नेभिगेशन
सबै कुरा

प्रधानमन्त्रीलाई साक्षी राखेर सिंहदरबारमा पत्रकार सम्मेलन गरी गुटेरेसले के भने ?

काठमाडौँ । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्ता पछि शान्ति प्रक्रिया  र संक्रमणकालीन न्याय टुंगाउन तीन सुझाव दिएका छन्  । 

सिंहदबारमा पत्रकार सम्मेलनका क्रममा गुटेरेसले अन्तराष्ट्रिय मापदण्डको पालना, सर्वोच्च अदालतका आदेश कार्यान्वयन र पीडितको आवश्यकता पूरा गरी संक्रमणकालीन न्याय टुंगाउन सुझाएका हुन् । गुटेरेसले भने 

संक्रमणकालीन न्यायले पीडित, परिवार र समुदायमा शान्ति ल्याउन मद्दत गर्नुपर्छ, संयुक्त राष्ट्रसंघ नेपाललाई अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरू पूरा गर्ने प्रक्रियाको विकास गर्न र त्यसलाई व्यवहारमा उतार्न सहयोग गर्न तयार छ

गुटेरेसले शान्ति स्थापनाका लागि विश्वभरका शान्ति मिसनमा नेपालको योगदानको प्रसंसा गरे । उनले भने नेपाल शान्ति र बहुपक्षीयताका पक्षमा गौरवशाली रुपमा लामो समयदेखि वकालत गरिरहेको देश हो, बहुपक्षीय समाधानका लागि नेपालले गरेको योगदानका लागि संयुक्त राष्ट्रसंघ हार्दिक आभारी छ । 

उनले नेपाल र संयुक्त राष्ट्रसंघबीचको गहिरो मित्रता मजबुत बनाउन आफू काठमाडौ आएको पनि बताए ।  साथै गुटेरेसले विगत बीस वर्षमा नेपालको प्रगति अचम्मको रहेको पनि बताए । उनले भने शान्ति कायम गर्दै गणतन्त्रको स्थापना, दिगो विकास लक्ष्य हासिल गर्न तथा जलवायु परिवर्तनविरुद्ध नेपाल लागि परेको छ, नेपाल आगामी केही वर्षमै अल्पविकसित देशबाट माथि उठ्न तयार भइरहेको छ ।

उनले नेपाल आफ्नो कुनै संलग्नता नै नभएको विश्वव्यापी संकटको आँधीमा पनि फसेको बताउँदै त्यसलाई हल गर्न अन्तराष्ट्रिय पहल आवश्यक रहेको बताए । उनले भने विकसित देशहरूले नेपाल जस्तो राष्ट्रलाई कोभिड–१९ महामारी, मुद्रास्फीति र जलवायु परिवर्तनले निम्त्याएको ठूलो खतरासँग जुध्न मद्दत गर्नुपर्छ  । जलवायु परिवर्तनका कारण विगत तीस वर्षमा एक तिहाई हिँउ गुमाएको उल्लेख गर्दै हिमनदीहरु उच्चदरमा पग्लिु चिन्ताजनक रहेको बताए । 

उनले भने समुदायहरूमा यसको प्रभाव विनाशकारी छ र म हिमालयमा बस्ने स्थानीयहरूको कुरा सुन्न उनीहरूलाई भेट्नेछ । उनीहरू कसरी प्रभावित छ भनेर प्रत्यक्ष रूपमा बुझ्ने छु ।

साथै गुटेरेसले भगवान बुद्धको शान्तिको शिक्षा अहिलेको समस्याग्रस्त संसारमा पहिले भन्दा सान्दर्भिक रहेको बताउँदै आफूले लुम्बिनीको भ्रमण गर्ने बताए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
फोहोर पानी प्रशोधन केन्द्रमा अनियमितता गरेको आरोपमा अख्तियारद्वारा वीरगंज महानगरमा छापा

फोहोर पानी प्रशोधन केन्द्रमा अनियमितता गरेको आरोपमा अख्तियारद्वारा वीरगंज महानगरमा छापा

अख्तियारमा परेकाे उजुरी अनुसार वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण र वडा नं. १६ का अयुब मन्सुरी लगायतकाे मिलीभगतमा प्रशोधन केन्द्र जानाजानी बन्द गराई...