नेभिगेशन
सबै कुरा
कतारका राजालाई विपिनका आमा बुबाको अनुरोध

‘छोराको रिहाइका लागि तपाईँले लिने पहल हाम्रो आँसुको मूल्यसँग जोडिएको छ’

काठमाडौँ । दुई दिने राजकीय भ्रमणका लागि आज कतारका राजा काठमाडौँ आइपुगेका छन्। कतारको राष्ट्रप्रमुख राजा अमिर शेख तमिम बिन हमाद अल थानी आउने जहाजमा कतै विपिन जोशी पनि छन् की भन्ने आशा उनका बाबु महानन्द र आमा पद्मालाई थियाे । उनीहरूलाई थाहा छ त्यो सम्भव पनि छैन् ।  तर, प्यालेस्टनी विद्रोही समूहको कब्जामा रहेको निर्दोष छोरालाई छोडिदिन हमाससम्म कुरा पुर्याउन सक्ने सामर्थ्य उनै राजासँग छ भन्ने कुरा बाबु आमाले बुझेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२० असोजमा प्यालेस्टाइनको विद्रोही समूह हमासको नियन्त्रणमा परेका विपिनबारे विश्व नै अज्ञात छ । घरको एक्लो छोरोको अवस्थाबारे कुनै जानकारी नपाएरै बाबु आमाले ६ महिना १९ दिन आँसुको भेलमा गुजारी सकेका छन् । 

Ncell
Extreme Energy

छोराको रिहाइका लागि बिन्ती बिसाउन बलबुताले भ्याएको सबै गरिरहेका बाबुआमा नेपालको औपचारिक भ्रमणमा रहेका कतारी राजालाई पनि विपिनको रिहाइको पहलकदमी लिइदिन अनुरोध गर्न चाहन्छन् । ‘प्यालेस्टाइनमा युद्धबिराम गरेर केही बन्दी रिहाइ गर्न महत्वपूर्ण भूमिका खेलेको कतारले चाहे विपिन फर्किन सक्छन् की,’ आमा पद्मा जोशीले सिधाकुरासँग भनिन्, ‘हामी राजासँग भेटेर यही बिन्ती गर्न चाहन्छौँ ।’

छोराको उद्धारका लागि दुई सातादेखि काठमाडौँमा भौँतारिइरहेको र कतारका राजा आउने भन्ने खबर सुनेपछि घर नगई काठमाडौँमै बसेको आमा सुनाउँछिन् । ‘घटना हुनुभन्दा २ दिन अघि कुरा भएको थियो । मेरो बाबु कुन अवस्थामा होलान् रु एक पटक बोली मिसाउन पाए मात्रै पनि हुन्थ्यो,’ आमा पद्माको आँखाबाट बलिन्द्र धारा आँसु खस्यो, ‘के भनुँ, कसाई भनुँ १ विपिनबिना हामी कसरी बाँचेका छौँ। ’

विपिनको रिहाइका लागि राज्यका सबै निकायसँग सबैखाले पहल गरिरहेको बुबा महानन्द जोशी बताउँछन् । राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, सांसद र सञ्चार माध्यमसम्म धाएपनि नतिजा नआएको उनको बुझाई छ । ‘सरकारी निकायबाट पनि पहल गरिरहेको बाहेक थप प्रगति छैन,’ बुबा महानन्दले सिधाकुरासँग भने, ‘यसपटक प्रधानमन्त्रीले पनि कतारी राजासँग कुरा गर्ने भन्नुभएको छ । हामी पनि हाम्रो छोराको कुरा राख्न पाए आभारी हुने थियौँ ।’   राजा भेट्ने वातावरणका लागि राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयसम्म उनीहरूले आग्रह गरिसकेका छन् तर निश्चित भएको छैन् ।

गत असोज २० गते प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलको गाजापट्टीको सीमा नजिकै रहेको किबुज अलुमिममा आक्रमण गरेको थियो । सो आक्रमणमा परी  एक हजार १ सय ३९ जना इजरायली नागरिकले ज्यान गुमाएका थिए । सो आक्रमणमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने बन्धक बनाइएका २ सय ५३ जना मध्ये विपिन जोशी पनि एक थिए । मङ्सिरमा भएको छोटो युद्धविराममा केही केही थाई बन्दीहरू साटासाट भए पनि विपिनको अवस्था अझै अज्ञात छ । इजरायली सरकारले केही महिना अघि एक सीसी टिभी भिडियो सार्वजनिक गर्दै विपिन लगायतलाई एक अस्पतालको भित्रतर्फ बिद्रोही समूहले लैजाँदै गरेको देखिएको दाबी गरेको थियो । 

उनी बेपत्ता भएको ६ महिना १९ दिन बितिसक्दा पनि अझै वास्तविकता भने पत्ता लाग्न सकेको छैन् ।   

सिधाकुराले कतारी राजाको भ्रमणको यही छेकोमा हमासको कब्जामा रहेको कन्चनपुरका विपिन जोहीका बुबाआमासँग गरेको संवाद :



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

होल्डिङ सेन्टरमा पानी भरिएपछि सुरक्षाकर्मीले डुङ्गाको प्रयोग गरेर केही सामान बाहिर निकाले पनि अधिकांश घरायसी सामग्री, लत्ताकपडा र अन्य अत्यावश्यक सामान पानीले भिजेर नष्ट भएको पीडितहरूले बताएका छन्।...
बाढीले डुबायो कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टर, विस्थापित सुकुम्बासी फेरि विस्थापित

बाढीले डुबायो कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टर, विस्थापित सुकुम्बासी फेरि विस्थापित

गृह मन्त्रालयका अनुसार राति १:३८ बजे डुबानको सूचना प्राप्त भएपछि दंगा नियन्त्रण रेजिमेन्टबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमाण्डमा डिजास्टर म्यानेजमेन्ट (DM) सहित ३० जना र नेपाल प्रहरीका...
दुर्घटनामा ज्यान गुमाएकी यमुनाको शव चार दिनदेखि अलपत्र, पोस्टमार्टम पनि भएन

दुर्घटनामा ज्यान गुमाएकी यमुनाको शव चार दिनदेखि अलपत्र, पोस्टमार्टम पनि भएन

शनिबार गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा मृतककी जेठानी सरिता विकले दुर्घटनाको तीन दिन बित्दासमेत पीडित परिवारले न्याय नपाएको बताइन्। उनका अनुसार दुर्घटनापछि परिवार आर्थिक तथा मानसिक रूपमा गम्भीर संकटमा...
दसैंमा दाजुभाइ मिलेर गाडी किनेका थिए, कर्णालीमा बेपत्ता भए

दसैंमा दाजुभाइ मिलेर गाडी किनेका थिए, कर्णालीमा बेपत्ता भए

‘दाजु भारतमै मजदुरी गर्दै थिए। भाइ भने केही साल पहिले नेपाल आएर गाडी लाइनमै काम गर्न थालेका थिए,’ डण्डपाणिले सिधाकुरासँग भने, ‘भाइले नेपालमै गाडी क्षेत्रमा काम गरेको देखेर...

भर्खरै