नेभिगेशन
सबै कुरा
जाजरकाेट भूकम्प :

जो भूकम्पबाट आफै जोगिए तर राज्यले चिसोबाट पनि जोगाउन सकेन

जाजरकाेट । कार्तिक १७ गते रातिको भूकम्पका कारण जाजरकोट र पश्चिम रुकुमका १५४ जनाले ज्यान गुमाए । ३ सय ६६ जना घाइते मध्ये केही उपचार पछि घर फर्किएका छन् । राष्ट्रिय विपद पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार २६ हजार ५ सय ५७ घर पूर्णरुपमा भत्किएका छन् भने ३५ हजार ४५५ घर आंशिकरूपमा भत्किएका छन् । 


स्थलगत रिपोर्टिङका क्रममा आशिंकरुपमा भत्किएका आधिकांश घरमा पनि बस्न सक्ने अवस्था छैन । अहिले १ लाख ८० हजार जना भन्दा धेरै भूकम्प पीडित राहतमा पाएको पालमुनि चिसो काटिरहेका छन् । 

भूकम्प लगत्तै घाइतेहरूको उद्धारमा सक्रियता देखाएका राज्यका संयन्त्र, त्यसपछिको राहत र अस्थायी आवासमा भने चुकेका छन् । 


संविधानतः गाँस बास र कपासको मौलिक हक भएका नागरिक एकसरो न्यानो कपडाको अभावमा ज्यान गुमाउन बाध्य भएका छन् । पछिल्लो एक सातामा मात्रै भूकम्पबाट जोगिएका ७ जनाले चिसोका कारण ज्यान गुमाएका छन् । भूकम्पका कारण घर ढलेपछि पालमा बस्दै आएका नलगाड नगरपालिका ४ च्युरीदाराका ८४ वर्षीय गोपालबहादुर रावल, ४८ वर्षीय पम्फा रावल, बारेकोट गाउँपालिका ४ जिरीका ७९ वर्षीय नरेन्द्रबहादुर सिंह, बारेकोट १ रामीडाँडाका ७० वर्षीय डुमे पुन, भेरी नगरपालिका २ का ८८ वर्षीय धुलेश्वर कार्की, जुनीचाँदे गाउँपालिका –४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, छेडागाड नगरपालिका –१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामी चिसोबाट जोगिन नसक्दा ज्यान गुमाए । 

उमेर ढल्किएका उनीहरू श्वासप्रश्वास सम्बन्धी दीर्घरोगी समेत थिए । बढ्दो चिसोमा पालको मात्रै भरपर्दा उनीहरूको स्वास्थ्य समस्या बढेको थियो । तर न्यानो कपडाको अभाव, पोसिलो आहार र औषधी उपचारको अभावमा उनिहरुले ज्यान गुमाएको स्थानीय बारेकोटका स्थानीय रविन्द्र सिंहले बताए । रविन्द्रले गुनासो गरे “भूकम्पबाट जोगिएकाहरुलाई चिसोबाट बचाउन सकिएन, राज्यले पाल दिएर टार्यो अरु कसको आश गर्नु ” रविन्द्रले सिधाकुरासँग भने, “सरकार र सङ्घसंस्थाले राहत भनेर हरेक परिवारलाई एउटा पाल र केही खाद्यान्न त दिए तर सानो पालले कति थेगोस्, राहतमा आउने खाद्यान्न पनि त्यस्तै हुने रहेछ” । 


गाउँमा धेरै जना वृद्धवृद्धामा अहिले श्वासप्रश्वासको समस्या बढेको छ । केही सुत्केरी र नवजात शिशुको स्वास्थ्य दैनिक बिग्रिएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटले भने जिल्लामा विभिन्न निकायबाट प्राप्त सिरक, डसना, बल्याङ्केट, स्लिपिङ ब्याग, ज्याकेट वृद्धवृद्धा तथा बालबालिकालाई प्राथमिकतामा राखेर वितरण गरिएको छ । तर दैनिक चिसो बढिरहेको, तर न्यानो लत्ता कपडा पर्याप्त नभएकाले समस्या भैरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सोमबार सरकार  विरुद्ध 'जेन-जी'को प्रदर्शन: १० हजार बढी सहभागी हुने, सामाजिक सञ्जालमा व्यापक समर्थन

सोमबार सरकार विरुद्ध 'जेन-जी'को प्रदर्शन: १० हजार बढी सहभागी हुने, सामाजिक सञ्जालमा व्यापक समर्थन

भ्रष्टाचारको आयबाट पोषित परिवारलाई खुलासा गर्न सुरु गरिएको 'जेन-जी'को अभियान 'नेपाेबेब' समूहले आन्दोलनको घोषण गरेका हुन् । सोमबार काठमाडौँको माइतीघर मण्डलमा उपस्थित भएर प्रदर्शनमा सहभागी हुन आग्रह गरेका...
सुस्तामा लुम्बिनी प्रदेश प्रमुख टोलीको भम्रणः सुस्ता बासीलाई हर्ष न बिस्मात

सुस्तामा लुम्बिनी प्रदेश प्रमुख टोलीको भम्रणः सुस्ता बासीलाई हर्ष न बिस्मात

सुस्ताबासी जगनारायण कमकण भन्छन्, 'यहाँ म बसेको ५५ वर्ष भयो,  कति नेता आए गए । सब भोटकालागि आऊछन । तर केही गर्दैनन् । नेताप्रतिको सुस्ताबासीको विश्वास घट्दो छ...
उखुको बक्यौता माग्दै किसानकाे उखु बोकेर माइतीघरमा  धर्ना

उखुको बक्यौता माग्दै किसानकाे उखु बोकेर माइतीघरमा धर्ना

उखु उत्पादक महासंघ नेपालले गत आ।व। ०८१÷०८२ को उखुको वक्यौता अनुदान रकम प्रति क्वीन्टल रु ७० का दरले भुक्तानी गर्न माग गर्दै आज देखी माइतीघरमा आन्दोलन सुरु गरेको...
ठगिए रोजगारीका लागि माल्दिभ्स गएका युवा, ठग्नेलाई जोगाउन सरकार नै मिल्यो !

ठगिए रोजगारीका लागि माल्दिभ्स गएका युवा, ठग्नेलाई जोगाउन सरकार नै मिल्यो !

यो घटना गत महिनाको हो । काठमाडौँको फरएभर ह्युमन रिसोर्स सोलुसन प्रालिबाट माल्दिभ्स पुुगेका खोटाङ ऐसेलु खर्कका नौला सिंह विश्वकर्माले विभागमा उजुरी दिएका थिए ।   म्यानपावर कम्पनीका सञ्चालकहरु...

भर्खरै