नेभिगेशन
सबै कुरा

गृहमन्त्री भेटेपछि बालकुमारीमा मारिएका सुजनकी आमा भन्छिन्, ‘न्यायकाे आश पलाएको छ’

काठमाडौँ । बालकुमारी घटनामा मृत्यु भएका दैलेखका सुजन राउतका परिवारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानलेलाई भेटेका छन् । मृतक रावतका आमा नन्दकुमारी कटुवालसहित उनका आफन्तले सोमबार सिंहदरबारस्थित मन्त्रीकै कार्यकक्षमा भेटवार्ता गरेका हुन् । 

दैलेखका सुजन राउतको मृत्युपछि सरकारले उनीसहित उक्त घटनामा मृत्यु भएका डोटीका विरेन्द्र साहका आफन्तलाई सरकारले रोजगारीका लागि अनुरोध गर्ने, शहिद घोषणाको प्रक्रिया थाल्ने, अतिरिक्त राहत उपलब्ध गराउने लगायतका सहमति भएको थियो । तर उनीहरुको मृत्यु भएको ३ महिना पुग्दासमेत सहमति कार्यान्वयनमा सरकारले तदारुकता नदेखाएको भन्दै उनीहरु सरकारलाई झक्झक्याउन मन्त्रालय पुगेका हुन् । 

दैलेखबाट न्याय खोज्दै काठमाडौँ आएकी मृतक सुजनकी आमासँग गृहमन्त्री लामिछानेले एक हप्ताको समय दिन आग्रह गरेका थिए । ‘अघिल्लो सरकारबाट केही नभएपछि रवि लामिछानेको आशमा दैलेखबाट काठमाडौँ आएकी हुँ’, सुजनकी आमा नन्दकुमारीले सिधाकुरासँग भनिन्, ‘एक हप्ताको समय माग गर्नुभएको छ । हामीलाई उहाँको विश्वास भएकाले सहमत भएका छौँ ।’

त्यस्तै उनले आफूहरुले सम्पर्क गर्नासाथ मन्त्री लामिछाने स्वयंम  र उनको सचिवालयले नै निरन्तर चासो राखेका कारण सहमति कार्यान्वयन हुनेमा ढुक्क रहेको बताएकी छिन् । ‘हामीले फोन गर्नासाथ उहाँले समय दिनुभयो, त्यस्तै प्रतिभा रावल (सचिवालय सदस्य)ले पनि बारम्बार चासो व्यक्त गर्नुभएका कारण पनि यो सहमति कार्यान्वयन हुन्छ भन्नेमा हामी त विश्वस्त छौँ ।’, नन्दकुमारीले भनिन् ।  

त्यस्तै उनले सत्ताको खेलोमेलोले गर्दा आफूहरुको मुद्दा ओझेलमा परेको र न्याय महंगो परेको बताइन् । 

गत पुस १३ गते कोरिया जानका लागि लिइने रोजगारी अनुमति प्रणाली (इपिएस) को परीक्षा दिन नपाएको भन्दै युवाहरुले गरेको प्रदर्शनका क्रममा डोटीका २२ वर्षे विरेन्द्र साह र दैलेखका २३ वर्षे सुजन राउतको निधन भएको थियो ।  

आन्दोलका क्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजनी गरेका थिए । त्यसपछि भएको झडपका क्रममा उनीहरु घाइते भएका थिए । अनियन्त्रित भिडलाई नियन्त्रणमा लिन प्रहरीले गरेको बल प्रयोगले उनीहरुको मृत्यु भएको थियो । 

राज्यको दमनले उनीहरुको निधन भएको भन्दै परिवारले शव लिन नमानेपछि तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा पुस १६ गते सरकार र मृतकका आफन्तबीच ४ बुँदे सहमति भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सोमबार सरकार  विरुद्ध 'जेन-जी'को प्रदर्शन: १० हजार बढी सहभागी हुने, सामाजिक सञ्जालमा व्यापक समर्थन

सोमबार सरकार विरुद्ध 'जेन-जी'को प्रदर्शन: १० हजार बढी सहभागी हुने, सामाजिक सञ्जालमा व्यापक समर्थन

भ्रष्टाचारको आयबाट पोषित परिवारलाई खुलासा गर्न सुरु गरिएको 'जेन-जी'को अभियान 'नेपाेबेब' समूहले आन्दोलनको घोषण गरेका हुन् । सोमबार काठमाडौँको माइतीघर मण्डलमा उपस्थित भएर प्रदर्शनमा सहभागी हुन आग्रह गरेका...
सुस्तामा लुम्बिनी प्रदेश प्रमुख टोलीको भम्रणः सुस्ता बासीलाई हर्ष न बिस्मात

सुस्तामा लुम्बिनी प्रदेश प्रमुख टोलीको भम्रणः सुस्ता बासीलाई हर्ष न बिस्मात

सुस्ताबासी जगनारायण कमकण भन्छन्, 'यहाँ म बसेको ५५ वर्ष भयो,  कति नेता आए गए । सब भोटकालागि आऊछन । तर केही गर्दैनन् । नेताप्रतिको सुस्ताबासीको विश्वास घट्दो छ...
उखुको बक्यौता माग्दै किसानकाे उखु बोकेर माइतीघरमा  धर्ना

उखुको बक्यौता माग्दै किसानकाे उखु बोकेर माइतीघरमा धर्ना

उखु उत्पादक महासंघ नेपालले गत आ।व। ०८१÷०८२ को उखुको वक्यौता अनुदान रकम प्रति क्वीन्टल रु ७० का दरले भुक्तानी गर्न माग गर्दै आज देखी माइतीघरमा आन्दोलन सुरु गरेको...
ठगिए रोजगारीका लागि माल्दिभ्स गएका युवा, ठग्नेलाई जोगाउन सरकार नै मिल्यो !

ठगिए रोजगारीका लागि माल्दिभ्स गएका युवा, ठग्नेलाई जोगाउन सरकार नै मिल्यो !

यो घटना गत महिनाको हो । काठमाडौँको फरएभर ह्युमन रिसोर्स सोलुसन प्रालिबाट माल्दिभ्स पुुगेका खोटाङ ऐसेलु खर्कका नौला सिंह विश्वकर्माले विभागमा उजुरी दिएका थिए ।   म्यानपावर कम्पनीका सञ्चालकहरु...