नेभिगेशन
सबै कुरा

मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगे बाबुराम भट्टराई (फोटो फिचर)

काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार काठमाडौँको भृकुटीमण्डपमा पुगेर भट्टराईले मिटरब्याज पीडितको आन्दोलनमा पूर्ण समर्थन रहेको बताएका हुन् । भृकुटीमण्डपबाट र्यालीसहित भद्रकाली पुगेका भट्टराईले गरिव निमुखाहरुलाई ऋण दिएर तीनगुना ज्यादा असुल गर्ने र नभए घर जग्गा कव्जा गर्ने क्रम रोकिनुपर्नेे बताए । उनले आफ्नो समस्या समाधानका लागि काठमाडौं आएका मिटरब्याज पीडितको समस्या समाधान हुनुपर्ने जिकिर गरेका छन् । भट्टराईले माग पुरा हुन नसके मिटरब्याज पीडित लगाएतले नयाँ विद्रोह गर्नुपर्ने अवस्था आउन सक्ने बताए ।

Ncell
Extreme Energy

सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिव किसानहरुलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने, जुनसुकै तहमा हस्तान्तरण भएको सम्पती फिर्ता हुनुपर्ने, अधिकारसम्पन्न न्यायीक आयोग गठन हुनुपर्ने लगाएतका ६ बुँदे मागसहित मिटरब्याज पीडितहरु काठमाडौँ केन्द्रीत आन्दोलनमा छन् ।  






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

कालीगण्डकीको किनार बालुवाको थुप्रोले भरिएको छ । कालीगण्डकी किनारमा बागलुङको काठेखोला दोभान, पर्वतको कुश्मा नगरपालिकाको नयाँपुल, सहस्रधारालगायत स्थानमा जथाभावी बालुवा उत्खनन् भइरहेको छ । अवैध रुपमा नदीजन्य पदार्थ...
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...
‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

हेलो सरकारमा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आवको तुलनामा ३२१ प्रतिशतले गुनासो बढेका छन । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ५६८ गुनासा प्राप्त भएकामा...
कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

होल्डिङ सेन्टरमा पानी भरिएपछि सुरक्षाकर्मीले डुङ्गाको प्रयोग गरेर केही सामान बाहिर निकाले पनि अधिकांश घरायसी सामग्री, लत्ताकपडा र अन्य अत्यावश्यक सामान पानीले भिजेर नष्ट भएको पीडितहरूले बताएका छन्।...