नेभिगेशन
सबै कुरा

श्री एयरलाइन्सको काठमाडौँ–भरतपुर परीक्षण उडान

चितवन । श्री एयरलाइन्सले आज काठमाडौं–भरतपुर परीक्षण उडान सम्पन्न गरेको छ । भरतपुर विमानस्थलमा जहाज अवतरण भएपछि उडान दललाई स्वागत गरिएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

श्री एयरलाइन्सको ड्यास एट क्यू ४०० (Dash 8 Q 400) जहाजको परीक्षण उडान गरिएको हो । एयरलाइन्सका अध्यक्ष सुधीर मित्तलसहितको टोली परीक्षण उडानबाट विमानस्थल झरेसँगै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङ, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायतले स्वागत गरेका थिए । 

Marvel
Extreme Energy

अध्यक्ष मित्तलले ८० जना यात्रु बोक्न सक्ने क्षमताको जहाज सहज अवतरण भएको जनाउँदै नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएसँगै नियमित उडान गर्न सकिने बताए । उडान थालेसँगै अहिलेको भाडा दरभन्दा केही कममा उडान गर्न सकिने उहाँले जानकारी दिए। अहिले बुद्ध एयरले मात्र दैनिक भरतपुरबाट काठमाडौँ र पोखरा उडान गर्दै आएको छ । एकतर्फी भाडा चार हजार सात सयभन्दा माथि छ । 

यो विमानस्थलको धावनमार्ग एक हजार दुई सय मिटरमात्र लामो छ । धावनमार्ग कम भएकाले क्षमताभन्दा केही कम यात्रु उडाउन सकिने उनले जानकारी दिए । भरतपुरबाट काठमाडौँ उडान भर्दा ५५ जना र काठमाडौँबाट आउँदा ७० जनासम्म उडान गर्न सकिने अनुमान उनकाे छ । 

जहाजको सहज अवतरणपछि गृहमन्त्री लामिछानेले यसले यहाँको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने बताए । उनले आफू अन्त्यमा आएर जोडिएको भन्दै सुरुआतदेखि निरन्तर लागिरहनुभएका महानगरपालिका प्रमुख दाहाललगायत सबैलाई धन्यवाद दिए । 

पर्यटनमन्त्री तामाङले महानगरपालिकाको प्रमुखको निरन्तर सात वर्षको मेहनत, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहल, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको चाहनाका कारणले चितवनवासीले सोचेको भन्दा छिटो विमानस्थल स्तरोन्नति र विस्तारको काम हुन लागेको बताए । उनले काम नरोकिने जनाउँदै यथाशक्य छिटो विमानस्थल विस्तारको काम सम्पन्न हुने बताए । 

महानगर प्रमुख दाहालले आफू पहिलोपटक प्रमुख भएपछि पहिलो कार्यपालिकाको बैठकबाट यो विषयलाई निर्णय गरेर निरन्तर लागेको जनाउँदै सबैलाई धन्यवाद दिए । उनले विमानस्थल विस्तारसँगै कम भाडादरमा यात्रुले हवाईयात्रा गर्न पाउने भन्दै श्रीएयर यहाँ आएर यात्रुलाई सहज हुने बताए । यसले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उनकाे भनाइ थियो । 

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई प्रदीप अधिकारीले यथाशक्य छिटो श्रीएयरलाई भरतपुर उडानका लागि अनुमति दिइने बताए । आउँदो जनवरी सम्ममा विमानस्थल विस्तारको काम थाल्ने जनाउँदै उनले यससँगै चौबीसै घण्टा जहाज चलाउन सकिने उनले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एलपी ग्यास उद्योगहरूलाई गाभ्ने प्रक्रिया अघि बढ्यो

एलपी ग्यास उद्योगहरूलाई गाभ्ने प्रक्रिया अघि बढ्यो

निगमले चालु आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत नीति तथा कार्यक्रमको बुँदा नं. ३२ अनुसार विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने नीतिलाई निरन्तरता दिने...
दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लाटफर्ममा

दैनिक आवश्यकताका सम्पूर्ण सेवा एउटै डिजिटल प्लाटफर्ममा

मानिसका सम्पूर्ण दैनिक आवश्यकताको सारथि बन्ने उद्देश्यले ‘डेली सेवा’ नामक स्वचालित डिजिटल सर्भिस मार्केट–प्लेस सञ्चालनमा आएको छ ।
गुप्ताको दाबी- प्रतिष्ठानमा रहँदा कुनै गल्ती गरेको छैन

गुप्ताको दाबी- प्रतिष्ठानमा रहँदा कुनै गल्ती गरेको छैन

सिधाकुरामा असोज १४ गते बुधबार 'सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रष्ठिानको कार्यकारी निर्देशकमा सिफारिस शीर्षक'मा प्रकाशित समाचारको खण्डन गर्दै उक्त समाचार सामग्रीमा आफ्नो ध्यानाकर्षण...
सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

एउटै परिवारका श्रीमान्–श्रीमतीलाई फरक फरक स्टार्टप कर्जा दिएर छानबिनमा तानिएका तत्कालीन कार्यकारी निर्देशक उमेशकुमार गुप्तालाई नै फेरि १ नम्बरमा सिफारिस गरेपछि प्रक्रिया नै विवादित बनेको हो ।