नेभिगेशन
सबै कुरा

त्रिशुलीमा बेपत्ता भएकाका परिवार भन्छन्, 'सरकार भएको आभाष भएन' (भिडियाे)

बारा । त्रिशूलीमा दुईवटा बस खसेको चार दिन बितेको छ । आफन्तहरूलाई परिवारका सदस्य बेपत्ता हुनुको पीडा त छ नै उनीहरूले सरकार भएको आभास समेत नभएको गुनासो गरेका छन् ।


CG

आइतबार सिधाकुरा टिम सिमताल दुर्घटनामा बेपत्ता भएका बाराको प्रसौनी गाउँपालिका वडा नम्बर १ नकटुवाका ताराचन्द्र राउत कुर्मीको घर पुगेको थियो । ताराचन्द्रसँगै उनकी पत्नी कुश्मी देवी उक्त दुर्घटनामा बेपत्ता भएका छन् । हामी त्यहाँ पुग्दा बेपत्ताका परिवारले आफन्तको कुनै खबर नहुनुको पीडासँगै सरकारले बेवास्ता गरेको आक्रोश मिश्रित गुनासो हामीलाई पोखे । 

ताराचन्द्र र उनकी पत्नी काठमाडौँको एक अस्पतालमा उपचाररत आफन्त भेट्न काठमाडौँ निस्केका थिए । वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ चिनीमिल पिपराका प्रकाश पटेलले आफ्नै नाममा उनीहरूको टिकेट काटेका थिए । दुवै जना राति साढे ७ बजे वीरगञ्जको बसपार्कबाट बस समातेका थिए । तर उनीहरु काठमाडौँ पुग्नै पाएनन् । उनीहरु चढेको बस त्रिशुलीमा बेपत्ता भएको खबर पाएदेखि उनीहरूको परिवारले चुलो समेत बालेका छैनन् । 

ताराचन्द्रका कान्छा छोरा अनोज पटेलले घटना भएको यत्तिका दिन बितिसक्दा बाबुआमाको अवस्था अझै अज्ञात हुनुका दुख व्यक्त गरे । साथै उनले यति ठूलो घटनाका सरकारले चासो नदेखाएको प्रति पनि गुनासो गरे । 

स्थानीयले पनि यत्तिका दिनसम्म बस समेत पत्ता लगाउन नसक्नुमा सरकारको कमजोरी रहेको बताए । विश्वमा प्रविधि विकास भएपनि हाम्रोमा ति प्रविधिको प्रयोग हुन नसक्नुमा सरकारकै उदासिनता रहेको स्थानीय ललन पटेल बताउँछन् । 

परिवारले कि त सास कि त लास भएपनि पत्ता लगाइदिन माग गरेका छन् ।  

असार २८ गते बिहानको समयमा  नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस पहिरोसँगै त्रिशूली नदीमा खसेका थिए । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी जारी राखेका छन् ।

खोजी कार्यलाई थप प्रभावकारी बनाउनका लागि उच्चस्तरको सोनार डिभाइस प्रविधि प्रयोग गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, हलचोकबाट कुरिनटार लगिएको सो डिभाइसमार्फत खोजीकार्य गरिएको हो । उक्त प्रविधि २०० मिटर गहिराइसम्मको जुनसुकै बस्तु पनि पत्ता लगाउने खालको रहेको सशस्त्रले जनाएको छ । बसका यात्रु मध्ये केहिको शव दुर्घटनास्थलभन्दा निकै पर भेटिएको छ । भेटिएका शवहरुको आफन्तहलाई देखाउदै सनाखत गरिएको छ । हालसम्म दुर्घटनामा बेपत्ता भएका ११ जनाको शव भेटिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

“बिहीबारसम्म त कति राम्रो मौसम थियो, शुक्रबार एक्कासी डम्म हुस्सुले ढाक्यो, त्यसयता जाडो निकै बढ्यो”, गौशाला–१० बटौवा बस्तीका ७० वर्षीय लक्ष्मीप्रसाद कुशवाहा भन्छन्, “यो बढ्दो चिसोले अब धेरै...
डोरीमा बाँधिएर जीवन बिताउन बाध्य २६ वर्षीय झलक विक

डोरीमा बाँधिएर जीवन बिताउन बाध्य २६ वर्षीय झलक विक

उनी आफ्नो शरिरलाई आफैँ नियन्त्रण गर्न सक्दैनन् ।  घिस्रिएर अर्को स्थानमा पुग्न बाध्य छन् । सौच लगाएकै कपडामा हुन्छ ।
सुन्तला किसानको गुनासो: 'मौसमले ठग्छ, स्थानीय सरकारले कर लिन्छ'

सुन्तला किसानको गुनासो: 'मौसमले ठग्छ, स्थानीय सरकारले कर लिन्छ'

यहाँका कृषकले कम्तीमा २० देखि ८०० सम्म सुन्तलाका बोट लगाएका छन् । मङ्सिर महिनामा धान भित्र्याउने समय भए पनि यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला भएकाले कृषक यतिबेला...
ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा

ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा

गाउँमा राम्रो पढाइ हुने विद्यालय नभएका कारण ढेबुवा र जेरुङघाटका विद्यार्थीहरू छिमेकी जिल्ला सिन्धुलीको फिक्कल गाउँपालिकाका रत्न गङ्गा मावि र आधारभूत विद्यालय राईगाउँ तीनखण्डेमा पढ्दै आएका छन् ।...