भरतपुरमा रहेको सालासार बालाजी आयल उद्योग, स्वर्णिम प्याकेजिङ उद्योग, ओमकार आयल एण्ड एग्रो प्याकेजिङ इन्डष्ट्रिज, पञ्चकन्या तेल उद्योग र भवानी एग्रो रिफाइन प्रोसेसिङ एण्ड प्याकेजिङले उत्पादन गर्ने उद्योगको उत्पादनमा गुणस्तर जाँच भएको पाइँदैन ।

सरकारले नीति अनुसार आयातित कच्च तेल प्रशोधन गरेर गुणस्तर प्रमाणिकरण नगरी बिक्री गर्न पाइँदैन । औद्योगिक प्रवर्द्धन बोर्डको २०६४ सालको १८१ औं बैठकको निर्देशन अनुसार प्रोसेसिङ,  ब्लिचिङ गरी किटाणुरहीत बनाएर मात्रै तेल प्याकेजिङ तथा उत्पादन गर्नुपर्छ । त्यसो त खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मातहतका कार्यालय तथा डिभिजन कार्यालयहरूलाई यसबारे पत्राचार पनि गरेको छ । 

गत जेठ ६ गते हेटौंडाको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयकी खाद्य अनुसन्धान अधिकृत अमृता राईको हस्ताक्षर सहितको यस्तो निर्देशनयुक्त पत्र तेल उद्योगहरूलाई गएको थियो । सो पत्रमा आयातीत तेल प्रोसेसिङ र ब्लिचिङ गरी किटाणुरहीत बनाएर मात्रै प्याकेजिङ र उत्पादन गर्न भनिएको थियो । तर, यसको कार्यन्वयन अवस्थाबारे अनुगमन नहुँदा तेल उद्योगहरूको मनोमानी चलिरहेको छ ।

सिधाकुराले खाद्य प्रविधि कार्यालय हेटौंडाले ९ महिना अघि पत्र काटेका केही तेल उद्योगहरूबाट उत्पादित सूर्यमुखी तेल खरीद गरेर गुणस्तर जाँचका लागि कार्यालयलाई अनुरोध गरेको थियो । उक्त तेलको नमूना हेरेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले अनुगमन गर्ने जनाएको छ ।

कार्यालयका सूचना अधिकारी दिनेश सुवेदीले अब अनुगमनलाई तिव्रता दिने बताए । ‘गुणस्तर प्रमाणिकरण नभएको र नवीकरण नभएका उद्योगले तेल बिक्री गर्न पाउँदैनन्,’ सूचना अधिकारी सुवेदीले भने । तर, उपभोक्ता अधिकार क्षेत्रमा काम गर्नेहरूले भने गुणस्तर जाँच गर्ने सरकारी संयन्त्रको पारदर्शी भूमिकामा प्रश्न उठाएका छन् । उद्योगीहरुसँगको साँठगाठमा उपभोक्ता हित विपरितको काम विभागबाट हुन सक्ने भन्दै उनीहरुले खबरदारी अपरिहार्य रहेको पनि बताएका छन् । 

गुणस्तर परिक्षण नभएको तेल बिक्रीबारे भने उद्योगीहरुले आपत्ति जनाएका छन् । उनीहरुले आफूहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग समन्वयमा रहेको र कम्पनीको नविकरणकोे कार्य प्रक्रियामा रहेको दाबी गरे । सिधाकुराको सम्पर्कमा आएका ओमकार आयल र शालासार तेल उद्योगका सञ्चालकहरुले आफूहरुले गुणस्तर जाँज पुष्टी भएको र गुणस्तरीय तेल मात्रै बिक्री गरेको दाबी गरे । 

‘सानो आधारमा हामीले उद्योग चलाएको हो । हाम्रो उद्योग प्याकेजिङ उद्योग हो । उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्नेगरी काम गरेको छैन्’  सालासार बालाजी उद्योगका सञ्चालक दुर्गा प्रसाद काफ्लेले सिधाकुरासँग भने,‘हामी खाद्य प्रविधिको चितवन र हेटौडा कार्यालयमा नियमित सम्पर्क छ । नियमगत प्रक्रियामा छौँ । उपभोक्ताको दैनिक उपभोगको तेल जस्तो विषयको गुणस्तरमा कुनै खेलबाड नभएको पनि उनीहरुको दाबी छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

सरकारको पूर्वतयारीको परीक्षा, जोखिम कम गर्न सरकारले के गरिरहेको छ ?

भदौ १० गते बिहान ल्हेन्दे खोलाबाट अचानक आएको बाढीले भोटेकोशी हुँदै त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍यायो। हिमाली क्षेत्रमा भएको आकस्मिक घटनाको प्रभाव केही घण्टामै तल्लो तटीय...
कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले लिए माैसम र पूर्वतयारीबारे ब्रिफिङ

त्यसैगरी, चौबिसै घण्टा सूचना डेस्क सञ्चालन गरिएको तथा विपद् जोखिम न्यूनीकरणका लागि  सम्भावित जिल्लाका प्रशासन कार्यालय, पर्यटन, यातायात,  पूर्वाधार लगायतका क्षेत्रहरूसँग समन्वय भइरहेको जानकारी कार्यकारी प्रमुख डा. उप्रेतीले...
भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

भारी वर्षा हुने पूर्वानुमानपछि बिपी राजमार्गको ट्रयाकको काम स्थगित

“सम्भावित वर्षा, पहिरो तथा सडकमा आउन सक्ने चुनौतीलाई मध्यनजर गर्दै निर्माण कार्य केही दिन स्थगित गर्ने तयारी गरिएको हो । यसबाट सडकमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्दै यातायात...
कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

कार्यवाहक प्रधानमन्त्री डा‍ स्वर्णिम वाग्ले र कृषिमन्त्री गिता चौधरीबीच रासायनिक मलको सहज आपूर्तिबारे छलफल

भेटवार्ताका क्रममा आगामी दिनमा रासायनिक मलको आपूर्ति, रसुवा बाढीबाट प्रभावित नागरिकका लागि प्राप्त राहत रकमलगायतका विषयमा छलफल भयो ।

भर्खरै