नेभिगेशन
सबै कुरा

उता राकेश र मुकेशको उद्धार चल्दै थियो, यता बाबुले प्राण त्यागे

Watch On

Facebook Tiktok Youtube Instagram Twitter
सर्लाही । कामजोर आर्थिक अवस्थाका कारण घर चलाउन धौधौ परेको देखेपछि सर्लाही बागमती नगरपालिका का राकेश र मुकेश महतो दाजु भाइले बुबासँग वैदेशिक रोजगारीमा जाने इच्छा व्यक्त गरे । 
हुर्केका दुई छोराले कमाउन जाने प्रस्ताव गरेपछि वर्षौँ देखि दुःखको थाप्लोले थिचिएका बुबा बाबुराम महतोलाई हर्ष नै भयो । छोराहरू राकेश र मुकेशले वैदेशिक रोजगारीमा जाने उपाय खोजे भने बुबाले ऋण । दशैँ सकिएको तर तिहार नसकिएको कात्तिक पहिलो साता भएको घर सल्लाह मंसिर सफल भयो।


दुई भाइले जनकपुरका बैनाथ शाह नाम गरेका एजेन्टमार्फत काठमाडौँको अल सेक्युर मेनपावरबाट दुबईको ग्रीन स्याडो कम्पनीमा रोजगारीमा जाने चाँजो पाँजो मिलाए । बुबाले गाउँकै साना किसान सहकारीबाट ५ लाख रुपैयाँ ऋण निकाले । मंसिर दोस्रो साता दुवै जना दाजुभाइ वैदेशिक रोजगारीका लागि दुबई उडे।

काठमाडौँको अल सेक्युर मेनपावरबाट दुबईको ग्रीन स्याडो कम्पनीमा गएका उनीहरु खासमा बधुवाँ मजदुरका रुपमा अर्को काम लगाउने एजेन्ट कम्पनीमा बेचिएका रहेछन् । दुबई पुगे राकेश र मुकेशलाई लागेको थियो ‘काम पाइन्छ । घरको ऋण तिर्न सकिन्छ, केही पैसा कमाउन सकिन्छ ।’ 

कम्पनीले काम आउँछ अनि काममा पठाउँछु भन्दै उनीहरूलाई दुर्गम क्षेत्रको एक होटलमा राख्यो । भाइ मुकेश कुमारकाअनुसार उनले जम्मा २ दिन मात्रै काम गर्न पाए । त्यसपछि काम आउँछ भन्ने आशै आसमा महिना बित्न थाल्यो । बिस्तारै कम्पनीका मान्छे पनि आउन छोडे र खान समेत दिन छाडियो । दुई छाक खानासमेत नपाएर ५ महिना देखि अलपत्र परेपछि उनीहरूसँगै गएका इलामका सुकबहादुर लिम्बू गम्भिर बिरामी परे । लिम्बूले उद्धारको लागि सामाजिक सञ्जालबाट उद्धारको अपिल गरेपछि सिधाकुराको आग्रहमा नेपालीलाई सहयोग गर्दै आएका सुजन थापाको टिम लिम्बुहरू भएको होस्टल पुग्यो । जहाँ लिम्बुसहितका आधा दर्जन नेपालीहरू कष्टकर जीवन बिताइरहेको खुल्यो । त्यही थिए राकेश र मुकेश लगायतका अन्य युवाहरू । गम्भिर बिरामी भएका कारण सुकबहादुरलाई प्राथमिकतासाथ उद्धार गरेर गत माघ २९ गते नेपाल पठाइयो । सुकबहादुर राकेश र मुकेशको पनि उद्धार चल्दै थियो । गत शनिवार दुबइबाट उद्धार भएर राकेश र मुकेश नेपाल फर्किए । उनीहरु नेपाल ओर्लेको केही समयमै उनीहरूका बुबा मृत भेटिएको खबर आयो ।
  
घरको दुःख टार्छु र भविष्यका लागि केही कमाउँछु भनेर विदेशिएका राकेश मुकेश आफ्नो सबै सपना लुटाएर नेपाल फर्किए, नेपाल ओर्लिएको केही समयमै बुबाको निधनको खबरपछि दाजु भाइ नै सर्लाहीस्थित घर पुगे । 
सिधाकुरा टीम राकेश र मुकेशको घर पुग्दा बाबुको शव अघि उभिएर बलिन्द्रधारा आँशु बनाएर बिलौना गर्दै थिए । राकेश र मुकेशकाअनुसार बुबा आफूहरूलाई विदेश पठाउनका लागि ५ लाख रुपैँया ऋणका कारण मानसिक रुपमा बिचलित बनेका थिए । छोराहरु फर्किने खबर सुनेपछि ऋण दिएकाले तनाव दिएको र त्यसैका कारण बुबाले मृत्युको बाटो रोजेको रकेश र मुकेश बताउँछन् । 

‘दलालका कारण ५ महिनापछि ठूलो बज्रपातसँगै सबै सपना त्यागेर नेपाल फर्किनु प¥यो,’ राकेश र मुकेश भन्छन्, ‘मेनपावर र बैनाथ शाहको मानसिक यातनाका कारण बुबा आफूलाई बर्बाद पार्न बाध्य हुनुभयो ।’ उनीहरुकाअनुसार ऋण तिर्नु त परको कुरा घरबाटै पैसा मगाएर छाक टार्न पर्ने अवस्था आएपछि बुबाले साह्रै चित्त दुखाउने गरेका थिए । आफूहरूलाई साहूले गाली गरेको अडियो टेपसमेत मुकेशले सिधाकुरालाई उपलब्ध गराएका छन् । जहाँ उनीहरूलाई अपाच्य र अश्लिल शब्दले गाली गरिएको छ । राकेश र मुकेशले आफूहरूको बुबाको मृत्युको स्वतन्त्र छानबिन गरेर दोषीलाई कारबाही गर्न माग समेत गरेका छन् ।  

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

यी हुन् बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गर्ने व्यक्ति

पीक आवरमा ड्युटीमा खटिएका प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । त्यसक्रममा कठायतले प्रहरीको आग्रह अटेर गर्नुका साथै प्रहरी कर्मचारीलाई गालीगलौज र हातपात गरेको...

भर्खरै