नेभिगेशन
सबै कुरा

वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले दिए जाहेरी

पर्सा । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले जाहेरी दिएका छन् । नक्कली बाबु बनेर नागरिकता दिएको प्रकरणमा उनीविरुद्ध वीरगंजका सचेत नागरिकको तर्फबाट विभिन्न पार्टीका प्रतिनिधि र स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा जाहेरी दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार सिधाकुरा डट कमले नक्कली बाबु बनेर मेयर राजेशमान सिंहले नागरिकता जारी गरेको खुलासा गरेको थियो । समाचार प्रकाशित भएपछि हिजो नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति मोहम्मद साबुद्दिनले मेयर विरुद्ध जाहेरी दर्ता गराएका थिए । बुधबार वीरगंजका सचेत नागरिक अगुवाहरुको समुहले मेयरविरुद्ध वीरगंज महानगरका विभिन्न स्थानहरु प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् । 

Ncell
Extreme Energy

जाहेरीमा नक्कली बाबु बनेर नागरिकता दिलाएका वीरगंज महागरपालिकाका वडा नम्बर ३ का ५३ वर्षिय मेयर राजेशमान सिंह र नागरिकता जारी गराएकी वर्ष २१ की युवतीलाई  बिपक्षी बनाइएको छ । 

बुधबार जसपाका स्थानीय नेता मनोज राउत कुर्मी, जनमत पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज मुकेश द्विवेदी, जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, नेपाली कांग्रेसका नगर सदस्य सुलतान अन्सारी, नेकपा एमालेका मधेश प्रदेश सदस्य ल्याकत अली, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता राजेश पटेल छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले आगामी मौसमी प्रणालीका बारेमा जानकारी लिएका छन् ।
रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार तथा कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन् ।
सहिदकी आमा सांसद रचनाको आग्रहः सरकारले सहिद परिवारलाई न्यायको आभास गराओस्

सहिदकी आमा सांसद रचनाको आग्रहः सरकारले सहिद परिवारलाई न्यायको आभास गराओस्

उनले ‘छोराको लासमाथि सांसद पद साटेको’ भन्दै निकृष्ट र अपमानजनक टिप्पणी हुने गरेको भन्दै एउटी आमाको छातीको पीडा र ममतामाथि राजनीतिक आक्रमण नगर्न र तुच्छ शब्द बोल्नुअघि हजार...