नेभिगेशन
सबै कुरा

ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचय पत्रको सास्तीः सेवाग्राही २१ सय, कर्मचारी ३ जना

मकवानपुर । सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि त्यसको मारमा पाका उमेरका नागरिकहरू परेका छन् । आवश्यक पूर्वाधार र जनशक्ति बिनै छोटो समय अवधि तोकेर  परिचय पत्र बनाउनु पर्ने नियम जारी भएपछि मकवानपुरका दुर्गम बस्तीका वृद्ध वृद्धाहरूको बिचल्ली भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

गाउँगाउँबाट पालिकाहरूमा जसोतसो पुगेका उनीहरु प्रशासनले परिचय पत्र बनाउनका लागि यथेष्ट जनशक्ति र पूर्वाधार पहिचान नगर्दा हैरानी व्यहोर्न बाध्य छन् । 

जिल्लामा राष्ट्रिय परिचयपत्र नलिएकाहरुलाई जेठ २९, ३०, ३१, ३२ र असार १ गते सम्म फोटो खिच्न, अनलाइन फारम भर्न समय सीमा तोकिएको छ । 

सो कार्यका लागि जिल्ला प्रशासन कार्यालयले हरेक पालिकामा कम्प्युटर अपरेटर, आईटी प्राविधिक खटाएको छ । 

समयभित्रै फारम भर्नुपर्ने भएपछि विकटका जनता ८/१० घण्टाको दूरी पैदलै हिँडेर पालिका पुगेका छन् । तर, अनलाइन फारम लगायतका कार्य गर्न सीडीयो कार्यालयले ३ जना कर्मचारी मात्रै पठाएको छ । पालिकाबाट सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीको तुलनामा परिचय पत्र बनाउने जनशक्ति कम मात्रामा प्रयोग गर्दा कतिपय वृद्धवृद्धा फारमै नभरी फर्किन बाध्य भएका छन् । अर्कोतर्फ बजेट बनाउनु पर्ने समयमा परिचय पत्रको अभियान चलाइँदा हैरानी थपिएको स्थानीय तहका जनप्रतिनिधिहरूले गुनासो गरेका छन् । 

जिल्लाको विकट राकसिराङ गाउँपालिका ३ का वडा अध्यक्ष उत्तम वाइबा पञ्जिकरणको अभियानका कारण जनता र स्थानीय तहका जनप्रतिनिधिलाई हैरानी भएको बताउँछन् ।   

‘स्थानीय सरकारको अहिले बजेट तयार गर्नुपर्ने समय हो, तर पञ्जिकरण विभागले परिचय पत्रको लागि शिविर सञ्चालन पनि यही समयमा गर्न पुग्दा आगामी बजेट बनाउने कार्यमा समेत बाधा हुने अवस्था छ,’ वाइबाले भने । 

पञ्जिकरणको अभियान आफैँमा राम्रो भए पनि व्यवस्थापनमा राम्रोसँग काम नभएको उनको बुझाई छ ।  

मकवानपुरको विकट राकसिराङ गाउँपालिकामा सामाजिक सुरक्षा कोषबाट सुविधा लिने २ हजार १ सय ६५ जना मध्ये १ हजार ५ सय ६५ जना ज्येष्ठ नागरिक रहेका छन् । आवश्यक कर्मचारी नै नभएपछि ३ दिनमा २ सय २६ जनाले मात्रै फारम भर्न सकेका छन् । ४ दिनभित्र फारम भरिसक्नु पर्ने भएपछि पालिकाले आफ्नै खर्चमा वृद्धवृद्धालाई पालिकासम्म ल्याउने व्यवस्था मिलाएको थियो । 

उकालो ओरालो, गर्दै सकसपूर्ण रुपमा आएका कतिपय ज्येष्ठ नागरिक बाटोमै बिरामी परेका छन् । फोटो खिच्ने, अनलाइन फारम भर्ने कर्मचारी भने ३ जना मात्रै रहेकोले फारम नभर्ने धेरैजसो सुविधाबाट बञ्चित हुने भएका छन् । 

प्रत्येक वडामा परिचयपत्र फारम भर्ने, फोटो खिचाउने कार्य गराइदिन जिल्ला प्रशासन कार्यालयलाई पालिकाले लिखित पत्र नै दिएको छ । तर, यसका लागि जिल्ला प्रशासन कार्यालयले कुनै निर्णय गरेको छैन ।

‘पालिकाको केन्द्रमा वृद्धवृद्धालाई बोलाउने काम गलत भयो । सरकारले जनशक्ति परिचालन गरेर वडा मै जनशक्ति खटाउनु पर्छ’ राकसिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले भने । 

यता मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले भने कोही पनि सेवाग्राही नछुट्ने गरी काम गर्न प्रशासन प्रतिबद्ध रहेको बताए । सिधाकुरासँगको टेलिफोन संवादमा  उनले भने ‘बाँकी भएकालाई साउनपछि फारम भर्ने व्यवस्था मिलाउन प्रशासन प्रतिबद्ध छ ।’ 

भौगोलिक वस्तुस्थिति, मौसमी अवस्था लगायतका आधारमा आवश्यक जनशक्ति परिचालनमा ध्यान नदिँदा यस्तो समस्या आएको स्थानीयहरुको बुझाई छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

कालीगण्डकीको किनार बालुवाको थुप्रोले भरिएको छ । कालीगण्डकी किनारमा बागलुङको काठेखोला दोभान, पर्वतको कुश्मा नगरपालिकाको नयाँपुल, सहस्रधारालगायत स्थानमा जथाभावी बालुवा उत्खनन् भइरहेको छ । अवैध रुपमा नदीजन्य पदार्थ...
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...
‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

हेलो सरकारमा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आवको तुलनामा ३२१ प्रतिशतले गुनासो बढेका छन । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ५६८ गुनासा प्राप्त भएकामा...
कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

होल्डिङ सेन्टरमा पानी भरिएपछि सुरक्षाकर्मीले डुङ्गाको प्रयोग गरेर केही सामान बाहिर निकाले पनि अधिकांश घरायसी सामग्री, लत्ताकपडा र अन्य अत्यावश्यक सामान पानीले भिजेर नष्ट भएको पीडितहरूले बताएका छन्।...