नेभिगेशन
सबै कुरा

डाबरका उत्पादनबिरुद्ध क्यान्सर फैलाएको आरोप, नेपालमा पनि अनुसन्धान सुरु (भिडियाे सहित)

काठमाडौँ । भन्सार विभागका अनुसार ६० वटा देशबाट १० अर्ब भन्दा बढीका  सौन्दर्य सामाग्री नेपाल भित्रिन्छन् । तर ती सामग्रीहरुको गुणस्तर के छ भनेर मापन गर्ने संयन्त्र हाम्रो देशमा छैन । जसका कारण उत्पादक कम्पनीले जे दावी गर्यो उपभोक्ताले त्यही पत्याउँदै कस्मेटिक्स सामग्रीहरु प्रयोग गर्दै आएका छन् । तर अमेरिकामा पछिल्लो समय गरिएको एक अध्ययनले कस्मेटिक्स प्रयोग गर्ने मानिसहरुलाई झस्काएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

अमेरिकामा गरिएको रिसर्चपछि अहिले मल्टिनेशनल कम्पनी डाबरले अमेरिकामा हजारको संख्यामा मुद्दा खेपिरहेको छ । डाबरले उत्पादन गरेको हेयर केयरसम्बन्धी उत्पादनले क्यान्सर फैलिएको रिसर्च रिपोर्ट प्रकाशन भएपनि हजारौँ अमेरिकी महिलाहरु क्षतिपूर्तिको माग गर्दै अदालत पुगेका हुन् । 

अमेरिकाको नेसनल इस्टिच्युड अफ हेल्थ र नेशनल क्यान्सर इस्टिच्युडको पहलमा गरिएको उक्त अध्ययनमा हेयर स्ट्रेटनर्स प्रडक्टको प्रयोगबाट क्यान्सर हुने गरेको तथ्य फेला परेको हो । उक्त अध्ययन ३५ देखि ७४ वर्ष उमेर समूहका ३३ हजार ९ सय ४७ जना महिलाहरुमा गरिएको थियो । ति मध्ये ३७८ जना महिलाको प्रजनन् अङ्गगमा क्यान्सर देखिएको छ । उक्त रिसर्च रिपोर्ट २०२२ को अक्टोबर १७ मा प्रकाशित भएको थियो । 

उक्त रिपोर्ट प्रकाशन भएपछि डाबरका ३ वटा सहउत्पादक कम्पनी बिरुद्ध अमेरीका र क्यानडामा ५ हजार ४ सय वटा मुद्धा दायर भएको अन्तराष्ट्रिय समाचार एजेन्सी रेयटर्सले जनाएको छ । डाबरको अमेरीकामा रहेको सहायक कम्पनी नमस्ते ल्याबोरटोरिज, डर्मोभिवा स्किन एसेन्सियल्स र डाबर इन्टरनेसनलले उत्पादन गरेका वस्तुहरु बिरुद्ध अदालतमा मुद्दा दायर भएको हो । यस्ता मुद्दा अमेरीकाको जिल्ला अदालतहरुमा दर्ता भएको समाचारमा उल्लेख छ । 

अमेरीका  र क्यानडाका जिल्ला अदालतहरुमा दर्ता भएको मुद्दाको कानुनी प्रतिवाद सुरु भएको डाबरले जनाएको छ । डाबरले अदालतमा दायर गरिएका आफ्ना उत्पादन बिरुद्धको मुद्दा अधुरो अध्ययनको परिमाण भएको भन्दै बचाउ गरेको छ । अदालतमा दायर मुद्दामा डाबरले उत्पादन गरेर बजारमा पठाएको ‘ओलिभ आयल’ नामक कपालको सुन्दरतामा प्रयोग गरिने उत्पादनका कारण गर्भाशयको क्यान्सरको जोखिम देखिएको दाबी गरीएको छ । वर्षमा ४ पटकसम्म यस्तो उत्पादनको प्रयोग गर्दा क्यान्सरजन्य जोखिमको विकास हुने दाबी गरिएको छ । 

यसरी हानिकारक केमिकल प्रयोग गर्नेमा डाबर मात्र होइन । लोरियल, गोदरेज, सफ्टसिन कार्सन, एक्सन ब्युटि सप्लाई लगायतले पनि यस्ता हानिकारक उत्पादन बेच्ने गरेको पाइएको छ ।  

रेभलोनले उत्पादन गर्ने क्रिम अफ नेचर, लेरियलले उत्पादन गर्ने डार्क एण्ड लभली हेयर रिल्याक्सर, स्ट्रेन्थ अफ नेचरले उत्पादन गर्ने जस्ट फर मि, मोसन हेयर, डाबरको सहायक कम्पनी नमस्ते एलएलसीले उत्पादन गर्ने ओआरएस ओलिभ आयल लगायत विरुद्ध पनि मुद्दा दर्ता भएका छन् । 

यिनीहरुले उत्पादन गर्ने हेयर केयर सम्बन्धी प्रडक्टहरुमा फर्मलडेहाइड, फालेट्स, बिस्फेनोल–ए लगायतका हानिकारक केमिकल प्रयोग भएको पाइएको हो । यी रसायनहरुको पाठेघर वा डिम्बासयको क्यान्सर निम्त्याउन निकै ठूलो भुमिका रहन्छ । त्यतिमात्र होइन फालेट्सको निरन्तर प्रयोगले कलेजो, गृगौला, फोक्सो र प्रजनन् प्रणालीको क्यान्सरको संभावना निम्त्याउँछ । यी केमिकलहरुलाई युरोपियन युनियनले प्रयोगमा प्रतिबन्ध समेत लगाएको छ । डाबर लगायतका कम्पनीहरुले भने अझै प्रयोग गरिहेको पाइएको छ । 

नेपालमा पनि अनुसन्धान सुरु

डाबर नेपालमा पनि लोकप्रिय ब्राण्ड हो । जसको सहायक कम्पनी नै नेपालमा छ । डाबरका कपाल बलियो बनाउने उत्पादनमा प्रयोग भएको रसायनका कारण क्यान्सर भएको पुष्टी र त्यसका बिरुद्ध सयौँ मुद्दाहरु अदालतमा दायर भएपछि डाबरका ति उत्पादन प्रयोगबारे विश्व बजारमा बहश सृजना भएको छ । नेपालमा पनि डाबरका उत्पादनहरु बजारमा छरपस्ट छन् । अमेरीका र क्यानडाले प्रतिबन्द गरेका डाबरका सामान नेपाली बजारमा समेत पाइन्छ । 

अहिले विभागले डाबरको उत्पादनको अनुसन्धान थालेको छ तर नेपालमा यो प्रकारको अध्यायन हुन नसक्ने भएकाले जटिलता थपिएको सरकारी अधिकारीहरुले बताएका छन् ।  

रोयटर्सको नयाँ रिपोर्टबारे जानकारी पाएपछि उल्लेखित उत्पादन नेपालमा रहे नरहेकोबारे खोजी सुरु गरिएको र स्याम्पल परीक्षणको लागि ल्यावमा पठाइएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक तिर्थराज चिलुवालले जानकारी दिए । ‘डाबरको हकमा समाचार आएपछि हामीले त्यसको खोजी सुरु गरेका छौँ । नमुना संकलनको लागि भनेको छु ।’ महानिर्देशक चिलुवादल भन्छन्, ‘नेपालमा पनि पाइएमा त्यसलाई ब्यान लगाउनुपर्ने हुन्छ । मानव स्वास्थ्यमा हानी नोक्सानी पुगेको छ भने कसैले क्षतिपूर्तिको लागि दावी गर्न सक्छ । झुक्याई, छक्काई गुणस्तरहिन वस्तु बचेको रहेछ भने उपभोक्ता संरक्षण ऐन अनुसार कारबाही हुन्छ । अहिले चाहीँ हामी नमुना संकलनको प्रक्रियामै छौँ ।’ 

मुद्दा परेका उत्पादन नेपालमा छैन : डाबर नेपाल

डाबरको नेपालमा पनि सहायक कम्पनी छ । बहुराष्ट्रिय कम्पनी डाबरले नेपालमा २०४६ सालमा आफ्नो साहयक कम्पनी स्थापना गरेको थियो । कम्पनी स्थापनाको २ वर्ष पछि अर्थात बि.स. २०४८ सालबाट कम्पनीले आफ्नो उत्पादन सुरु गरेको थियो । पछिल्लो ३२ वर्ष देखि नेपालमा यो कम्पनीले उपभोक्ताको दैनिक आवश्यकता आयुर्वेदिक र जडीबुटीजन्य वस्तुसंगै सौन्दर्य सामाग्रीहरु उत्पादन गर्दै आइरहेको छ । यो कम्पनीले वार्षिक रुपमा करिब १० अर्ब रुपैयाँ सञ्चालन नाफा गर्दै आएको छ । 

नेपालमा डाबरले नुहाने स्याम्पु देखि खाने मह सम्म उत्पादन गर्दै आएको छ । यस अघि पनि डाबरका उत्पादनमा बारम्बार गुणस्तरको प्रश्न उठ्दै आएको छ ।

यता डाबरका बजार प्रमुख अजय गोर्खाली भने अमेरिकामा मुद्दा परेका उत्पादनहरु नेपाल नभित्रिएको दावी गर्छन् । गोर्खालीले अमेरिकामा अहिले मुद्दा खेपिरहेको कम्पनी डाबर नै नभएको समेत दावी गरे । ‘त्यो डाबर नै होइन नी ! डाबरले किनेको कम्पनी हो नमस्ते भन्ने । त्यसको प्रोडक्ट नेपालमा आएको छैन ।’

तर अहिले मुद्दा परेका उत्पादनहरु नेपालमा पनि उपलब्ध छन् नी भन्ने प्रश्नमा गोर्खालीले आधिकारिक रुपमा आफूहरुले नभित्र्याएको तर अन्य माध्यमबाट अएको हुनसक्ने बताए । ‘त्यो प्रोडक्ट नेपालमा पाइन्छ जस्तो मलाई लाग्दैन । हामीले ल्याएको छैन भनेसी कसरी पाइन्छ ? तपाईँ अमेरिका जानुभयो र किनेर ल्याउनुभयो भने अर्कै कुरो हो । अमेरिकामा क्लियर पनि भईसकेको छैन क्यारे । हामीलाई पनि त्यतिसारो थाहा हुने कुरो हैन । प्रोडक्ट चाहीँ हामीले ल्याएको छैन । त्यही हो ।’

गोर्खालीले डाबर नेपालले आधिकारीरुपमा विक्री नगरेको दाबी गरेपनि विभिन्न माध्यमबाट नेपालमा  यि सामाग्री भित्रिएको हुन सक्ने वाणीज्यका अधिकारीकाहरुको दाबी छ । अहिले विभागले डाबर बाहेक अन्य कम्पनीहरुकोे समेत अध्ययन सुरु गरेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दोस्रो आर्थिक गणनाः वैशाख मसान्तसम्म ४९ प्रतिशत कार्यप्रगति

दोस्रो आर्थिक गणनाः वैशाख मसान्तसम्म ४९ प्रतिशत कार्यप्रगति

उनका अनुसार गणनाका क्रममा व्यावसायिक कृषि, खानी, उत्पादन, उद्योग, व्यापार, निजी व्यवसाय, बैंक तथा सहकारीलगायत वित्तीय संस्था, व्यापारसम्बन्धी प्रतिष्ठानलगायतको तथ्याङ्क सङ्कलन गरिएको छ । विसं २०७५ मा पहिलोपटक...
भट्ट र अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति

भट्ट र अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अनुमति

न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले अनुसन्धान गर्न अनुमति दिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन जारी

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन जारी

महासंघको विद्यमान विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जान श्रेष्ठ अबको नयाँ कार्यकालका लागि महासंघको अध्यक्ष बन्ने निश्चित छ ।
नेपाललाई १०० अर्ब डलरको अर्थतन्त्रमा रूपान्तरण गर्ने लक्ष्य छः अर्थमन्त्री वाग्ले

नेपाललाई १०० अर्ब डलरको अर्थतन्त्रमा रूपान्तरण गर्ने लक्ष्य छः अर्थमन्त्री वाग्ले

सोमबार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभा उद्घाटन समारोहमा मन्त्री वाग्लेले नेपाललाई करिब १०० अर्ब डलरको अर्थतन्त्रमा रूपान्तरण गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको भन्दै...