नेभिगेशन
सबै कुरा

‘सुनको कोटा वितरणमा अनियमितता र तस्करीविरुद्ध बोल्दा मेरो र परिवारको व्यवसायिक हक खोसियो’ -नरेन्द्र कुमार गुप्ता

काठमाडौँ । नेपाल रात्न तथा आभुषण संघका निश्कासित वरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले आफूमाथि गरिएको कारबाहीको खण्डन गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संस्थाको अनियमितता र तस्करीको विरुद्धमा आवाज उठाउँदा आफैँले स्थापना गरेको संघबाट कारबाही भोग्नु परेको भन्दै गुप्ताले आफुलाई संविधानले दिएको आफ्नो व्यवसायिक हक खोस्ने संघको निर्णय गैर कानुनी भएको दाबी गरे ।

Ncell
Extreme Energy

संघका वरिष्ठ उपाध्यक्ष गुप्तालाई शुक्रबार संघले कारबाही गर्दै उनको परिवारका सदस्यले चलाउँदै आएको सुन पसललाई समेत संघको सदस्यताबाट निश्कासन गर्ने निर्णय गरेको थियो । ‘मैले संस्थामा पारदर्शीता, सुनको कोटाको वितरण न्यायपूर्ण होस भनेर भन्दा मेरो व्यवसायिक हक खोसियो,’ गुप्ताले भने, ‘मैले तस्करी विरुद्ध बोल्दा ममाथि रिसिबी साँध्ने काम भयो ।’


सिधाकुराको सम्पर्कमा आएका गुप्ता श्री रिद्धि सिद्धि ज्वेलरी हाउसका सञ्चालक समेत हुन् । तीन पुस्तादेखि सुन चाँदीको कारोबार गरिरहेको रिद्धि सिद्धि ज्वेलरीलाई आजबाट सुनको कोटा दिन बञ्चित गरिएको छ ।

नेपाल रत्न तथा आभूषण सङ्घमा आवद्ध भएको रिद्धि सिद्धि परिवारका तीन पसललाई सङ्घले सुन वितरण रोकेको हो । 

सङ्घका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्री रिद्धि सिद्धि ज्वेलरी हाउसका सञ्चालक नगेन्द्र गुप्ताले संघका पदाधिकारीहरु नै सुन तस्करीमा लागेको, कोटा सिस्सटमा पार्दशी नभएको आरोप लगाउँदै आएका थिए ।

उच्चस्तरीय जाँचबुझ आयोगमा समेत पुगेर तस्करीका विरुद्ध सूचना दिएपछि संघका पदाधिकारीले आपूm माथि बदनियत राखेको गुप्ताले दाबी गरेका छन् । गुप्ताका परिवारले श्री रिद्दि सिद्दि ज्वेलर्स प्रालि, श्री रिद्धि सिद्धि ज्वेलरी हाउस र भी ब्लु हर्स ज्वेलर्स प्रालि विशालबजार र चुच्चेपाटीमा सञ्चालन गर्दै आएको छ । 

संघले शुक्रबार विज्ञप्ती जारी गर्दै गुप्ताका परिवारले सञ्चालन गरेको पसललाई सुन वितरण नगरिने जनाएको थियो । अनर्गल प्रचार र विधान विपरीतका गतिविधि गरेकाले गुप्ताले सञ्चालन गरेका तीन कम्पनीलाई सदस्यबाट हटाउने निर्णय गरेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

गुप्ताले भने संघका पदाधिकारीहरुले दोहोर बिलजिक तयार पार्ने, फर्जी पसल देखाई कोटाबाट सुन लिने, तथा उपत्यका बाहिरका पसलका नाममा उपत्यकामा सुन लिने, भारतमा सुन तस्करी गर्ने लगायतका आरोप लगाउँदै आएका छन् । 

तर, यस प्रमाणमा आयोगलाई बुझाएको बताउने गुप्ताले त्यसकै पुर्वाग्राह आफूसँग साँधिएको दाबी गर्छन् । गुप्ताले यस अघि पनि संस्थाका केही पदाधिकारीहरु तस्करीमा लागेको भन्दै जाहेरी लिएर प्रहरीमा पुगेका थिए । आफ्नो र परिवारको मौलिक व्यवसायिक हक खोजिएको भन्दै उनले यसको कानुनी उपचार खोज्ने पनि बताए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

Hi-Res Audio प्रमाणपत्र, Sony LDAC सुविधा र Sony द्वारा समायोजन गरिएको ध्वनिसहित Aura ले सामान्यतया निकै महँगा अन्तर्राष्ट्रिय इयरबड्समा पाइने प्रविधिहरू नेपाली ब्रान्डमार्फत नेपाली उपभोक्तामाझ ल्याएको छ ।...
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

यस सहयोगले विपदबाट प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुग्ने कम्पनीले विश्वास लिएको जनाएको छ । सफ्टी हाइजिनले विपद्को यस कठिन समयमा सामाजिक उत्तरदायित्वप्रतिको...
कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन २०८३ आयोजना गर्ने भएको छ।