नेभिगेशन
सबै कुरा

समानान्तर निर्माण सेवालाई ३ वर्ष कालो सूचीमा राख्न काठमाडौं महानगरको सिफारिस

काठमाडौँ । समानान्तर निर्माण सेवा नामक ठेकदार कम्पनीलाई काठमाडौं महानगरले कारबाही गरेको छ ।

काठमाडौँ महानगरपालिका भित्र ठेक्का पट्टामा रजगज जमाएको उक्त ठेकदार कम्पनीले गलत विवरण पेश गरेर ठेक्का हत्याउन खोजेपछि महानगरले ३ वर्षका लागि सो कम्पनीलाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको हो । 

City Express

ठेक्का प्रक्रियामा रहेको एक परियोजनामा उक्त कम्पनीले छल गरेर विवरण पेश गरेको भेटिएको महानगरपालिकाले जनाएको छ । 

महानगरले खरिद प्रक्रिया थालेको सामाखुसी बसुन्धारा म्हेपी करिडोर निर्माण कार्यका लागि माग गरिएको प्रस्तावमा समानान्तरले महानगरलाई ढाँटेर विवरण पेश गरेको पाइएको एक उच्च अधिकारीले सिधाकुरालाई जानकारी दिए । 

‘महानगरसँगको ठेक्का प्रक्रियामा यस अघि कुनै विवाद भए नभएको विषय खरिद प्रक्रियाको आवेदनमा खुलाउनु पर्ने थियो,’ महानगर स्रोत भन्छ, ‘तर, ठेक्का हत्याउन सो कम्पनीले यस अघि महानगरको सार्वजनिक खरिदमा कुनै विवाद (डीस्प्युट) नभएको भनी विवरण पेश गरेको पाइयो ।’ 

समानान्तरले आर्थिक वर्ष २०७७ र ७८ मा हात पारेको महानगरको केन्द्रिय कार्यालयको भवन निर्माणमा विवाद छ । तर, सो विवाद नरहेको भनी निर्माण कम्पनीले नयाँ ठेक्काका लागि प्रस्ताव पेश गरेको महानगरका अधिकारीहरू बताउँछन् । 

महानगरका अन्य परियोजनामा पनि हात हालेको सो कम्पनीले सस्तोमा ठेक्का हात पार्ने र काम अलपत्र पारेर महानगरको विकासको गति नै रोक्ने गरेको अधिकारीहरू बताउँछन् ।


‘खरिद नियमले प्रतिस्पर्धामा आएका मध्ये सबै भन्दा सस्तो प्रस्ताव गर्नेले ठेक्का पाउँछ तर त्यो काम नगर्ने नियत समानान्तरको यस अघिको ठेक्कामा देखियो, महानगरका अधिकारी भन्छन् । 

यस पटक पनि सो कम्पनीले विवरण नै छल गरेर प्रस्ताव पेश गरेपछि प्रमुख प्रशासकीय अधिकृत स्तरबाटै निर्णय गरेर कालो सूचीमा सिफारिस गरिएको महानगरले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुरक्षाकर्मीको पेस्तोल र गोली खरिद बिक्रीमा संलग्न पाँच जना पक्राउ

सुरक्षाकर्मीको पेस्तोल र गोली खरिद बिक्रीमा संलग्न पाँच जना पक्राउ

पक्राउ पर्नेमा धादिङ, धुनिवेशी घर भइ हाल काठमाडौँ महानगरपालिका–१५ ट्राफिक बिट नजिक चरा पसलमा काम गर्ने २१ वर्षीय कृष्ण गुरुङ, काठमाडौँ–१५ भगवापाउँ जर्मन क्वाटर बस्ने २५ वर्षीय राजन...
शहरमा सनसनी मच्चाएको 'सिक्री ग्याङ'

शहरमा सनसनी मच्चाएको 'सिक्री ग्याङ'

दुइ जना केटाहरु पल्सर कम्पनीको मोटर साइकलमा हिड्छन् । सुन लगाएको महिला, अली भरिलो झोला बोकेको महिला, पुरुष, एकल तथा बृद्ध महिला पुरुष जो देखेपनि उनीहरु पछाडीबाट पिछा...
हतियार देखाइ लुटपाट गर्ने दुई जना पक्राउ

हतियार देखाइ लुटपाट गर्ने दुई जना पक्राउ

मकवानपुर भीमफेदी गाउँपालिका–५ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ बस्ने २६ वर्षीय सूर्यबहादुर घलान र सिन्धुलीको दूधौली नगरपालिका–१० घर भई हाल काठमाडौँ बूढानीलकण्ठ बस्ने २३ वर्षीय मनोज चौधरलाई पक्राउ...
चोरी तथा लुटपाटमा संलग्न पाँच जना पक्राउ, सात तोला सुनसहित पाँचलाख बढी नगद बरामद

चोरी तथा लुटपाटमा संलग्न पाँच जना पक्राउ, सात तोला सुनसहित पाँचलाख बढी नगद बरामद

पक्राउ परेकाहरुलाई जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको र थप अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा सिन्धुली हरिहरगढी गाउँपालिका ६ घरभइ हाल भक्तपुर, सूर्यविनायक...