नेभिगेशन
सबै कुरा

२० वर्ष कैद फैसला भएकी फरार प्रतिवादी २० वर्षपछि पक्राउ

संखुवासभा । ईलाका प्रहरी कार्यालय चैनपुर, संखुवासभाले २० वर्ष कैद फैसला भएकी फरार प्रतिवादी कैली तामाङलाई  पक्राउ गरेको छ । चैनपुर प्रहरीले ईलाका प्रहरी कार्यालय केराबारी, मोरङसँगको समन्वयमा माद्द १० मा मोरङकै केराबारी गाउँपालिका वडा नं. १० बाट तामाङलाई पक्राउ गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संखुवासभा घर भएकी तामाङले २०६० फागुन ११ गते बेलुकी जिल्लाको साविक सिद्धकाली गा.वि.स वडा नं २ बस्ने मंगल लिम्बु र योगेन्द्र दाहालको हत्या गरेकी थिइन् । हराएको पाइप लिन जाने क्रममा तामाङले उनीहरुको मुङ्ग्री, ढुङ्गा, खुकुरीले आक्रमण गरी हत्या गरेर फरार भएको प्रहरीले जनाएको छ । 

Ncell
Extreme Energy

पक्राउ परेकी तामाङलाई जिल्ला अदालत संखुवासभाले २०६६ साल फागुन १२ गते २० वर्षको कैद सजाय सुनाएपनि उनी फरार रहेकी थिइन् । २० वर्षयता फरार रहेकी उनी  विभिन्न समयमा विभिन्न स्थानमा लुकिछिपि बसिरहेको र पछिल्लो समयमा मोरङ जिल्लामा लुकेर बसेको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । 

प्रहरीले उनलाई पक्राउ गरी संखुवासभा जिल्ला अदालत चैनपुर समेत उपस्थित गराईसकेको छ । अदालतको पत्रअनुसार उनलाई कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय संखुवासभा पठाईएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...