नेभिगेशन
सबै कुरा

इजरायलमा सिकेको सीपलाई झापाको उर्वर भूमिमा सिञ्चित गरेर लखपति बनेका चन्द्र प्रकाश

काठमाडौँ । झापा गाउँपालिका-३ का चन्द्र प्रकाश बस्नेतले गाउँकै जनता उच्च माविमा १२ कक्षासम्मको अध्यापन गराउँथे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

बिजनेश स्टडीमा मास्टर्स डिग्री (स्नातकोत्तर) गरेका उनी पढाईअनुसारको रोजगारी नभएर भौँतारिइरहेका थिए । त्यही साल गाउँमा इजरायलमा रोजगारीको अवसर आयो । २०७५ सालमा उनी इजरायल सरकारको 'लर्न एण्ड अर्न' कार्यक्रम अन्तर्गत इजरायल गए। चन्द्रले त्यहाँ केरा खेतीसम्बन्धी सैद्धान्तिक र प्राविधिक पक्ष सिक्ने अवसर पाए । 

करिब १ वर्षको सो कार्यक्रममा केही कमाएर र धेरै सिकेर आफू नेपाल फर्केको चन्द्र बताउँछन् । ‘एक वर्ष मेरा लागि सिकाइका लागि निकै महत्वपूर्ण भयो,’ उनले सिधाकुरासँग भने, ‘त्यसपछि नेपालमै केही गरी खाने अठोट गरेर फर्किएँ ।’


बि.सं. २०७६ मा नेपाल फर्किएका उनले नेपाल झर्नासाथ घर नै नगई पहिला कम्पनी दर्ता गराए । झण्डै २ लाख रुपैयाँ लगानी गरेर सुरु भयो एग्री सेन्टर झापा प्रा.लि नामको कम्पनी । 

सुरुमा २ लाख रुपैयाँ लगानीबाट सुरु भएको व्यवसायबाट राम्रो आम्दानी भएपछि लगानी थप्दै लगेको उनी बताउँछन् । ‘इजरायलमा सिकेको सीप झापाको उर्वर भूमिमा सिञ्चित गर्दा अहिले कम्तीमा पनि वार्षिक ५० लाख रुपैयाँ जोगिने अवस्था बनेको छ,’ बस्नेतले भने । 

सुरुमा १० कठ्ठा जमिनबाट केरा खेती सुरु गरेका बस्नेतले अहिले ३० बिगाहामा केरा खेती फैलाएका छन् भने २५ बिगाहा जमिनमा मकै खेती पनि गरिरहेका छन् । अबको केही महिनामै ५० बिगाहा जमिनमा व्यवसाय विस्तार गर्ने तयारी रहेको उनी बताउँछन् ।  

पछिल्लो ५ वर्षको सङ्घर्षको मेहनत अहिले केराको बगैँचामा फैलिएको उनको भनाई छ । विदेश गएर कमाएर र सिकेको पैसाले नेपालमा नै प्रगति गर्न सकिन्छ भन्ने आफूले बुझेको चन्द्रप्रकाशको अनुभव छ । देशमा विकल्प नदेखेर विदेशिइरहेका र विदेश गएर नेपाल फर्किएर पुन विदेशिने तरखर गरिरहेका युवाहरूलाई नेपालमै सम्भावनाको खोजी गर्न उनी आग्रह गर्छन् ।

‘सकेसम्म विदेश नजाऔँ तर अहिलेको परिवेशलाई हेर्दा विदेशिनुपर्ने नेपाली युवाको बाध्यताजस्तै छ । विश्व बुझ्न र सीप सिक्न विदेशिनु रामै पनि हो ।’ उनी थप्छन्, ‘तर विदेश गएर कमाएको पैसाले घरघडेरीमा लगानी हैन, राम्रो उत्पादमुखी व्यवसायमा लगानी गर्यो भने त्यसको प्रतिफल राम्रो हुन्छ । 

बस्नेतको कृषि फार्ममा उत्पादन भएको केरा यतिबेला कोशी, मधेश र बागमती प्रदेशका ठूलादेखि साना बजारमा पाइन थालेका छन् । सुरुमा आफ्नै बलबुतामा व्यवसाय सुरु गरेका उनले अहिले २ दर्जन बढी युवाहरूलाई रोजगारी दिएका छन् । बस्नेतको फार्ममा रोजगारी पाएका युवाहरू स्थानीयस्तरमै काम पाएकोमा मख्ख छन् । 

अझ आइतबारबाट त उनको नयाँ पहिचान थपिएको छ, उनी नेपाल सरकारको नजरमा एक उत्कृष्ट उद्यमी बनेका छन् । उनै लगनशील र मेहनती बस्नेतलाई नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वर्षको उत्कृष्ट उद्यमी घोषणा गरेको छ । 


मन्त्रालयले आइतबार एक कार्यक्रम गर्दै विदेशबाट फर्किएर स्वदेशमा नै उत्कृष्ट उद्यम गरेको भन्दै उनलाई एक लाख पचास हजार नगदले सम्मान समेत गरेको छ । 

सरकारको सम्मानले आफूहरुलाई थप हौसला मिलेको र व्यवसायीको साथमा सरकार भएको आभाष भएको बताउँदै उनी विदेशबाट नेपाल फर्किएका युवाहरूलाई स्वरोजगारको बाटोमा अघि बढ्न अनुरोध गर्छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

नयाँ दिल्लीस्थित इन्डिया ह्याबिट्याट सेन्टरमा कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (CII) द्वारा आयोजित व्यापार तथा लगानी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. वाग्लेले उक्त कुरा बताएका हुन् । कार्यक्रममा भारतीय...
ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध हुँदा उद्योगीले वैकल्पिक मार्गबाट ग्यास काठमाडौँमा ल्याएर बिक्री गरेका थिए । उपत्यकाबाहिरका उद्योगमा ग्यास भरेर ल्याउनु परेको भन्दै उद्योगीले प्रतिसिलिण्डर...
यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा ३ करोड ५१ लाख ५१ हजार नगद र ३० लाख बराबरको चाउचाउ सहयोग

यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा ३ करोड ५१ लाख ५१ हजार नगद र ३० लाख बराबरको चाउचाउ सहयोग

उक्त रकम बराबरको चेक ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले संयुक्त रूपमा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए ।
“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

Hi-Res Audio प्रमाणपत्र, Sony LDAC सुविधा र Sony द्वारा समायोजन गरिएको ध्वनिसहित Aura ले सामान्यतया निकै महँगा अन्तर्राष्ट्रिय इयरबड्समा पाइने प्रविधिहरू नेपाली ब्रान्डमार्फत नेपाली उपभोक्तामाझ ल्याएको छ ।...