नेभिगेशन
सबै कुरा

बरहथवा नगरपालिकाकी मेयरको घरमा ढुंगामुढा, लम्ब्याइयाे कर्फ्यु

सर्लाहीको बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटवालको घरमा ढुंगामुढा भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार नगरपालिका परिसरमा भएको प्रदर्शन नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीका कारण एक युवकको मृत्यु भएपछि मृतकका परिवार तथा आफ्न्तले त्यसयता झनै प्रदर्शन चर्काएका छन् । आइतबार पनि उनीहरुले इलाका प्रहरी कार्यालय बरहथवा र बरहथवा नगरपालिकाकी मेयरको घरमा ढुंगामुढा गरेका हुन् । अवस्था तनावपूर्ण भएपछि प्रहरीले आइतबार पुनः ८ सेल अश्रुग्यास हानेको छ ।

Ncell
Extreme Energy

शुक्रबार बरहथवा ६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिका विषयमा भएको प्रदर्शन नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय जयशंकर साहको मृत्यु भएको थियो । आन्दोलनमा सहभागीनै नभएको जयशंकरको मृत्यु भएपछि स्थानीयले विभिन्न माग राख्दै दिनहुँ प्रदर्शन गर्दै आएका छन् ।

मृतकका परिवारले साहलाई शहीद घोषणा गर्नुपर्ने, मृतकको नामबाट प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाको नामकरण र स्तरोन्नति गर्नुपर्ने, र बरहथवाका मेयरले राजीनामा दिनु पर्ने लगायतका माग राखेर आन्दोलनरत छन् ।

अवस्था सामान्य नभएको भन्दै आइतबारसम्म कर्फ्यु जारी गरेको प्रशासनले सोमबार बिहान ८ बजेसम्मका लागी कर्फ्यु थपेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

कालीगण्डकीको किनार बालुवाको थुप्रोले भरिएको छ । कालीगण्डकी किनारमा बागलुङको काठेखोला दोभान, पर्वतको कुश्मा नगरपालिकाको नयाँपुल, सहस्रधारालगायत स्थानमा जथाभावी बालुवा उत्खनन् भइरहेको छ । अवैध रुपमा नदीजन्य पदार्थ...
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...
‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

हेलो सरकारमा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आवको तुलनामा ३२१ प्रतिशतले गुनासो बढेका छन । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ५६८ गुनासा प्राप्त भएकामा...