नेभिगेशन
सबै कुरा

एअर इण्डियाले भारतमा नेपाली अलपत्र पारेको विषय प्राधिकरणलाई छैन जानकारी : नागरिक उड्डयन प्राधिकरण

काठमाडाैँ : नेपाल नागरिक उड्डयन प्राधिकरणले एअर इण्डियाको लापरवाहीले भारतमा अलपत्र परेका नेपालीहरुको विषय आफूहरुलाई जानकारी नभएको बताएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले आफूहरुलाई यस समाचार प्रकासित हुने समयसम्म आफूहरुलाई उक्त विषयबारे जानकारी नभएको र यदि त्यस्तो समस्यामा कोही परेको भए प्राधिकरणको सम्पर्कमा आउन समेत आग्रह गरेका छन् । 

Ncell
Extreme Energy

‘अहिलेसम्म हामीलाई कुनै पनि जानकारी छैन । भरखरै तपाईँहरुले भनेपछि थाहा भयो । यदि त्यस्तो समस्यामा कोही पर्नुभएको छ भने प्राधिकरणको सम्पर्कमा आउन अनुरोध गर्छु ।’, सूचना अधिकारी भूलले भने । 

त्यस्तै उनले यस विषयमा एअर इण्डियालाई सोधेर यदि त्यस्तो भए कारबाही गर्ने बताए । उनले भने, ‘एकपटक हामीसँग सम्पर्कमा आउन उनीहरुलाई भन्नुस्, यदि त्यस्तो रहेछ भने हामी उनीहरुलाई पत्र काटेर कारबाही अघि बढाउछौँ ।’

एअर इण्डियाले ५ डिसेम्बरमा जापान जान लागेका २४ नेपालीलाई बिहान १०ः५ बजेको उडान भर्ने बताएपनि उक्त एअरले उनीहरुलाई रातिको १० बजेमात्र उडाएको थियो । जसका कारण भारतबाट थाइल्याण्ड हुँदै जापान जाने ‘कनेक्टीङ फ्लाइट’ छुटिसकेका थिए । 

६ डिसेम्बर, बिहान ४ बजे भारतको इन्दिरागान्धी विमानस्थलमा पुगेका उनीहरुलाई अहिलेसम्म पनि गन्तव्यमा पठाएको छैन । विद्यार्थीहरुका अनुसार ३० घण्टा देखि एयर इन्डियाले ‘कनेक्टीङ फ्लाइट’को व्यवस्थापन गर्दैछौँ भन्ने जवाफ दिने गरेको छ ।

यस विषयमा एयर इण्डियाको नेपाल स्थित कार्यालयका कोही पनि अधिकारी सम्पर्कमा आउन चाहेनन् । 

'एयर इन्डिया'को लापरवाही, जापान उडेका २४ नेपाली विद्यार्थी ३० घण्टादेखि भारतमा अलपत्र (भिडियो सहित)


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

कालीगण्डकीको किनार बालुवाको थुप्रोले भरिएको छ । कालीगण्डकी किनारमा बागलुङको काठेखोला दोभान, पर्वतको कुश्मा नगरपालिकाको नयाँपुल, सहस्रधारालगायत स्थानमा जथाभावी बालुवा उत्खनन् भइरहेको छ । अवैध रुपमा नदीजन्य पदार्थ...
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...
‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

हेलो सरकारमा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आवको तुलनामा ३२१ प्रतिशतले गुनासो बढेका छन । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ५६८ गुनासा प्राप्त भएकामा...