नेभिगेशन
सबै कुरा

नाङ्गिएका महेश बस्नेत !

काठमाडाैँ । महेश बस्नेत भन्ने बित्तिक्कै अहिलेको युवा पुस्तालाई एमालेको अराजक र झगडालु नेताको तस्वीर मानसपटलमा सृजना हुन्छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२०६२ सालको राजनीतिक परिवर्तनसँगै तत्कालीन नेकपा माओवादी जनयुद्ध छोडेर शान्ति प्रक्रियामा आयो । माओवादीसँगै उसको उग्र युवा दस्ता वाईसीएल (योङ्ग कम्युनिष्ट लिग) पनि शान्तिपूर्ण राजनीतिमा अशान्त एउटा हिस्साको रुपमा देशभर प्रकट भयो ।माओवादी पार्टीको अहितमा लाग्ने र बोल्ने, जनतामाथि अन्याय गर्ने, भ्रष्टाचार आरोप लागेका र विरोधीलाई आफ्नै संयन्त्रमार्फत भाटे कारबाही गर्ने सो समूहका कारण समाजमा अशान्ति  र अराजकता बढ्दो थियो । 

Ncell
Extreme Energy


शसस्त्र हतियारसहितको सेना क्याम्पमा, पार्टीका नेता सरकारमा र सडकमा वाईसीएल माओवादीलाई कसले रोक्ने ? कसले छेक्ने ? सरकारका सुरक्षा निकायहरूसमेत निरिह हुन्थे । असंगठित र मनपरीतन्त्रको वाईसीएलले प्रहरीको जत्तिकै भूमिकामा उभिन थालेपछि एमालेले त्यसको प्रतिकार गर्ने युवा दस्ताको परिकल्पना गर्यो ‘युथ फोर्स ।’

त्यही युथफोर्सका अध्यक्ष बस्नेतले २०६४ देखि २०७० सालसम्म नेपालको राजनीतिमा जे जे हर्कत गरे त्यसैले उनको पहिचान सामान्य मानिसका लागि डरलाग्दो र उग्र नेताको रुपमा देखियो । तर, त्यसअघिको महेश को हो भनेर अली पुराना पुस्तालाई सोध्ने हो भने जवाफ मिल्छ ‘सबै भन्दा कान्छो उमेरका निर्वाचित गाविस अध्यक्ष ।’

२०४९ सालमा एमालेको राजनीतिमा लागेका महेश २०५४ सालको स्थानीय तह निर्वाचनमा भक्तपुरको गुण्डुबाट निर्वाचित भएका थिए । त्यसयताको युथफोर्स हुँदै एमाले अध्यक्ष केपी ओलीको विश्वास पात्रका रुपमा रहेका उनी २०७० को संविधानसभा निर्वाचनमा उम्मेदवार भए । निर्वाचनमा पराजित भएपनि बस्नेतलाई ओलीले मन्त्री पद उपहारमा दिए । तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारमा उनी १३ महिना उद्योग मन्त्री भए । 

२०७४ को निर्वाचनमा भक्तपुर-२ बाट निर्वाचित सांसद रहेका बस्नेत २०७९ को निर्वाचनमा फेरी पराजित भए । राजनीतिक पदमा तलमाथि भइरहेपनि उनको शक्ति भने कहिल्यै ओरालो लागेन ।

शक्तिमा नरहेपनि प्रहरीको सरुवा, बढुवा देखि राजनीतिक शक्ति सन्तुलनमा खेल खेलिरहने महेश बस्नेत यतिबेला भने आफ्नै कारण नाङ्गिएका छन् । महेशको श्रीमती बताउने एक महिलाले जिल्ला प्रहरी परिसर काठमाडौँमा आइतबार भुण्र हत्या, जबरजस्ती करणी र डाँका चोरी कसुरमा जाहेरी दर्ता गराएकी छिन् ।

जोहरीमा पीडित युवतीले भारतको गुडगाउँ र काठमाडौँको बबरमहलस्थित एक अपार्टमेन्टमा बस्नेतले जबरजस्ती करणी गरेको मात्रै उल्लेख गरेकी छैनन् । बस्नेतसँगको अन्तरङ्ग कुराकानी र फोटो सहितको ९३ पृष्ठ लामो प्रमाण पनि प्रहरी समक्ष पेश गरेकी छिन् ।

सिधाकुरालाई प्राप्त विवरण अनुसार जाहेरीकर्ता महिला र महेश बस्नेतको सम्बन्ध श्रीमान श्रीमतीको जस्तै थियो । महिलाले प्रहरीलाई ९३ पेज लामो म्यासेजका स्कृनसटहरु उपलब्ध गराएकी छिन् । महिलाले मोवाइलमा महेश बस्नेतको नाम 'बुढु, हबु' भनेर सेभ गरेकी छिन् । उनले म्यासेजकै क्रममा महेश बस्नेतले 'सिन्दुर हालेको' पनि लेखेकी छिन् ।

म्यासेजमा बस्नेतले दुवै जनाको सल्लाहबिना केही गर्न नपाइने भनेका छन् । उनले म्यासेजमा लेखेका छन्, 'तँ मेरो बुढी होस्, जे पायो गर्न पाउन्नस् बुजिस्'

यस्तै बस्नेतकै कारण महिलाले विष सेवनका समेत प्रयास गरेको म्यासेजमा देखिन्छ । म्यासेजमा महिलाले लेखेकी छिन्, 'तैँले मेरा जीवन खाइस्, यो विष महेश बस्नेतका कारण खाँदै छु।'

उनको जवाफमा महेश बस्नेतले लेखेको छन्, 'महेशले मुखको विष निकालेर बचाएको छ ।' त्यसपछि महिलाले लेखेकी छिन्, 'जोगाएको बहाना पारेर एक महिना तड्पाइस् ।'

यति मात्रै होइन, महेश बस्नेतले महिलाको गर्भपतनका लागि औषधी समेत खरिद गरेको देखिन्छ । उनले त्यसको प्रयोगको विधि समेत महिलालाई पठाएका छन् । 

यस्तै प्राप्त विवरण हेर्दा महेश बस्नेत र महिला २०७८ साल पुस १९ गते  पोखराको चरक अस्पतालमा पुगेर गर्भपतन गराएको पनि खुलेको छ । शल्यक्रियाका लागि अस्पतालले गराएको कागजमा बस्नेतले हस्ताक्षर गरेका छन् । 

उसो त सम्बन्धमा खटपट आएपछि महिलाले सम्बन्ध 'सार्वजनिक गर्छु' भन्दा महेशले फकाइफुल्याई, धाकधम्की देखाएको देखिन्छ । उनले 'परिवारका अन्य सदस्यसँग सम्बन्ध सुधार्न, आफ्नी घरकी श्रीमतीसँग सम्बन्ध राम्रो देखाउन, अन्य कदम नउठाउन' भनेका छन् । कहिले '३/४ दिनको दुखमा नआत्तिन' भन्दै फकाएका छन् भने कहिले 'यस्तो कदम चाले राम्रो नहुने' भन्दै धम्काएका छन् । 

त्यतिमात्र होइन, महिलाले प्रहरीमा बस्नेतसँगको अन्तरंग सम्बन्धका तस्विर पनि प्रमाणका रुपमा बुझाएकी छिन् । जुन तस्वीरमा महेश बस्नेत विवस्त्र देखिन्छन् । 

बस्नेतले उनलाई विदेश भ्रमणमा समेत लैजाने गरेको देखिन्छ । अहिले महिलाले ति प्रमाणसहित जिल्ला प्रहरी परिसर टेकु काठमाडौँमा जाहेरी दर्ता गराएकी छिन् । जोहरीमा भुण्र हत्या, जबरजस्ती करणी र डाँका चोरी कसुर उल्लेख गरिएको छ भने कसुर गर्ने व्यक्ति भक्तपुर सूर्यविनायक ७ बस्ने महेश बस्नेत भनिएको छ । 

जोहरीमा भारतको गुडगाउँ र काठमाडौँको बबरमहलस्थित एक अपार्टमेन्टमा जबरजस्ती करणी भएको उल्लेख गरिएको छ  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...