नेभिगेशन
सबै कुरा

एकै घरमा हजुरबुबा र नातिको हत्या

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा एकै घरमा हजुरबुबा र नातिको हत्या भएको छ। 

सुस्ता गाउँपालिका –३ मर्चहवा निवासी ६५ वर्षीय यक्षलाल चमार र उनका नाति ११ वर्षीय गौचरण चमारको गयराती सुतिरहेकै अवस्थामा हत्या भएको  हो । 

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार उनीहरुको शव घरदेखि केही मिटर दुरीमा रहेको  छाप्रो बाहिर फेला परेको हो  । हजुरबुबा र नातिको शव फेला परेसँगै स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

नाति र बाजे दुवैको शरीरमा धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ  । बोहोराका छोरा रोजगारीका लागि भारतमा रहेको र बुहारी पनि एक छोरा र एक छोरीलाई लिएर एक महिनाअघि नै भारत माइत गएको स्थानीयको भनाई छ । 

छोरा बुहारी पनि नभएपछि नाति र वृद्ध बाजे एकान्तको घरमा बस्दै आएका थिए । त्यहि घरमा उनीहरुको हत्या भएको प्रहरीको निष्कर्श भएपनि घटनामा संलग्न कोही पनि पक्राउ नपरेको प्रहरीले जनाएको छ  । घटनाको अनुसन्धानका लागि घटनास्थलमा ठूलो संख्यामा प्रहरीहरु परिचालन गरिएको प्रहरीले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।