नेभिगेशन
सबै कुरा

बजारमा खाने तेलको गुणस्तरः ट्याङ्करमा ल्यायो, प्याकेट भर्यो


हेटौँडा । बागमती प्रदेश क्षेत्रका ठूला बजारहरूमा गुणस्तर नियमन नभएका हानिकारक खाने तेलहरू बिक्री वितरण हुने गरेको पाइएको छ । तेलको बजार गुणस्तर नियमन गर्ने नियमनकारी निकायले गुणस्तर जाँचमा बेवास्ता गरेपछि उपभोक्ता गुणस्तर मापन नभएको तेल उपभोग गर्न बाध्य छन् ।  

CG


सिधाकुरालाई प्राप्त विवरणअनुसार आधा दर्जन बढी खाने तेल उद्योगहरू नियमन बेगर नै तेल उत्पादन गरेर बजारमा बिक्री गरिरहेका छन् । अवस्था कतिसम्म छ भने तेस्रो मुलुकबाट ट्यांकरमा आयात भएको तेल सिधै प्याकेटमा भरेर गुणस्तर परीक्षण बिनै बजारमा पठाइएको पाइएको छ । तेल उद्योगका कर्मचारीहरुका अनुसार सूर्यमुखी, तोरी, सोयाबिनका तेलहरू यसरी खुलेआम बिक्री हुने गरेको छ । 

सिधाकुरालाई प्राप्त विवरणअनुसार चितवनको भरतपुरमा रहेको सालासार बालाजी आयल उद्योग, स्वर्णिम प्याकेजिङ उद्योग, ओमकार आयल एण्ड एग्रो प्याकेजिङ इन्डष्ट्रिज, पञ्चकन्या तेल उद्योग र भवानी एग्रो रिफाइन प्रोसेसिङ एण्ड प्याकेजिङले उत्पादन गर्ने उद्योगको उत्पादनमा गुणस्तर जाँच भएको पाइँदैन ।

सरकारले नीति अनुसार आयातित कच्च तेल प्रशोधन गरेर गुणस्तर प्रमाणिकरण नगरी बिक्री गर्न पाइँदैन । औद्योगिक प्रवर्द्धन बोर्डको २०६४ सालको १८१ औं बैठकको निर्देशन अनुसार प्रोसेसिङ,  ब्लिचिङ गरी किटाणुरहीत बनाएर मात्रै तेल प्याकेजिङ तथा उत्पादन गर्नुपर्छ । त्यसो त खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मातहतका कार्यालय तथा डिभिजन कार्यालयहरूलाई यसबारे पत्राचार पनि गरेको छ । 

गत जेठ ६ गते हेटौंडाको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयकी खाद्य अनुसन्धान अधिकृत अमृता राईको हस्ताक्षर सहितको यस्तो निर्देशनयुक्त पत्र तेल उद्योगहरूलाई गएको थियो । सो पत्रमा आयातीत तेल प्रोसेसिङ र ब्लिचिङ गरी किटाणुरहीत बनाएर मात्रै प्याकेजिङ र उत्पादन गर्न भनिएको थियो । तर, यसको कार्यन्वयन अवस्थाबारे अनुगमन नहुँदा तेल उद्योगहरूको मनोमानी चलिरहेको छ ।

सिधाकुराले खाद्य प्रविधि कार्यालय हेटौंडाले ९ महिना अघि पत्र काटेका केही तेल उद्योगहरूबाट उत्पादित सूर्यमुखी तेल खरीद गरेर गुणस्तर जाँचका लागि कार्यालयलाई अनुरोध गरेको थियो । उक्त तेलको नमूना हेरेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले अनुगमन गर्ने जनाएको छ ।

कार्यालयका सूचना अधिकारी दिनेश सुवेदीले अब अनुगमनलाई तिव्रता दिने बताए । ‘गुणस्तर प्रमाणिकरण नभएको र नवीकरण नभएका उद्योगले तेल बिक्री गर्न पाउँदैनन्,’ सूचना अधिकारी सुवेदीले भने । तर, उपभोक्ता अधिकार क्षेत्रमा काम गर्नेहरूले भने गुणस्तर जाँच गर्ने सरकारी संयन्त्रको पारदर्शी भूमिकामा प्रश्न उठाएका छन् । उद्योगीहरुसँगको साँठगाठमा उपभोक्ता हित विपरितको काम विभागबाट हुन सक्ने भन्दै उनीहरुले खबरदारी अपरिहार्य रहेको पनि बताएका छन् । 

गुणस्तर परिक्षण नभएको तेल बिक्रीबारे भने उद्योगीहरुले आपत्ति जनाएका छन् । उनीहरुले आफूहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग समन्वयमा रहेको र कम्पनीको नविकरणकोे कार्य प्रक्रियामा रहेको दाबी गरे । सिधाकुराको सम्पर्कमा आएका ओमकार आयल र शालासार तेल उद्योगका सञ्चालकहरुले आफूहरुले गुणस्तर जाँज पुष्टी भएको र गुणस्तरीय तेल मात्रै बिक्री गरेको दाबी गरे । 

‘सानो आधारमा हामीले उद्योग चलाएको हो । हाम्रो उद्योग प्याकेजिङ उद्योग हो । उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्नेगरी काम गरेको छैन्’  सालासार बालाजी उद्योगका सञ्चालक दुर्गा प्रसाद काफ्लेले सिधाकुरासँग भने,‘हामी खाद्य प्रविधिको चितवन र हेटौडा कार्यालयमा नियमित सम्पर्क छ । नियमगत प्रक्रियामा छौँ । उपभोक्ताको दैनिक उपभोगको तेल जस्तो विषयको गुणस्तरमा कुनै खेलबाड नभएको पनि उनीहरुको दाबी छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शुक्रबारदेखि काठमाडौंमा साफ महिला क्लब च्याम्पियनसिप आयोजना हुदैं

शुक्रबारदेखि काठमाडौंमा साफ महिला क्लब च्याम्पियनसिप आयोजना हुदैं

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा साफ महिला क्लब च्याम्पियनसिप आयोजना हुने जनाएको हो । प्रतियोगितामा...
पुस २५ देखि राष्ट्रिय लिग फुटबल प्रतियोगिता आयोजना गर्ने एन्फाको निर्णय

पुस २५ देखि राष्ट्रिय लिग फुटबल प्रतियोगिता आयोजना गर्ने एन्फाको निर्णय

बैठकले राष्ट्रिय लिग सम्पन्न भएको एक महिनाभित्र ए डिभिजन लिग आयोजना गर्ने निर्णय भएको एन्फा महासचिव किरण राइले जानकारी दिए । राष्ट्रिय लिग खेल्ने टीमको टुङ्गो लागेपछि खेलको...
डिम्ब तस्करी गर्ने होप फर्टिलिटीलाई मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

डिम्ब तस्करी गर्ने होप फर्टिलिटीलाई मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश

१० हजार रुपैयाँको प्रलोभन देखाई नाबालिग किशोरीको डिम्ब निकालेर लाखौँमा बेच्ने गरेको होप फर्टिलिए एण्ड डाइग्नोष्टिक प्रा.लि.लाई जिल्ला सरकारी वकिलको कार्यालय हुँदै उच्च तथा महान्यायाधिवक्ताको कार्यालयले समेत मुद्दा...
नोभेम्बरमा एक लाख १६ हजार पर्यटक नेपाल भित्रिए

नोभेम्बरमा एक लाख १६ हजार पर्यटक नेपाल भित्रिए

नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार नोभेम्बरमा पर्यटक आगमन वृद्धि भएको देखाएको हो । जसमा नोभेम्बरमा मात्रै सबैभन्दा बढी भारतबाट १८ हजार ९९५ पर्यटक भित्रिएका छन् ।...