नेभिगेशन
बजार

विश्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको नयाँ योजना

काठमाडाैँ । विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव नजिकिँदै गर्दा विश्वकै अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड TCL ले नेपाली ग्राहकहरूका लागि विशेष “Are You Ready for Greatness” अभियान सार्वजनिक गरेको छ। विश्वकपको रोमाञ्चक अनुभवलाई अझ भव्य, जीवन्त र अविस्मरणीय बनाउने उद्देश्यका साथ ल्याइएको यस अफरमा आकर्षक Cashback, विस्तारित वारेन्टी तथा सहज EMI सुविधाहरू समावेश गरिएको छ।

“Are You Ready for Greatness? Feel Every Goal. Live Every Moment.” भन्ने सन्देशसहित सुरु गरिएको यो अभियानले फुटबलप्रेमी नेपालीहरूलाई आफ्नै घरमा स्टेडियम सरहको मनोरञ्जन अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। TCL का अत्याधुनिक टेलिभिजनहरूले हरेक गोल, हरेक उत्साह र हरेक ऐतिहासिक क्षणलाई अझ स्पष्ट, जीवन्त र रोमाञ्चक बनाउने कम्पनीको विश्वास छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस विशेष अफर अन्तर्गत TCL टेलिभिजन खरिद गर्ने ग्राहकहरूले रु. २,००,०२६ सम्मको आकर्षक Cashback प्राप्त गर्न सक्नेछन्। विश्वकपका अविस्मरणीय क्षणहरूलाई अझ विशेष बनाउने यस योजनासँगै TCL ले २+२ वर्षको विशेष वारेन्टी सुविधा पनि उपलब्ध गराएको छ, जसले ग्राहकहरूलाई आगामी ४ वर्षसम्म उत्कृष्ट मनोरञ्जन अनुभवसँगै विश्वसनीय सेवाको भरोसा प्रदान गर्नेछ।

Ncell
Extreme Energy

ग्राहकहरूको सुविधालाई प्राथमिकता दिँदै TCL ले नागरिकता मात्रको आधारमा सहज EMI सुविधा समेत उपलब्ध गराएको छ, जसले प्रिमियम होम इन्टरटेन्मेन्टलाई अझ सुलभ बनाउने अपेक्षा गरिएको छ।

यस अवसरमा CG Electronics ले सम्पूर्ण फुटबलप्रेमी नेपालीहरूलाई TCL सँग विश्वकपको रोमाञ्चक यात्रा अनुभव गर्न आमन्त्रण गरेको छ। कम्पनीका अनुसार यो योजना २०८३ जेठ २१ गतेदेखि श्रावण ३ गतेसम्म नेपालभरका आधिकारिक CG Electronics शोरूम तथा विक्रेतामार्फत लागू हुनेछ।

“विश्वकप केवल खेल होइन, भावना हो। TCL को अत्याधुनिक प्रविधिले प्रत्येक खेललाई अझ जीवन्त बनाउँदै दर्शकहरूलाई खेलमैदानको बीचमा पुगेजस्तो अनुभूति दिन्छ। यस अभियानमार्फत हामी ग्राहकहरूलाई विश्वस्तरीय मनोरञ्जनसँगै आकर्षक लाभहरू पनि प्रदान गर्न चाहन्छौं,” कम्पनीले जनाएको छ। 

नेपालमा एयर कन्डिसनर, टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन तथा वाटर डिस्पेन्सरमार्फत उपभोक्तामाझ लोकप्रिय रहेको टिसिएल ब्रान्डलाई नेपालमा सिजी इलेक्ट्रोनिक्सले आधिकारिक रुपमा वितरण गर्दै आएको छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध हुँदा उद्योगीले वैकल्पिक मार्गबाट ग्यास काठमाडौँमा ल्याएर बिक्री गरेका थिए । उपत्यकाबाहिरका उद्योगमा ग्यास भरेर ल्याउनु परेको भन्दै उद्योगीले प्रतिसिलिण्डर...
२०० को सामान किन्दा १० लाख उपहार

२०० को सामान किन्दा १० लाख उपहार

भदौ महिनामा २ सयको सामान किन्ने एक ग्राहकले १० लाख बम्बर उपहार जितेका छन् ।
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने

साउन १ गतेबाट सुचारु रहेको उक्त प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीका कारण देशमा विपत्ति आएपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व...
चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा, जान्छ कहाँ ?

चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा, जान्छ कहाँ ?

उपत्यकामा दैनिक ४० हजार सिलिन्डर माग हुने गरेकामा अहिले करिब एक लाख सिलिन्डरको माग रहेको छ ।