नेभिगेशन
सबै कुरा

वीरगंजमा झडपको रिपोर्टिङ गर्न पुगेका पत्रकारको मोटरसाइकल र मोबाइल तोडफोड

वीरगंज । वीरगंजमा प्रदर्शनकारी र प्रहरीबिचको झडपको समाचार संकलनका लागि पुगेका पत्रकारमाथि दुर्व्यवहार भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरस्वतीको मूर्ति सेलाउने विषयमा रौतहटमा भएको विवादपछि झडप भएको थियो । त्यसपश्चात उक्त विवादले पर्साका विभिन्न स्थानमा समेत उग्र रुप लिएको थियो ।  सोही क्रममा प्रदर्शनकारी र प्रहरीबिच भएको झडपको रिर्पोटिङ गर्न  सोमबार साँझ छपकैया पुगेका वीरगंजका पत्रकार सोरभ साहमाथि आक्रमण भएको हो ।

Ncell
Extreme Energy

वीरगंज बन्द हुनुअगावै भएकाे साे झडपबारे रिपोर्टिङ गर्न पुगेका वीरगंजबाट संचालिक युथ अफ वीरगंजका पत्रकारमाथि हातपात भएको हो  । अराजक भिडले उनको मोटरसाइकलमा टाँसेको संस्थाको लोगो हेरेर उनीमाथि आक्रमणमा उत्रिएको र उनको मोटरसाइकल नालामा फालेर माथिबाट ढुंगा प्रहार भएको नेपाल पत्रकार महासंघ पर्साले जनाएको छ । घटनाको तस्विर तथा भिडियो खिच्ने क्रममा पत्रकार साहको मोबाइल समेत फुटाएकाे महासंघले जनाएको छ । 

मंगलबार एक विज्ञप्ती निकाल्दै पत्रकार महासंघ पर्सा शाखाले पत्रकार साहको मोटरसाइकलमाथि पूर्णरुपमा क्षति पुर्याएको बताएको छ । संचारकर्मीको साधनलाई नियोजितरुपमा नष्ट गरिने अराजक गतिविधीप्रति आफूहरुको गम्भिर ध्यानाकर्षण भएको महासंघले जनाएको छ । त्यस्तै उक्त घटनामा संलग्नमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन र साहको क्षति भएको साधनको क्षतीपूर्तिको व्यवस्था गर्न पत्रकार महासंघ पर्सा शाखाले माग गरेको छ ।  


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...