नेभिगेशन
सबै कुरा

उता राकेश र मुकेशको उद्धार चल्दै थियो, यता बाबुले प्राण त्यागे

सर्लाही । कामजोर आर्थिक अवस्थाका कारण घर चलाउन धौधौ परेको देखेपछि सर्लाही बागमती नगरपालिका का राकेश र मुकेश महतो दाजु भाइले बुबासँग वैदेशिक रोजगारीमा जाने इच्छा व्यक्त गरे । 
हुर्केका दुई छोराले कमाउन जाने प्रस्ताव गरेपछि वर्षौँ देखि दुःखको थाप्लोले थिचिएका बुबा बाबुराम महतोलाई हर्ष नै भयो । छोराहरू राकेश र मुकेशले वैदेशिक रोजगारीमा जाने उपाय खोजे भने बुबाले ऋण । दशैँ सकिएको तर तिहार नसकिएको कात्तिक पहिलो साता भएको घर सल्लाह मंसिर सफल भयो।


दुई भाइले जनकपुरका बैनाथ शाह नाम गरेका एजेन्टमार्फत काठमाडौँको अल सेक्युर मेनपावरबाट दुबईको ग्रीन स्याडो कम्पनीमा रोजगारीमा जाने चाँजो पाँजो मिलाए । बुबाले गाउँकै साना किसान सहकारीबाट ५ लाख रुपैयाँ ऋण निकाले । मंसिर दोस्रो साता दुवै जना दाजुभाइ वैदेशिक रोजगारीका लागि दुबई उडे।

काठमाडौँको अल सेक्युर मेनपावरबाट दुबईको ग्रीन स्याडो कम्पनीमा गएका उनीहरु खासमा बधुवाँ मजदुरका रुपमा अर्को काम लगाउने एजेन्ट कम्पनीमा बेचिएका रहेछन् । दुबई पुगे राकेश र मुकेशलाई लागेको थियो ‘काम पाइन्छ । घरको ऋण तिर्न सकिन्छ, केही पैसा कमाउन सकिन्छ ।’ 

कम्पनीले काम आउँछ अनि काममा पठाउँछु भन्दै उनीहरूलाई दुर्गम क्षेत्रको एक होटलमा राख्यो । भाइ मुकेश कुमारकाअनुसार उनले जम्मा २ दिन मात्रै काम गर्न पाए । त्यसपछि काम आउँछ भन्ने आशै आसमा महिना बित्न थाल्यो । बिस्तारै कम्पनीका मान्छे पनि आउन छोडे र खान समेत दिन छाडियो । दुई छाक खानासमेत नपाएर ५ महिना देखि अलपत्र परेपछि उनीहरूसँगै गएका इलामका सुकबहादुर लिम्बू गम्भिर बिरामी परे । लिम्बूले उद्धारको लागि सामाजिक सञ्जालबाट उद्धारको अपिल गरेपछि सिधाकुराको आग्रहमा नेपालीलाई सहयोग गर्दै आएका सुजन थापाको टिम लिम्बुहरू भएको होस्टल पुग्यो । जहाँ लिम्बुसहितका आधा दर्जन नेपालीहरू कष्टकर जीवन बिताइरहेको खुल्यो । त्यही थिए राकेश र मुकेश लगायतका अन्य युवाहरू । गम्भिर बिरामी भएका कारण सुकबहादुरलाई प्राथमिकतासाथ उद्धार गरेर गत माघ २९ गते नेपाल पठाइयो । सुकबहादुर राकेश र मुकेशको पनि उद्धार चल्दै थियो । गत शनिवार दुबइबाट उद्धार भएर राकेश र मुकेश नेपाल फर्किए । उनीहरु नेपाल ओर्लेको केही समयमै उनीहरूका बुबा मृत भेटिएको खबर आयो ।
  
घरको दुःख टार्छु र भविष्यका लागि केही कमाउँछु भनेर विदेशिएका राकेश मुकेश आफ्नो सबै सपना लुटाएर नेपाल फर्किए, नेपाल ओर्लिएको केही समयमै बुबाको निधनको खबरपछि दाजु भाइ नै सर्लाहीस्थित घर पुगे । 
सिधाकुरा टीम राकेश र मुकेशको घर पुग्दा बाबुको शव अघि उभिएर बलिन्द्रधारा आँशु बनाएर बिलौना गर्दै थिए । राकेश र मुकेशकाअनुसार बुबा आफूहरूलाई विदेश पठाउनका लागि ५ लाख रुपैँया ऋणका कारण मानसिक रुपमा बिचलित बनेका थिए । छोराहरु फर्किने खबर सुनेपछि ऋण दिएकाले तनाव दिएको र त्यसैका कारण बुबाले मृत्युको बाटो रोजेको रकेश र मुकेश बताउँछन् । 

‘दलालका कारण ५ महिनापछि ठूलो बज्रपातसँगै सबै सपना त्यागेर नेपाल फर्किनु प¥यो,’ राकेश र मुकेश भन्छन्, ‘मेनपावर र बैनाथ शाहको मानसिक यातनाका कारण बुबा आफूलाई बर्बाद पार्न बाध्य हुनुभयो ।’ उनीहरुकाअनुसार ऋण तिर्नु त परको कुरा घरबाटै पैसा मगाएर छाक टार्न पर्ने अवस्था आएपछि बुबाले साह्रै चित्त दुखाउने गरेका थिए । आफूहरूलाई साहूले गाली गरेको अडियो टेपसमेत मुकेशले सिधाकुरालाई उपलब्ध गराएका छन् । जहाँ उनीहरूलाई अपाच्य र अश्लिल शब्दले गाली गरिएको छ । राकेश र मुकेशले आफूहरूको बुबाको मृत्युको स्वतन्त्र छानबिन गरेर दोषीलाई कारबाही गर्न माग समेत गरेका छन् ।  

CG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
परालको कुन्युमा लुकाई राखेको १ हजार ८ सय पिस अवैध भेप बरामद

परालको कुन्युमा लुकाई राखेको १ हजार ८ सय पिस अवैध भेप बरामद

पाल्हिनन्दन गाउपालिका वडा न ,६ कब्रस्थान  स्थित परालको कुन्युमा लुकाई राखेको अवस्थामा भेप बरामद गरिएको  हो । अबैध रुपमा नेपालबाट भारततर्फ लैजानको लागि लुकाईएको अवस्थामा बुधबार बिहान करिब...
पक्राउ परेका श्रम संस्कृति पार्टीका उपाध्यक्ष तामाङ पार्टीबाट निलम्बित

पक्राउ परेका श्रम संस्कृति पार्टीका उपाध्यक्ष तामाङ पार्टीबाट निलम्बित

अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका लागि अनुसन्धानको टुंगो नलागेसम्म बुधबारदेखि लागुहुने गरी पार्टीको उपाध्यक्ष पदको जिम्मेवारीबाट निलम्बन गरिएको अध्यक्ष हर्क साम्पाङले जारी गरेको विज्ञप्तिमा उल्लेख...
युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी आरोपमा एक जना पक्राउ

युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी आरोपमा एक जना पक्राउ

कास्की पोखरा महानगरपालिका–१५ घर भई हाल काठमाडौँ महानगरपालिका–१२ बस्ने ५० वर्षीय लालबहादुर बराइली पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार...
हर्क साम्पाङको  श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज पक्राउ

हर्क साम्पाङको  श्रम, संस्कृति पार्टीका उपाध्यक्ष देवराज पक्राउ

२०८१ भदौ १४ गते भएको बम विस्फोटको घटनामा एक बालिकाको मृत्यु भएको थियो भने २ जना घाइते भएका थिए । उक्त घटनामा लामाको संलग्नता रहेको भन्दै उनीविरुद्ध विस्फोटक...