नेभिगेशन
सबै कुरा

२० वर्ष कैद फैसला भएकी फरार प्रतिवादी २० वर्षपछि पक्राउ

संखुवासभा । ईलाका प्रहरी कार्यालय चैनपुर, संखुवासभाले २० वर्ष कैद फैसला भएकी फरार प्रतिवादी कैली तामाङलाई  पक्राउ गरेको छ । चैनपुर प्रहरीले ईलाका प्रहरी कार्यालय केराबारी, मोरङसँगको समन्वयमा माद्द १० मा मोरङकै केराबारी गाउँपालिका वडा नं. १० बाट तामाङलाई पक्राउ गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संखुवासभा घर भएकी तामाङले २०६० फागुन ११ गते बेलुकी जिल्लाको साविक सिद्धकाली गा.वि.स वडा नं २ बस्ने मंगल लिम्बु र योगेन्द्र दाहालको हत्या गरेकी थिइन् । हराएको पाइप लिन जाने क्रममा तामाङले उनीहरुको मुङ्ग्री, ढुङ्गा, खुकुरीले आक्रमण गरी हत्या गरेर फरार भएको प्रहरीले जनाएको छ । 

Extreme Energy
citizen life

पक्राउ परेकी तामाङलाई जिल्ला अदालत संखुवासभाले २०६६ साल फागुन १२ गते २० वर्षको कैद सजाय सुनाएपनि उनी फरार रहेकी थिइन् । २० वर्षयता फरार रहेकी उनी  विभिन्न समयमा विभिन्न स्थानमा लुकिछिपि बसिरहेको र पछिल्लो समयमा मोरङ जिल्लामा लुकेर बसेको सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । 

प्रहरीले उनलाई पक्राउ गरी संखुवासभा जिल्ला अदालत चैनपुर समेत उपस्थित गराईसकेको छ । अदालतको पत्रअनुसार उनलाई कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय संखुवासभा पठाईएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
लागुऔषधसहित देशका विभिन्न स्थानबाट २७ जना पक्राउ

लागुऔषधसहित देशका विभिन्न स्थानबाट २७ जना पक्राउ

चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल ५७ ट्याब्लेट, नाइट्राभेट १२९ ट्याब्लेट र नगद रु १६ हजार ६३५ सहित शनिबार काठमाडौँ महानगरपालिका–१५ बाट २० वर्षीय आशिष तामाङलाई नियन्त्रित...
श्रीकृष्ण विक मृत्यु प्रकरणः निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन

श्रीकृष्ण विक मृत्यु प्रकरणः निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन

सुनकोशी गाउँपालिका– ३, जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा रहेका वेला गत ७ वैशाखमा मृत्यु भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिले आइतबार...
२४ घण्टामा २ हजार १११ सवारी चालक ट्राफिक कारबाहीमा

२४ घण्टामा २ हजार १११ सवारी चालक ट्राफिक कारबाहीमा

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १०९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १८४, ट्राफिक सङ्केत उल्लङ्घनकर्ता १०३ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २२२ जनालाई कारबाही...
हुम्लामा भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

हुम्लामा भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

शनिबार प्रहरीले वडा सदस्य रोकाया  घरमा लुकाएर राखेको भरुवा बन्दुक फेला पारेको थियो । उनलाई बन्दुकसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताए। वडा सदस्य रोकायाको घरमा...