नेभिगेशन
सबै कुरा

इजरायलमा सिकेको सीपलाई झापाको उर्वर भूमिमा सिञ्चित गरेर लखपति बनेका चन्द्र प्रकाश

काठमाडौँ । झापा गाउँपालिका-३ का चन्द्र प्रकाश बस्नेतले गाउँकै जनता उच्च माविमा १२ कक्षासम्मको अध्यापन गराउँथे । 


CG

बिजनेश स्टडीमा मास्टर्स डिग्री (स्नातकोत्तर) गरेका उनी पढाईअनुसारको रोजगारी नभएर भौँतारिइरहेका थिए । त्यही साल गाउँमा इजरायलमा रोजगारीको अवसर आयो । २०७५ सालमा उनी इजरायल सरकारको 'लर्न एण्ड अर्न' कार्यक्रम अन्तर्गत इजरायल गए। चन्द्रले त्यहाँ केरा खेतीसम्बन्धी सैद्धान्तिक र प्राविधिक पक्ष सिक्ने अवसर पाए । 

करिब १ वर्षको सो कार्यक्रममा केही कमाएर र धेरै सिकेर आफू नेपाल फर्केको चन्द्र बताउँछन् । ‘एक वर्ष मेरा लागि सिकाइका लागि निकै महत्वपूर्ण भयो,’ उनले सिधाकुरासँग भने, ‘त्यसपछि नेपालमै केही गरी खाने अठोट गरेर फर्किएँ ।’


बि.सं. २०७६ मा नेपाल फर्किएका उनले नेपाल झर्नासाथ घर नै नगई पहिला कम्पनी दर्ता गराए । झण्डै २ लाख रुपैयाँ लगानी गरेर सुरु भयो एग्री सेन्टर झापा प्रा.लि नामको कम्पनी । 

सुरुमा २ लाख रुपैयाँ लगानीबाट सुरु भएको व्यवसायबाट राम्रो आम्दानी भएपछि लगानी थप्दै लगेको उनी बताउँछन् । ‘इजरायलमा सिकेको सीप झापाको उर्वर भूमिमा सिञ्चित गर्दा अहिले कम्तीमा पनि वार्षिक ५० लाख रुपैयाँ जोगिने अवस्था बनेको छ,’ बस्नेतले भने । 

सुरुमा १० कठ्ठा जमिनबाट केरा खेती सुरु गरेका बस्नेतले अहिले ३० बिगाहामा केरा खेती फैलाएका छन् भने २५ बिगाहा जमिनमा मकै खेती पनि गरिरहेका छन् । अबको केही महिनामै ५० बिगाहा जमिनमा व्यवसाय विस्तार गर्ने तयारी रहेको उनी बताउँछन् ।  

पछिल्लो ५ वर्षको सङ्घर्षको मेहनत अहिले केराको बगैँचामा फैलिएको उनको भनाई छ । विदेश गएर कमाएर र सिकेको पैसाले नेपालमा नै प्रगति गर्न सकिन्छ भन्ने आफूले बुझेको चन्द्रप्रकाशको अनुभव छ । देशमा विकल्प नदेखेर विदेशिइरहेका र विदेश गएर नेपाल फर्किएर पुन विदेशिने तरखर गरिरहेका युवाहरूलाई नेपालमै सम्भावनाको खोजी गर्न उनी आग्रह गर्छन् ।

‘सकेसम्म विदेश नजाऔँ तर अहिलेको परिवेशलाई हेर्दा विदेशिनुपर्ने नेपाली युवाको बाध्यताजस्तै छ । विश्व बुझ्न र सीप सिक्न विदेशिनु रामै पनि हो ।’ उनी थप्छन्, ‘तर विदेश गएर कमाएको पैसाले घरघडेरीमा लगानी हैन, राम्रो उत्पादमुखी व्यवसायमा लगानी गर्यो भने त्यसको प्रतिफल राम्रो हुन्छ । 

बस्नेतको कृषि फार्ममा उत्पादन भएको केरा यतिबेला कोशी, मधेश र बागमती प्रदेशका ठूलादेखि साना बजारमा पाइन थालेका छन् । सुरुमा आफ्नै बलबुतामा व्यवसाय सुरु गरेका उनले अहिले २ दर्जन बढी युवाहरूलाई रोजगारी दिएका छन् । बस्नेतको फार्ममा रोजगारी पाएका युवाहरू स्थानीयस्तरमै काम पाएकोमा मख्ख छन् । 

अझ आइतबारबाट त उनको नयाँ पहिचान थपिएको छ, उनी नेपाल सरकारको नजरमा एक उत्कृष्ट उद्यमी बनेका छन् । उनै लगनशील र मेहनती बस्नेतलाई नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वर्षको उत्कृष्ट उद्यमी घोषणा गरेको छ । 


मन्त्रालयले आइतबार एक कार्यक्रम गर्दै विदेशबाट फर्किएर स्वदेशमा नै उत्कृष्ट उद्यम गरेको भन्दै उनलाई एक लाख पचास हजार नगदले सम्मान समेत गरेको छ । 

सरकारको सम्मानले आफूहरुलाई थप हौसला मिलेको र व्यवसायीको साथमा सरकार भएको आभाष भएको बताउँदै उनी विदेशबाट नेपाल फर्किएका युवाहरूलाई स्वरोजगारको बाटोमा अघि बढ्न अनुरोध गर्छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मुस्ताङमा स्याउको उत्पादन घट्यो, आम्दानी बढ्यो

मुस्ताङमा स्याउको उत्पादन घट्यो, आम्दानी बढ्यो

गत वर्षको तुलनामा यस वर्ष आठ दशमलव ९७ प्रतिशतले स्याउ उत्पादनमा ह्रास आए पनि गत वर्षको भन्दा यस वर्ष स्याउको बजारीकरणबाट  रु १६ करोड ५३ लाख बढी आम्दानी...
ह्यात होटलको क्यासिनोमा छिरेर रकम चोरी गर्ने र आगजनी गर्ने दुई जना पक्राउ

ह्यात होटलको क्यासिनोमा छिरेर रकम चोरी गर्ने र आगजनी गर्ने दुई जना पक्राउ

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित ह्यात होटेलभित्र रहेको क्यासिनोमा छिरेर धारिलो हतियार देखाएर क्यासिनोको काउन्टरमा राखिएको नगद रकम चोरी गरी तोडफोड...
अलैँचीको मूल्य बढ्दा भोजपुरका किसान उत्साहित

अलैँचीको मूल्य बढ्दा भोजपुरका किसान उत्साहित

केही वर्षयता अलैँचीले निरन्तर उकालो मूल्य पाउँदै आएकाले किसान खेती विस्तारमा झन् सक्रिय बनेको उनको  भनाइ छ । यस वर्ष आफूले करिब साढे सात मन अलैँची उत्पादन गरेको...
उत्कृष्ट करदाता सम्मानित, यी हुन् सबैभन्दा बढी कर बुझाउने करदाता

उत्कृष्ट करदाता सम्मानित, यी हुन् सबैभन्दा बढी कर बुझाउने करदाता

२०७६ सालदेखि २०८२ सालसम्म नियमित रूपमा सबैभन्दा बढी मुल्यअभिवृद्धि कर दाखिला गर्ने कम्पनीका रूपमा नेपाल दूरसन्चार कम्पनी लिमिटेड, विशेष उद्योगतर्फ सबैभन्दा बढी कर तिर्ने युनीलिभर नेपाललाई उत्कृष्ट करदाताका...