नेभिगेशन
सबै कुरा

ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचय पत्रको सास्तीः सेवाग्राही २१ सय, कर्मचारी ३ जना

मकवानपुर । सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि त्यसको मारमा पाका उमेरका नागरिकहरू परेका छन् । आवश्यक पूर्वाधार र जनशक्ति बिनै छोटो समय अवधि तोकेर  परिचय पत्र बनाउनु पर्ने नियम जारी भएपछि मकवानपुरका दुर्गम बस्तीका वृद्ध वृद्धाहरूको बिचल्ली भएको छ ।


City Express

गाउँगाउँबाट पालिकाहरूमा जसोतसो पुगेका उनीहरु प्रशासनले परिचय पत्र बनाउनका लागि यथेष्ट जनशक्ति र पूर्वाधार पहिचान नगर्दा हैरानी व्यहोर्न बाध्य छन् । 

जिल्लामा राष्ट्रिय परिचयपत्र नलिएकाहरुलाई जेठ २९, ३०, ३१, ३२ र असार १ गते सम्म फोटो खिच्न, अनलाइन फारम भर्न समय सीमा तोकिएको छ । 

सो कार्यका लागि जिल्ला प्रशासन कार्यालयले हरेक पालिकामा कम्प्युटर अपरेटर, आईटी प्राविधिक खटाएको छ । 

समयभित्रै फारम भर्नुपर्ने भएपछि विकटका जनता ८/१० घण्टाको दूरी पैदलै हिँडेर पालिका पुगेका छन् । तर, अनलाइन फारम लगायतका कार्य गर्न सीडीयो कार्यालयले ३ जना कर्मचारी मात्रै पठाएको छ । पालिकाबाट सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीको तुलनामा परिचय पत्र बनाउने जनशक्ति कम मात्रामा प्रयोग गर्दा कतिपय वृद्धवृद्धा फारमै नभरी फर्किन बाध्य भएका छन् । अर्कोतर्फ बजेट बनाउनु पर्ने समयमा परिचय पत्रको अभियान चलाइँदा हैरानी थपिएको स्थानीय तहका जनप्रतिनिधिहरूले गुनासो गरेका छन् । 

जिल्लाको विकट राकसिराङ गाउँपालिका ३ का वडा अध्यक्ष उत्तम वाइबा पञ्जिकरणको अभियानका कारण जनता र स्थानीय तहका जनप्रतिनिधिलाई हैरानी भएको बताउँछन् ।   

‘स्थानीय सरकारको अहिले बजेट तयार गर्नुपर्ने समय हो, तर पञ्जिकरण विभागले परिचय पत्रको लागि शिविर सञ्चालन पनि यही समयमा गर्न पुग्दा आगामी बजेट बनाउने कार्यमा समेत बाधा हुने अवस्था छ,’ वाइबाले भने । 

पञ्जिकरणको अभियान आफैँमा राम्रो भए पनि व्यवस्थापनमा राम्रोसँग काम नभएको उनको बुझाई छ ।  

मकवानपुरको विकट राकसिराङ गाउँपालिकामा सामाजिक सुरक्षा कोषबाट सुविधा लिने २ हजार १ सय ६५ जना मध्ये १ हजार ५ सय ६५ जना ज्येष्ठ नागरिक रहेका छन् । आवश्यक कर्मचारी नै नभएपछि ३ दिनमा २ सय २६ जनाले मात्रै फारम भर्न सकेका छन् । ४ दिनभित्र फारम भरिसक्नु पर्ने भएपछि पालिकाले आफ्नै खर्चमा वृद्धवृद्धालाई पालिकासम्म ल्याउने व्यवस्था मिलाएको थियो । 

उकालो ओरालो, गर्दै सकसपूर्ण रुपमा आएका कतिपय ज्येष्ठ नागरिक बाटोमै बिरामी परेका छन् । फोटो खिच्ने, अनलाइन फारम भर्ने कर्मचारी भने ३ जना मात्रै रहेकोले फारम नभर्ने धेरैजसो सुविधाबाट बञ्चित हुने भएका छन् । 

प्रत्येक वडामा परिचयपत्र फारम भर्ने, फोटो खिचाउने कार्य गराइदिन जिल्ला प्रशासन कार्यालयलाई पालिकाले लिखित पत्र नै दिएको छ । तर, यसका लागि जिल्ला प्रशासन कार्यालयले कुनै निर्णय गरेको छैन ।

‘पालिकाको केन्द्रमा वृद्धवृद्धालाई बोलाउने काम गलत भयो । सरकारले जनशक्ति परिचालन गरेर वडा मै जनशक्ति खटाउनु पर्छ’ राकसिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले भने । 

यता मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले भने कोही पनि सेवाग्राही नछुट्ने गरी काम गर्न प्रशासन प्रतिबद्ध रहेको बताए । सिधाकुरासँगको टेलिफोन संवादमा  उनले भने ‘बाँकी भएकालाई साउनपछि फारम भर्ने व्यवस्था मिलाउन प्रशासन प्रतिबद्ध छ ।’ 

भौगोलिक वस्तुस्थिति, मौसमी अवस्था लगायतका आधारमा आवश्यक जनशक्ति परिचालनमा ध्यान नदिँदा यस्तो समस्या आएको स्थानीयहरुको बुझाई छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुस्तामा लुम्बिनी प्रदेश प्रमुख टोलीको भम्रणः सुस्ता बासीलाई हर्ष न बिस्मात

सुस्तामा लुम्बिनी प्रदेश प्रमुख टोलीको भम्रणः सुस्ता बासीलाई हर्ष न बिस्मात

सुस्ताबासी जगनारायण कमकण भन्छन्, 'यहाँ म बसेको ५५ वर्ष भयो,  कति नेता आए गए । सब भोटकालागि आऊछन । तर केही गर्दैनन् । नेताप्रतिको सुस्ताबासीको विश्वास घट्दो छ...
उखुको बक्यौता माग्दै किसानकाे उखु बोकेर माइतीघरमा  धर्ना

उखुको बक्यौता माग्दै किसानकाे उखु बोकेर माइतीघरमा धर्ना

उखु उत्पादक महासंघ नेपालले गत आ।व। ०८१÷०८२ को उखुको वक्यौता अनुदान रकम प्रति क्वीन्टल रु ७० का दरले भुक्तानी गर्न माग गर्दै आज देखी माइतीघरमा आन्दोलन सुरु गरेको...
ठगिए रोजगारीका लागि माल्दिभ्स गएका युवा, ठग्नेलाई जोगाउन सरकार नै मिल्यो !

ठगिए रोजगारीका लागि माल्दिभ्स गएका युवा, ठग्नेलाई जोगाउन सरकार नै मिल्यो !

यो घटना गत महिनाको हो । काठमाडौँको फरएभर ह्युमन रिसोर्स सोलुसन प्रालिबाट माल्दिभ्स पुुगेका खोटाङ ऐसेलु खर्कका नौला सिंह विश्वकर्माले विभागमा उजुरी दिएका थिए ।   म्यानपावर कम्पनीका सञ्चालकहरु...
हिलाम्य सडकले यातायात कार्यालयका सेवाग्राहीलाई सास्ती

हिलाम्य सडकले यातायात कार्यालयका सेवाग्राहीलाई सास्ती

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पर्ने यो कार्यालयको पछाडिपटिको सडक हिलाम्य भएर सेवाग्राही मारमा पर्ने गरेका छन् ।