नेभिगेशन
सबै कुरा

समानान्तर निर्माण सेवालाई ३ वर्ष कालो सूचीमा राख्न काठमाडौं महानगरको सिफारिस

काठमाडौँ । समानान्तर निर्माण सेवा नामक ठेकदार कम्पनीलाई काठमाडौं महानगरले कारबाही गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ महानगरपालिका भित्र ठेक्का पट्टामा रजगज जमाएको उक्त ठेकदार कम्पनीले गलत विवरण पेश गरेर ठेक्का हत्याउन खोजेपछि महानगरले ३ वर्षका लागि सो कम्पनीलाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको हो । 

Ncell
Extreme Energy

ठेक्का प्रक्रियामा रहेको एक परियोजनामा उक्त कम्पनीले छल गरेर विवरण पेश गरेको भेटिएको महानगरपालिकाले जनाएको छ । 

महानगरले खरिद प्रक्रिया थालेको सामाखुसी बसुन्धारा म्हेपी करिडोर निर्माण कार्यका लागि माग गरिएको प्रस्तावमा समानान्तरले महानगरलाई ढाँटेर विवरण पेश गरेको पाइएको एक उच्च अधिकारीले सिधाकुरालाई जानकारी दिए । 

‘महानगरसँगको ठेक्का प्रक्रियामा यस अघि कुनै विवाद भए नभएको विषय खरिद प्रक्रियाको आवेदनमा खुलाउनु पर्ने थियो,’ महानगर स्रोत भन्छ, ‘तर, ठेक्का हत्याउन सो कम्पनीले यस अघि महानगरको सार्वजनिक खरिदमा कुनै विवाद (डीस्प्युट) नभएको भनी विवरण पेश गरेको पाइयो ।’ 

समानान्तरले आर्थिक वर्ष २०७७ र ७८ मा हात पारेको महानगरको केन्द्रिय कार्यालयको भवन निर्माणमा विवाद छ । तर, सो विवाद नरहेको भनी निर्माण कम्पनीले नयाँ ठेक्काका लागि प्रस्ताव पेश गरेको महानगरका अधिकारीहरू बताउँछन् । 

महानगरका अन्य परियोजनामा पनि हात हालेको सो कम्पनीले सस्तोमा ठेक्का हात पार्ने र काम अलपत्र पारेर महानगरको विकासको गति नै रोक्ने गरेको अधिकारीहरू बताउँछन् ।


‘खरिद नियमले प्रतिस्पर्धामा आएका मध्ये सबै भन्दा सस्तो प्रस्ताव गर्नेले ठेक्का पाउँछ तर त्यो काम नगर्ने नियत समानान्तरको यस अघिको ठेक्कामा देखियो, महानगरका अधिकारी भन्छन् । 

यस पटक पनि सो कम्पनीले विवरण नै छल गरेर प्रस्ताव पेश गरेपछि प्रमुख प्रशासकीय अधिकृत स्तरबाटै निर्णय गरेर कालो सूचीमा सिफारिस गरिएको महानगरले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...