नेभिगेशन
सबै कुरा

एकै घरमा हजुरबुबा र नातिको हत्या

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा एकै घरमा हजुरबुबा र नातिको हत्या भएको छ। 

सुस्ता गाउँपालिका –३ मर्चहवा निवासी ६५ वर्षीय यक्षलाल चमार र उनका नाति ११ वर्षीय गौचरण चमारको गयराती सुतिरहेकै अवस्थामा हत्या भएको  हो । 

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार उनीहरुको शव घरदेखि केही मिटर दुरीमा रहेको  छाप्रो बाहिर फेला परेको हो  । हजुरबुबा र नातिको शव फेला परेसँगै स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

नाति र बाजे दुवैको शरीरमा धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ  । बोहोराका छोरा रोजगारीका लागि भारतमा रहेको र बुहारी पनि एक छोरा र एक छोरीलाई लिएर एक महिनाअघि नै भारत माइत गएको स्थानीयको भनाई छ । 

छोरा बुहारी पनि नभएपछि नाति र वृद्ध बाजे एकान्तको घरमा बस्दै आएका थिए । त्यहि घरमा उनीहरुको हत्या भएको प्रहरीको निष्कर्श भएपनि घटनामा संलग्न कोही पनि पक्राउ नपरेको प्रहरीले जनाएको छ  । घटनाको अनुसन्धानका लागि घटनास्थलमा ठूलो संख्यामा प्रहरीहरु परिचालन गरिएको प्रहरीले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...