नेभिगेशन
सबै कुरा

लिभिङ टुगेदरमा हत्या, तीन महिनादेखि बन्द काेठामै सड्याे शव

काठमाडौँ ।  काठमाडौँको शोभाभगवतीमा एक महिलाको हत्या गरि फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी परिसर, काठमाडौँले शोभाभगवतीस्थीत एक घरमा तनहुँको भिमाद घर भएका सफिना मियाको हत्या गरि फरार रहेका भारतको बिहार दरभङ्गा घर भएका इकरामुल हक अन्सारीलाई पक्राउ गरि सार्वजनिक गरेको हो । 

Ncell
Extreme Energy

शोभाभगवतीस्थित सरिता गिरीको घरको भुइँ तला तीन महिनादेखि बन्द रहेका धरधनीले खोलेर हेर्दा एउटा शव भेटिएको थियो । शव गलेको अवस्थामा रहेकाले तीन महिना अघि हत्या भएको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको थियो । 

अनुसन्धानका क्रममा लिभिङ टुगेदरमा बस्ने इकरामुल हक अन्सारीले नै हत्या गरेको खुलेको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक भूपेन्द्र बहादुर खत्रीले जानकारी दिए । प्रहरीका अनुसार सफिना मियालाई हत्या गरि इकरामुल भारत भागेका थिए । त्यसपछि काठमाडौँ फर्केका इकरामुललाई कालीमाटीबाट पक्राउ गर्न सफल भएको खत्रीले बताए । 

काठमाडौँ आएर कालिमाटीस्थित दिलिप शाहको विएन फेसन गार्मेन्टमा काम गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लिभिङ टुगेदरका क्रममा आपसी वादविवाद भएपछि हत्या गरेको खुलेको प्रहरीको भनाइ छ । हत्या गरेपछि ढोकामा ताला लगाएर भागेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...