नेभिगेशन
सबै कुरा

एनआरएनको कार्यालयमै युवासंघबाट एनआरएनका नेता कुटिए (भिडियाेसहित)

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को कार्यालयमा युवासंघका नेताले एनआरएनका नेतालाई कुटेका छन् ।

एनआरएनको कार्यालयमा घाइते अवस्थामा भेटिएका बेल्जियम निवासी ओम शर्काको दाँतमा चोट लागेको छ । उनका अनुसार आफूहरु एनआरएनको कार्यालयमा जाँदा महेश बस्नेतको उपस्थितिमा युवासंघको कार्याक्रममा चलिरहेका थियो ।

एनआरएनको कार्यालयमा एनआरएनका अध्यक्ष बद्री केसीको उपस्थितिमै युवासंघको कार्यक्रम किन्ने भन्दा आफू माथि हातपात भएको शर्माले बताए ।

उनी भन्छन्, “केन्द्रीय कार्यालयमा के भइरहेको छ भनेर बुझ्नका लागि जानकारी लिन आएको थिएँ ।कन्फ्रेन्स हलमा आउँदा युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत, बद्री केसीलगायतको कार्यक्रम भइरहेको थियो । एनआरएनएको कार्यालयमा युवा संघको कार्यक्रम किन रु भनेर प्रश्न गरेपछि ममाथि कुटपिट भएको हो । ममाथि कुटपिट हुन थालेपछि बद्री केसी भाग्नुभयो ।”

चुनाव हारेर पनि आफूलाई अध्यक्ष दाबी गर्दै आएका आरके शर्मा लगायत एनआरएनका नेताहरु माथि हातपातको प्रयास भएको थियो । घटनापछि संघको कार्यालयमा अहिले प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
फोहोर पानी प्रशोधन केन्द्रमा अनियमितता गरेको आरोपमा अख्तियारद्वारा वीरगंज महानगरमा छापा

फोहोर पानी प्रशोधन केन्द्रमा अनियमितता गरेको आरोपमा अख्तियारद्वारा वीरगंज महानगरमा छापा

अख्तियारमा परेकाे उजुरी अनुसार वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण र वडा नं. १६ का अयुब मन्सुरी लगायतकाे मिलीभगतमा प्रशोधन केन्द्र जानाजानी बन्द गराई...