नेभिगेशन
सबै कुरा

केक, मफिन र ब्राउनिजमा हालेर गाँजा कारोबारः इन्स्टामा अर्डर,इन्ड्राइभबाट डेलीभरी

काठमाडौँ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोमा एक महिनाअघि एउटा कच्चा सूचना आएको थियो ‘काठमाडौँका होस्टलमा बसेका युवा युवतीहरुमा गाँजा मिसाएर बनाइएको केक, ब्राउनी र मफिन डेलिभरी हुन्छ ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सामान्यतय उत्सव कार्यका लागि हिजो आज केक काट्ने प्रचलन निकै ब्यापक बनिरहेको छ । तर,त्यही केकमा गाँजा मिसाएर लागू औषध कारोबारको धन्दा चलाइएको सूचना प्रहरीका लागि पनि आफैँमा अनौठो थियो । तर, प्रहरीको लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले त्यही कच्चा सूचना पछ्याएर गरेको डेढ महिना लामो अनुसन्धानबाट इन्स्टाग्राममार्फत कारोबारी खोजेर राइड शेयरिङ एप इन्ड्रइभमार्फत केकमा गाँजा कारोबार गर्ने गरेको रहस्य उजागर गरेको छ । 

Ncell
Extreme Energy

ब्यूरोका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) गोबिन्द थपलियका अनुसार काठमाडौँ घट्टेकुलोका २६ वर्षिय विशन मानन्धरले एक वर्षदेखि यो धन्दा चलाइरहेका थिए । केकको व्यवसाय गरेको भनेर परिवारलाई समेत ढाँटेका उनले गाँजाका पारखीहरु इन्स्टाग्राम र फेसबुकबाट खोज्थे भने नेपालमा दर्ता नभएको राइड शेइरिङ प्लेटफर्म इन्ड्राइभमार्फत डेलिभरी गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको ब्यूरो प्रमुख थपलियाले बताए । मानन्धर पुतली सडकको एक क्याम्पसमा स्नातक पढ्दै गरेका बिद्यार्थी हुन् ।

भनिएको थियो प्रिमियम ब्राउनिज बेच्ने 

लागू औषध नियन्त्रण ब्यूरोकाअनुसार सन् २०२० मा इन्ष्टाग्राममा मानन्धरले बाम्ब डट ओङ्ग अण्डरस्कोर नेपाल नामक अकाण्ट खोलेका थिए । प्राइभेट राखिएको सो एकाण्टमा गाँजाका पारखीहरु मात्रै साथी रहेको अनुसन्धानमा खुलेको ब्यूरोले जनाएको छ । इन्स्टाग्राममा ६ वटा मात्रै पोष्ट गरिएको सो एकाण्टमा ६६५ जना फलोअर्स थिए । 


इन्स्टामा डिएम गरेर गाँजासहितको केक, मफिन र ब्राउनिजको माग भएपछि मानन्धरले त्यसैअनुसार घरमा वस्तु तयार गर्थे र माग भएको ठाउँमा इन्ड्राइभमार्फत डेलिभरी गरिदिन्थे । ‘इन्स्टामा डिएममार्फत गाँजासहितको केक माग भएपछि इन्ड्राइभमार्फत मानन्धर आफैँ पु¥याउन जान्थे,’ ब्यूरो प्रमु्ख थपलियाले भने, ‘गाँजासहितको केकको प्रयोगकर्ता होस्टलमा बसेका युवा–युवतीहरु रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।’ थपलियाकाअनुसार नेपालमा दर्ता भएको राइड शेयरिङमार्फत यि वस्तुको डेलिभरी हुँदा थाहा नपाउन भनेर इन्ड्राइभ प्रयोग गरेको देखिएको छ ।

केक बनाउने सामानसँगै भेटियो धुलो र कच्चा गाँजा 

प्रहरीले विशनले बिगत १ बर्षदेखि आफ्नै घरमा गाँजा मिसावट गरिएका केकका बिभिन्न प्रकारहरु बनाई अनलाईन डेलिभिरी मार्फत अवैध कारोवार सञ्चालन गरेको दाबी गरेको छ । विशनको घर खानतलासी गर्दा प्रहरीले गाँजाको धुलो १२१ ग्राम, तयारी अवस्थाको केकको झोल १७८ ग्राम, लागुऔषध गाँजा ३ केजी ७५४ ग्राम, सेतो रङको डिजिटल तराजु १, इलेक्ट्रिक ओभन १, ग्लोबल आईएमई बैंकको एटीएम कार्ड, अर्डरको सामान डेलिभरी गर्ने नीलो र रातो रङका हाते झोला लगाएतका वस्तु बरामद गरेको छ ।


गुलियोमा गाँजा, ३ पिस मफिनको ८ सय रुपैयाँ

पछिल्लो समय युवाहरुमा केक संस्कृति लोकप्रिय भएपछि तिनै वस्तुमा गाँजाको प्रयोग भएको पाइएको प्रहरीको प्रारम्भिक निश्कर्ष छ । सार्वजनिक ठाउँ वा अन्य स्थानमा सेवन गर्दा पनि शंका नहुने भएपछि केक, मफिन र ब्राउनिजमा गाँजाको प्रयोग गरेको हुनसक्ने एक अनुसन्धान अधिकृत बताउँछन् । ति अधिकारीकाअनुसार गुलियोमा गाँजाको प्रयोग गर्दा अधिक मात्रामा मात लाग्ने भनि प्रयोगकर्तामा सूचना प्रवाह भएको पनि पाइएको छ ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरिक्षक एसपी चक्रबहादुर जोशीकाअनुसार प्लाष्टिकको एउटा बट्टामा ३ पिस मफिन प्याक गरिन्थ्यो । जसको मूल्य ८ सय रुपैयाँ तोकिएको थियो । केक पसलमा प्रतिथान ३० रुपैयाँ प्रतिगोटामा पाइने मफिन गाँजा प्रयोग गरेर बनाइँदा प्रतिथान झण्डै २६६ रुपैयाँमा बिक्रि गर्ने गरेको खुलेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...

भर्खरै