नेभिगेशन
सबै कुरा

बरहथवा नगरपालिकाकी मेयरको घरमा ढुंगामुढा, लम्ब्याइयाे कर्फ्यु

सर्लाहीको बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटवालको घरमा ढुंगामुढा भएको छ । 

शुक्रबार नगरपालिका परिसरमा भएको प्रदर्शन नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीका कारण एक युवकको मृत्यु भएपछि मृतकका परिवार तथा आफ्न्तले त्यसयता झनै प्रदर्शन चर्काएका छन् । आइतबार पनि उनीहरुले इलाका प्रहरी कार्यालय बरहथवा र बरहथवा नगरपालिकाकी मेयरको घरमा ढुंगामुढा गरेका हुन् । अवस्था तनावपूर्ण भएपछि प्रहरीले आइतबार पुनः ८ सेल अश्रुग्यास हानेको छ ।

City Express

शुक्रबार बरहथवा ६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिका विषयमा भएको प्रदर्शन नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय जयशंकर साहको मृत्यु भएको थियो । आन्दोलनमा सहभागीनै नभएको जयशंकरको मृत्यु भएपछि स्थानीयले विभिन्न माग राख्दै दिनहुँ प्रदर्शन गर्दै आएका छन् ।

मृतकका परिवारले साहलाई शहीद घोषणा गर्नुपर्ने, मृतकको नामबाट प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाको नामकरण र स्तरोन्नति गर्नुपर्ने, र बरहथवाका मेयरले राजीनामा दिनु पर्ने लगायतका माग राखेर आन्दोलनरत छन् ।

अवस्था सामान्य नभएको भन्दै आइतबारसम्म कर्फ्यु जारी गरेको प्रशासनले सोमबार बिहान ८ बजेसम्मका लागी कर्फ्यु थपेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सोमबार सरकार  विरुद्ध 'जेन-जी'को प्रदर्शन: १० हजार बढी सहभागी हुने, सामाजिक सञ्जालमा व्यापक समर्थन

सोमबार सरकार विरुद्ध 'जेन-जी'को प्रदर्शन: १० हजार बढी सहभागी हुने, सामाजिक सञ्जालमा व्यापक समर्थन

भ्रष्टाचारको आयबाट पोषित परिवारलाई खुलासा गर्न सुरु गरिएको 'जेन-जी'को अभियान 'नेपाेबेब' समूहले आन्दोलनको घोषण गरेका हुन् । सोमबार काठमाडौँको माइतीघर मण्डलमा उपस्थित भएर प्रदर्शनमा सहभागी हुन आग्रह गरेका...
सुस्तामा लुम्बिनी प्रदेश प्रमुख टोलीको भम्रणः सुस्ता बासीलाई हर्ष न बिस्मात

सुस्तामा लुम्बिनी प्रदेश प्रमुख टोलीको भम्रणः सुस्ता बासीलाई हर्ष न बिस्मात

सुस्ताबासी जगनारायण कमकण भन्छन्, 'यहाँ म बसेको ५५ वर्ष भयो,  कति नेता आए गए । सब भोटकालागि आऊछन । तर केही गर्दैनन् । नेताप्रतिको सुस्ताबासीको विश्वास घट्दो छ...
उखुको बक्यौता माग्दै किसानकाे उखु बोकेर माइतीघरमा  धर्ना

उखुको बक्यौता माग्दै किसानकाे उखु बोकेर माइतीघरमा धर्ना

उखु उत्पादक महासंघ नेपालले गत आ।व। ०८१÷०८२ को उखुको वक्यौता अनुदान रकम प्रति क्वीन्टल रु ७० का दरले भुक्तानी गर्न माग गर्दै आज देखी माइतीघरमा आन्दोलन सुरु गरेको...
ठगिए रोजगारीका लागि माल्दिभ्स गएका युवा, ठग्नेलाई जोगाउन सरकार नै मिल्यो !

ठगिए रोजगारीका लागि माल्दिभ्स गएका युवा, ठग्नेलाई जोगाउन सरकार नै मिल्यो !

यो घटना गत महिनाको हो । काठमाडौँको फरएभर ह्युमन रिसोर्स सोलुसन प्रालिबाट माल्दिभ्स पुुगेका खोटाङ ऐसेलु खर्कका नौला सिंह विश्वकर्माले विभागमा उजुरी दिएका थिए ।   म्यानपावर कम्पनीका सञ्चालकहरु...