नेभिगेशन
सबै कुरा

अठार महिनामा सकिनुपर्ने विद्युत् आयोजना चारवर्षमा पनि सम्पन्न भएन

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका–१ मा निर्माणाधीन चुकेनी विद्युत् आयोजनाको कामले  अझै गतिलिन सकेको छैन । सो विद्युत आयोजनाको क्षमता नौ सय ९८ किलोवाट रहेको छ ।  अठार महिनामा सकिनुपर्ने आयोजना सम्झौता भएको चार वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चुकेनी जलविद्युत् आयोजनाको सम्झौता २०७६ जेठ १० गते भएको थियो । सम्झौताको मितिबाट १८ महिनामै सकिनुपर्नेमा म्याद थप गर्दै निर्माण गरे पनि आयोजनाले अपेक्षित गति लिन नसकेको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन्।

Ncell
Extreme Energy

आयोजनाको अझै १० प्रतिशत काम बाँकी छ । निर्माण कम्पनीको ढिलासुस्तीले आयोजनाको प्रगति हुनसकेको छैन । कम्पनीका प्रतिनिधि श्रीराम परासरले आयोजनाको १० प्रतिशत काम भारतबाट आउने प्राविधिकबाट हुने जानकारी दिए। आगामी वैशाखसम्म बत्ती बाल्ने गरी काम गरिने निर्माण कम्पनीले जनाएको छ । आयोजनाको कुल लागत रु ४३ करोड रहेको छ । यसमा रु ३० करोड वैकल्पिक ऊर्जा र रु १३ करोड पालिका र स्थानीय जनताको लगानी छ । 

जनताले चुकेनीखोला सहकारी संस्थामार्फत आफ्नो घरजग्गा धनपुर्जा धरौटी राखेर रु छ करोड बराबरको सेयर लगानी गरेका छन् । नागरिकले बैंकको ब्याज तिरिरहेका छन्, तर बत्ती बाल्न अझै पाएका छैनन् । विद्युत् आयोजनामा चुकेनीखोला सहकारी संस्थाले बैंकबाट ऋण लिएर लगानी गरेको छ । सहकारी संस्थाका २५ जनाको जग्गाधनीपुर्जा बैंकमा धरौटी राखिएको पातरासी–१ का वडाध्यक्ष लालसिंह ऐडीले बताए । 

आयोजनाको काम दुई  प्रतिशतमात्रै बाँकी भनेको महिनौँ बित्दा पनि बत्ती नबलेपछि पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोरा नेतृत्वको टोलीले आयोजनाको अनुगमनसमेत गरेको छ । बत्ती आउने प्रतीक्षा गरिरहेको बेला अझै १० प्रतिशत काम बाँकी रहनु कम्पनीको लापरवाही भएको गाउँपालिका अध्यक्ष बोहोराले बताए ।

जलविद्युत् आयोजना निर्माणको ठेक्का पाएको फेवा कन्स्ट्रक्सन प्रालिका  प्रबन्धक चन्द्र भण्डारीले सुरुको दुई वर्ष कोभिडका कारण काम रोकिएपछि ढिला भएको जानकारी दिए । उनले चाँडै बत्ती बाल्ने गरी काम अन्तिम चरणमा पुगेको बताए। आयोजनाबाट तीन हजार चार सय ५३ घरपरिवार लाभान्वित हुनेछन् । राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जडान गर्ने योजना रहेको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

होल्डिङ सेन्टरमा पानी भरिएपछि सुरक्षाकर्मीले डुङ्गाको प्रयोग गरेर केही सामान बाहिर निकाले पनि अधिकांश घरायसी सामग्री, लत्ताकपडा र अन्य अत्यावश्यक सामान पानीले भिजेर नष्ट भएको पीडितहरूले बताएका छन्।...
बाढीले डुबायो कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टर, विस्थापित सुकुम्बासी फेरि विस्थापित

बाढीले डुबायो कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टर, विस्थापित सुकुम्बासी फेरि विस्थापित

गृह मन्त्रालयका अनुसार राति १:३८ बजे डुबानको सूचना प्राप्त भएपछि दंगा नियन्त्रण रेजिमेन्टबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमाण्डमा डिजास्टर म्यानेजमेन्ट (DM) सहित ३० जना र नेपाल प्रहरीका...
दुर्घटनामा ज्यान गुमाएकी यमुनाको शव चार दिनदेखि अलपत्र, पोस्टमार्टम पनि भएन

दुर्घटनामा ज्यान गुमाएकी यमुनाको शव चार दिनदेखि अलपत्र, पोस्टमार्टम पनि भएन

शनिबार गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा मृतककी जेठानी सरिता विकले दुर्घटनाको तीन दिन बित्दासमेत पीडित परिवारले न्याय नपाएको बताइन्। उनका अनुसार दुर्घटनापछि परिवार आर्थिक तथा मानसिक रूपमा गम्भीर संकटमा...
दसैंमा दाजुभाइ मिलेर गाडी किनेका थिए, कर्णालीमा बेपत्ता भए

दसैंमा दाजुभाइ मिलेर गाडी किनेका थिए, कर्णालीमा बेपत्ता भए

‘दाजु भारतमै मजदुरी गर्दै थिए। भाइ भने केही साल पहिले नेपाल आएर गाडी लाइनमै काम गर्न थालेका थिए,’ डण्डपाणिले सिधाकुरासँग भने, ‘भाइले नेपालमै गाडी क्षेत्रमा काम गरेको देखेर...