नेभिगेशन
सबै कुरा

वीरगंजमा झडपको रिपोर्टिङ गर्न पुगेका पत्रकारको मोटरसाइकल र मोबाइल तोडफोड

वीरगंज । वीरगंजमा प्रदर्शनकारी र प्रहरीबिचको झडपको समाचार संकलनका लागि पुगेका पत्रकारमाथि दुर्व्यवहार भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरस्वतीको मूर्ति सेलाउने विषयमा रौतहटमा भएको विवादपछि झडप भएको थियो । त्यसपश्चात उक्त विवादले पर्साका विभिन्न स्थानमा समेत उग्र रुप लिएको थियो ।  सोही क्रममा प्रदर्शनकारी र प्रहरीबिच भएको झडपको रिर्पोटिङ गर्न  सोमबार साँझ छपकैया पुगेका वीरगंजका पत्रकार सोरभ साहमाथि आक्रमण भएको हो ।

Ncell
Extreme Energy

वीरगंज बन्द हुनुअगावै भएकाे साे झडपबारे रिपोर्टिङ गर्न पुगेका वीरगंजबाट संचालिक युथ अफ वीरगंजका पत्रकारमाथि हातपात भएको हो  । अराजक भिडले उनको मोटरसाइकलमा टाँसेको संस्थाको लोगो हेरेर उनीमाथि आक्रमणमा उत्रिएको र उनको मोटरसाइकल नालामा फालेर माथिबाट ढुंगा प्रहार भएको नेपाल पत्रकार महासंघ पर्साले जनाएको छ । घटनाको तस्विर तथा भिडियो खिच्ने क्रममा पत्रकार साहको मोबाइल समेत फुटाएकाे महासंघले जनाएको छ । 

मंगलबार एक विज्ञप्ती निकाल्दै पत्रकार महासंघ पर्सा शाखाले पत्रकार साहको मोटरसाइकलमाथि पूर्णरुपमा क्षति पुर्याएको बताएको छ । संचारकर्मीको साधनलाई नियोजितरुपमा नष्ट गरिने अराजक गतिविधीप्रति आफूहरुको गम्भिर ध्यानाकर्षण भएको महासंघले जनाएको छ । त्यस्तै उक्त घटनामा संलग्नमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन र साहको क्षति भएको साधनको क्षतीपूर्तिको व्यवस्था गर्न पत्रकार महासंघ पर्सा शाखाले माग गरेको छ ।  


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...