नेभिगेशन
सबै कुरा
जाजरकाेट भूकम्प :

जो भूकम्पबाट आफै जोगिए तर राज्यले चिसोबाट पनि जोगाउन सकेन

जाजरकाेट । कार्तिक १७ गते रातिको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुमका १५४ जनाले ज्यान गुमाए । ३ सय ६६ जना घाइते मध्ये केही उपचार पछि घर फर्किएका छन् । राष्ट्रिय विपद पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार २६ हजार ५ सय ५७ घर पूर्णरुपमा भत्किएका छन् भने ३५ हजार ४५५ घर आंशिकरूपमा भत्किएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

स्थलगत रिपोर्टिङका क्रममा आशिंकरुपमा भत्किएका आधिकांश घरमा पनि बस्न सक्ने अवस्था छैन । अहिले १ लाख ८० हजार जना भन्दा धेरै भूकम्प पीडित राहतमा पाएको पालमुनि चिसो काटिरहेका छन् । 

भूकम्प लगत्तै घाइतेहरूको उद्धारमा सक्रियता देखाएका राज्यका संयन्त्र, त्यसपछिको राहत र अस्थायी आवासमा भने चुकेका छन् । 


संविधानतः गाँस बास र कपासको मौलिक हक भएका नागरिक एकसरो न्यानो कपडाको अभावमा ज्यान गुमाउन बाध्य भएका छन् । पछिल्लो एक सातामा मात्रै भूकम्पबाट जोगिएका ७ जनाले चिसोका कारण ज्यान गुमाएका छन् । भूकम्पका कारण घर ढलेपछि पालमा बस्दै आएका नलगाड नगरपालिका ४ च्युरीदाराका ८४ वर्षीय गोपालबहादुर रावल, ४८ वर्षीय पम्फा रावल, बारेकोट गाउँपालिका ४ जिरीका ७९ वर्षीय नरेन्द्रबहादुर सिंह, बारेकोट १ रामीडाँडाका ७० वर्षीय डुमे पुन, भेरी नगरपालिका २ का ८८ वर्षीय धुलेश्वर कार्की, जुनीचाँदे गाउँपालिका –४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, छेडागाड नगरपालिका –१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामी चिसोबाट जोगिन नसक्दा ज्यान गुमाए । 

उमेर ढल्किएका उनीहरू श्वासप्रश्वास सम्बन्धी दीर्घरोगी समेत थिए । बढ्दो चिसोमा पालको मात्रै भरपर्दा उनीहरूको स्वास्थ्य समस्या बढेको थियो । तर न्यानो कपडाको अभाव, पोसिलो आहार र औषधी उपचारको अभावमा उनिहरुले ज्यान गुमाएको स्थानीय बारेकोटका स्थानीय रविन्द्र सिंहले बताए । रविन्द्रले गुनासो गरे “भूकम्पबाट जोगिएकाहरुलाई चिसोबाट बचाउन सकिएन, राज्यले पाल दिएर टार्यो अरु कसको आश गर्नु ” रविन्द्रले सिधाकुरासँग भने, “सरकार र सङ्घसंस्थाले राहत भनेर हरेक परिवारलाई एउटा पाल र केही खाद्यान्न त दिए तर सानो पालले कति थेगोस्, राहतमा आउने खाद्यान्न पनि त्यस्तै हुने रहेछ” । 


गाउँमा धेरै जना वृद्धवृद्धामा अहिले श्वासप्रश्वासको समस्या बढेको छ । केही सुत्केरी र नवजात शिशुको स्वास्थ्य दैनिक बिग्रिएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटले भने जिल्लामा विभिन्न निकायबाट प्राप्त सिरक, डसना, बल्याङ्केट, स्लिपिङ ब्याग, ज्याकेट वृद्धवृद्धा तथा बालबालिकालाई प्राथमिकतामा राखेर वितरण गरिएको छ । तर दैनिक चिसो बढिरहेको, तर न्यानो लत्ता कपडा पर्याप्त नभएकाले समस्या भैरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

कालीगण्डकीको किनार बालुवाको थुप्रोले भरिएको छ । कालीगण्डकी किनारमा बागलुङको काठेखोला दोभान, पर्वतको कुश्मा नगरपालिकाको नयाँपुल, सहस्रधारालगायत स्थानमा जथाभावी बालुवा उत्खनन् भइरहेको छ । अवैध रुपमा नदीजन्य पदार्थ...
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...
‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

हेलो सरकारमा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आवको तुलनामा ३२१ प्रतिशतले गुनासो बढेका छन । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ५६८ गुनासा प्राप्त भएकामा...