नेभिगेशन
सबै कुरा

त्रिशुलीमा बेपत्ता भएकाका परिवार भन्छन्, 'सरकार भएको आभाष भएन' (भिडियाे)

बारा । त्रिशूलीमा दुईवटा बस खसेको चार दिन बितेको छ । आफन्तहरूलाई परिवारका सदस्य बेपत्ता हुनुको पीडा त छ नै उनीहरूले सरकार भएको आभास समेत नभएको गुनासो गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

आइतबार सिधाकुरा टिम सिमताल दुर्घटनामा बेपत्ता भएका बाराको प्रसौनी गाउँपालिका वडा नम्बर १ नकटुवाका ताराचन्द्र राउत कुर्मीको घर पुगेको थियो । ताराचन्द्रसँगै उनकी पत्नी कुश्मी देवी उक्त दुर्घटनामा बेपत्ता भएका छन् । हामी त्यहाँ पुग्दा बेपत्ताका परिवारले आफन्तको कुनै खबर नहुनुको पीडासँगै सरकारले बेवास्ता गरेको आक्रोश मिश्रित गुनासो हामीलाई पोखे । 

ताराचन्द्र र उनकी पत्नी काठमाडौँको एक अस्पतालमा उपचाररत आफन्त भेट्न काठमाडौँ निस्केका थिए । वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ चिनीमिल पिपराका प्रकाश पटेलले आफ्नै नाममा उनीहरूको टिकेट काटेका थिए । दुवै जना राति साढे ७ बजे वीरगञ्जको बसपार्कबाट बस समातेका थिए । तर उनीहरु काठमाडौँ पुग्नै पाएनन् । उनीहरु चढेको बस त्रिशुलीमा बेपत्ता भएको खबर पाएदेखि उनीहरूको परिवारले चुलो समेत बालेका छैनन् । 

ताराचन्द्रका कान्छा छोरा अनोज पटेलले घटना भएको यत्तिका दिन बितिसक्दा बाबुआमाको अवस्था अझै अज्ञात हुनुका दुख व्यक्त गरे । साथै उनले यति ठूलो घटनाका सरकारले चासो नदेखाएको प्रति पनि गुनासो गरे । 

स्थानीयले पनि यत्तिका दिनसम्म बस समेत पत्ता लगाउन नसक्नुमा सरकारको कमजोरी रहेको बताए । विश्वमा प्रविधि विकास भएपनि हाम्रोमा ति प्रविधिको प्रयोग हुन नसक्नुमा सरकारकै उदासिनता रहेको स्थानीय ललन पटेल बताउँछन् । 

परिवारले कि त सास कि त लास भएपनि पत्ता लगाइदिन माग गरेका छन् ।  

असार २८ गते बिहानको समयमा  नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस पहिरोसँगै त्रिशूली नदीमा खसेका थिए । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी जारी राखेका छन् ।

खोजी कार्यलाई थप प्रभावकारी बनाउनका लागि उच्चस्तरको सोनार डिभाइस प्रविधि प्रयोग गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, हलचोकबाट कुरिनटार लगिएको सो डिभाइसमार्फत खोजीकार्य गरिएको हो । उक्त प्रविधि २०० मिटर गहिराइसम्मको जुनसुकै बस्तु पनि पत्ता लगाउने खालको रहेको सशस्त्रले जनाएको छ । बसका यात्रु मध्ये केहिको शव दुर्घटनास्थलभन्दा निकै पर भेटिएको छ । भेटिएका शवहरुको आफन्तहलाई देखाउदै सनाखत गरिएको छ । हालसम्म दुर्घटनामा बेपत्ता भएका ११ जनाको शव भेटिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

कालीगण्डकीको किनार बालुवाको थुप्रोले भरिएको छ । कालीगण्डकी किनारमा बागलुङको काठेखोला दोभान, पर्वतको कुश्मा नगरपालिकाको नयाँपुल, सहस्रधारालगायत स्थानमा जथाभावी बालुवा उत्खनन् भइरहेको छ । अवैध रुपमा नदीजन्य पदार्थ...
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...
‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

हेलो सरकारमा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आवको तुलनामा ३२१ प्रतिशतले गुनासो बढेका छन । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ५६८ गुनासा प्राप्त भएकामा...
कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

होल्डिङ सेन्टरमा पानी भरिएपछि सुरक्षाकर्मीले डुङ्गाको प्रयोग गरेर केही सामान बाहिर निकाले पनि अधिकांश घरायसी सामग्री, लत्ताकपडा र अन्य अत्यावश्यक सामान पानीले भिजेर नष्ट भएको पीडितहरूले बताएका छन्।...

भर्खरै