नेभिगेशन
सबै कुरा

बिक्रि नभएपछि चितवनका किसानहरुले सडकमै पोखे दुध

चितवन : सरकारले दुधको भुक्तानी नदिएको भन्दै चितवनका दुध किसानहरुले सडकमा नै दुध पोखेर आन्दोलनमा उत्रिएका छन् । 

चितवन दुग्ध उत्पादक सहकारीहरुले दुधको बिक्री तथा भुक्तानीमा देखिएको बेतिथिको विरोधमा आन्दोलनमा उत्रिएको चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए । किसानहरुले सडकमा दुध पोखाउनुका साथै किसानको समश्याको समाधानको लागि प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई ज्ञापन पत्र बुझाएका छन् । उक्त अबसरमा सरकारले आफुहरुको आन्दोलनलाई वेवास्ता गरिएको खण्डमा अझ ससक्त रुपमा आन्दोलन गरीने अध्यक्ष बगालले बताए  ।

City Express

त्यस्तै किसानहरुले उत्पादन गरेको दुधको बिक्रीको व्यवस्था र किसानहरु पाउनुपर्ने भुक्तानी पाउनुपर्ने २ वटा माग राखेर उनीहरु आन्दोलनमा उत्रिएका हुन् । चितवनका किसानहरुले साउन महिनादेखिको करिब ५२ करोड भुक्तानी बाँकी रहेको जनाएका छन् । त्यस्तै ५ दिनदेखि दुध बिक्रि नभएको उनीहरुको भनाइ छ ।

चितवनवाट दैनिक १ लाख ५१ हजार लिटर दुध बिक्री हुदै आएको छ  । दुध बिक्री नभएर फाल्नुपर्ने अवस्था भएपछि नचाहाँदा नचाहाँदै पनि सडकमा दुध पोख्न बाध्य भएको किसानहरुले जनाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुस्तामा लुम्बिनी प्रदेश प्रमुख टोलीको भम्रणः सुस्ता बासीलाई हर्ष न बिस्मात

सुस्तामा लुम्बिनी प्रदेश प्रमुख टोलीको भम्रणः सुस्ता बासीलाई हर्ष न बिस्मात

सुस्ताबासी जगनारायण कमकण भन्छन्, 'यहाँ म बसेको ५५ वर्ष भयो,  कति नेता आए गए । सब भोटकालागि आऊछन । तर केही गर्दैनन् । नेताप्रतिको सुस्ताबासीको विश्वास घट्दो छ...
उखुको बक्यौता माग्दै किसानकाे उखु बोकेर माइतीघरमा  धर्ना

उखुको बक्यौता माग्दै किसानकाे उखु बोकेर माइतीघरमा धर्ना

उखु उत्पादक महासंघ नेपालले गत आ।व। ०८१÷०८२ को उखुको वक्यौता अनुदान रकम प्रति क्वीन्टल रु ७० का दरले भुक्तानी गर्न माग गर्दै आज देखी माइतीघरमा आन्दोलन सुरु गरेको...
ठगिए रोजगारीका लागि माल्दिभ्स गएका युवा, ठग्नेलाई जोगाउन सरकार नै मिल्यो !

ठगिए रोजगारीका लागि माल्दिभ्स गएका युवा, ठग्नेलाई जोगाउन सरकार नै मिल्यो !

यो घटना गत महिनाको हो । काठमाडौँको फरएभर ह्युमन रिसोर्स सोलुसन प्रालिबाट माल्दिभ्स पुुगेका खोटाङ ऐसेलु खर्कका नौला सिंह विश्वकर्माले विभागमा उजुरी दिएका थिए ।   म्यानपावर कम्पनीका सञ्चालकहरु...
हिलाम्य सडकले यातायात कार्यालयका सेवाग्राहीलाई सास्ती

हिलाम्य सडकले यातायात कार्यालयका सेवाग्राहीलाई सास्ती

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पर्ने यो कार्यालयको पछाडिपटिको सडक हिलाम्य भएर सेवाग्राही मारमा पर्ने गरेका छन् ।