नेभिगेशन
सबै कुरा

गृहमन्त्री भेटेपछि बालकुमारीमा मारिएका सुजनकी आमा भन्छिन्, ‘न्यायकाे आश पलाएको छ’

काठमाडौँ । बालकुमारी घटनामा मृत्यु भएका दैलेखका सुजन राउतका परिवारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानलेलाई भेटेका छन् । मृतक रावतका आमा नन्दकुमारी कटुवालसहित उनका आफन्तले सोमबार सिंहदरबारस्थित मन्त्रीकै कार्यकक्षमा भेटवार्ता गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दैलेखका सुजन राउतको मृत्युपछि सरकारले उनीसहित उक्त घटनामा मृत्यु भएका डोटीका विरेन्द्र साहका आफन्तलाई सरकारले रोजगारीका लागि अनुरोध गर्ने, शहिद घोषणाको प्रक्रिया थाल्ने, अतिरिक्त राहत उपलब्ध गराउने लगायतका सहमति भएको थियो । तर उनीहरुको मृत्यु भएको ३ महिना पुग्दासमेत सहमति कार्यान्वयनमा सरकारले तदारुकता नदेखाएको भन्दै उनीहरु सरकारलाई झक्झक्याउन मन्त्रालय पुगेका हुन् । 

Ncell
Extreme Energy

दैलेखबाट न्याय खोज्दै काठमाडौँ आएकी मृतक सुजनकी आमासँग गृहमन्त्री लामिछानेले एक हप्ताको समय दिन आग्रह गरेका थिए । ‘अघिल्लो सरकारबाट केही नभएपछि रवि लामिछानेको आशमा दैलेखबाट काठमाडौँ आएकी हुँ’, सुजनकी आमा नन्दकुमारीले सिधाकुरासँग भनिन्, ‘एक हप्ताको समय माग गर्नुभएको छ । हामीलाई उहाँको विश्वास भएकाले सहमत भएका छौँ ।’

त्यस्तै उनले आफूहरुले सम्पर्क गर्नासाथ मन्त्री लामिछाने स्वयंम  र उनको सचिवालयले नै निरन्तर चासो राखेका कारण सहमति कार्यान्वयन हुनेमा ढुक्क रहेको बताएकी छिन् । ‘हामीले फोन गर्नासाथ उहाँले समय दिनुभयो, त्यस्तै प्रतिभा रावल (सचिवालय सदस्य)ले पनि बारम्बार चासो व्यक्त गर्नुभएका कारण पनि यो सहमति कार्यान्वयन हुन्छ भन्नेमा हामी त विश्वस्त छौँ ।’, नन्दकुमारीले भनिन् ।  

त्यस्तै उनले सत्ताको खेलोमेलोले गर्दा आफूहरुको मुद्दा ओझेलमा परेको र न्याय महंगो परेको बताइन् । 

गत पुस १३ गते कोरिया जानका लागि लिइने रोजगारी अनुमति प्रणाली (इपिएस) को परीक्षा दिन नपाएको भन्दै युवाहरुले गरेको प्रदर्शनका क्रममा डोटीका २२ वर्षे विरेन्द्र साह र दैलेखका २३ वर्षे सुजन राउतको निधन भएको थियो ।  

आन्दोलका क्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी गरेका थिए । त्यसपछि भएको झडपका क्रममा उनीहरु घाइते भएका थिए । अनियन्त्रित भिडलाई नियन्त्रणमा लिन प्रहरीले गरेको बल प्रयोगले उनीहरुको मृत्यु भएको थियो । 

राज्यको दमनले उनीहरुको निधन भएको भन्दै परिवारले शव लिन नमानेपछि तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा पुस १६ गते सरकार र मृतकका आफन्तबीच ४ बुँदे सहमति भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

कालीगण्डकीको किनार बालुवाको थुप्रोले भरिएको छ । कालीगण्डकी किनारमा बागलुङको काठेखोला दोभान, पर्वतको कुश्मा नगरपालिकाको नयाँपुल, सहस्रधारालगायत स्थानमा जथाभावी बालुवा उत्खनन् भइरहेको छ । अवैध रुपमा नदीजन्य पदार्थ...
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...
‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

हेलो सरकारमा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आवको तुलनामा ३२१ प्रतिशतले गुनासो बढेका छन । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ५६८ गुनासा प्राप्त भएकामा...
कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

होल्डिङ सेन्टरमा पानी भरिएपछि सुरक्षाकर्मीले डुङ्गाको प्रयोग गरेर केही सामान बाहिर निकाले पनि अधिकांश घरायसी सामग्री, लत्ताकपडा र अन्य अत्यावश्यक सामान पानीले भिजेर नष्ट भएको पीडितहरूले बताएका छन्।...