नेभिगेशन
समाज

बजारमा नेपाली आँप (तस्बिरहरु)

काठमाडौँ । कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लाहान लगायतका क्षेत्रमा उत्पादित नेपाली आँप भित्रिन थालेपछि बजारमा चहलपहल बढेको छ। नेपाली आँपको आपूर्ति बढ्दै जाँदा भारतीय आँप क्रमशः बजारबाट विस्थापित हुन थालेको व्यापारीहरूले बताएका छन्।

व्यापारीहरूका अनुसार यस वर्ष नेपाली आँप समयमै बजारमा आउन थालेकाले उपभोक्ताले ताजा तथा स्थानीय उत्पादन रोज्न थालेका छन्। यसले भारतीय आँपको मागमा समेत कमी आएको उनीहरूको भनाइ छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हाल बजारमा नेपाली आँपको मूल्य आकार, गुणस्तर र जातअनुसार फरक–फरक रहेको छ। कुलेश्वर फलफूल बजारका अनुसार बम्बई आँप २२ केजीको क्रेटको मूल्य १ हजार ५ सयदेखि १ हजार ७ सय रुपैयाँसम्म रहेको छ। त्यसैगरी माल्दा आँप २२ केजीको १ हजार ४ सयदेखि १ हजार ६ सय रुपैयाँमा बिक्री भइरहेको छ भने दसहरी आँप २१ केजीको १ हजार ५ सयदेखि १ हजार ६ सय रुपैयाँसम्ममा कारोबार भइरहेको छ।

Marvel
Extreme Energy

नेपाली आँपको उत्पादन बजारमा पर्याप्त मात्रामा आउन थालेपछि कुलेश्वर फलफूल बजार अहिले भरिभराउ देखिएको छ। व्यापारीहरूका अनुसार आगामी दिनमा थप परिमाणमा आँप भित्रिने  र बजार आँपले नै भरिने बताएका छन् ।

Mango_Sidhakura1-1780644855.jpg

Mango_Sidhakura2-1780644862.jpg

Mango_Sidhakura-1780644855.jpg

Mango_Sidhakura5-1780644869.jpg

Mango_Sidhakura4-1780644869.jpg

Mango_Sidhakura9-1780644880.jpg

Mango_Sidhakura8-1780644878.jpg

Mango_Sidhakura7-1780644874.jpg

Mango_Sidhakura3-1780644863.jpg

Mango_Sidhakura6-1780644874.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतितोला ११ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

प्रतितोला ११ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ७८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९५५ कायम...
आहा ! फाँटैभरि पहेँलपुर लहलह धान

आहा ! फाँटैभरि पहेँलपुर लहलह धान

तामाकोशी नदी आसपासका खेतमा पाकेको धानले फाँटहरू पहेँलपुर देखिएका छन् । धानका बाला झुलेसँगै किसानहरूलाई वर्षभरि गरेको मेहनतको प्रतिफल भित्र्याउने चटारो सुरु भएको छ ।
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...