नेभिगेशन
सबै कुरा

बडिगाड पहिरो स् तीन बालबालिका अझै बेपत्ता

बागलुङ ।  बडिगाड गाउँपालिका–१० आरुपाटामा मङ्गलबार बिहान खसेको पहिरोमा परेका तीनजना बालबालिकाको अवस्था अझै अज्ञात छ । 

पहिरोमा परेका  सात वर्षकी मधु र १० वर्षका मनोज बुढा तथा ११ वर्षका सुमन थापाको नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको  संयुक्त टोलीले खोजी गरिरहेको छ । 

Dish home
City Express

पहिरोमा ज्यान गुमाएका ७८ वर्षीय जोगबहादुर बुढा, १४ वर्षीय यमलाल विक, ११ वर्षीया सीता पुन, आठ वर्षीया अमलबुढा, सञ्जु विककी छ महिनाकी छोरी सीता र ७० वर्षीया मैतीदेवी विकको शव फेला परे पनि अन्यको अवस्था अज्ञात रहेको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापाले बताइन् । 

अध्यक्ष अधिकारीका अनुसार गम्भीर घाइते भएका १० जनामध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

झब्रिखेत बस्ती जोखिममा 

यसैबीच, सडक निर्माणसँगै झब्रिखेतमा पहिरो खस्न थालेको छ । त्यहाँ निरन्तर पहिरो खसेपछि जैमिनी नगरपालिका–१ कुश्मीशेराको बस्ती जोखिममा परेको छ । कुश्मीशेरा बजारबाट प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा हुँदै बलेवा अमलाचौर जोड्ने सडक विस्तार भएको स्थानमा पहिरो खस्न सुरु भएको हो ।

हरेक वर्षको पहिराले प्रभावित भएका यहाँका केही बासिन्दा विस्थापित भएका पहिरोपीडित दीपक पौडेलले बताउनुभयो । पहिरोका कारण पौडेल परिवार विस्थापित भइसकेको छभने स्थानीय रेशमलाल आचार्य, राजेन्द्र आचार्यलगायत स्थानीयका घर जोखिममा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सोमबार सरकार  विरुद्ध 'जेन-जी'को प्रदर्शन: १० हजार बढी सहभागी हुने, सामाजिक सञ्जालमा व्यापक समर्थन

सोमबार सरकार विरुद्ध 'जेन-जी'को प्रदर्शन: १० हजार बढी सहभागी हुने, सामाजिक सञ्जालमा व्यापक समर्थन

भ्रष्टाचारको आयबाट पोषित परिवारलाई खुलासा गर्न सुरु गरिएको 'जेन-जी'को अभियान 'नेपाेबेब' समूहले आन्दोलनको घोषण गरेका हुन् । सोमबार काठमाडौँको माइतीघर मण्डलमा उपस्थित भएर प्रदर्शनमा सहभागी हुन आग्रह गरेका...
सुस्तामा लुम्बिनी प्रदेश प्रमुख टोलीको भम्रणः सुस्ता बासीलाई हर्ष न बिस्मात

सुस्तामा लुम्बिनी प्रदेश प्रमुख टोलीको भम्रणः सुस्ता बासीलाई हर्ष न बिस्मात

सुस्ताबासी जगनारायण कमकण भन्छन्, 'यहाँ म बसेको ५५ वर्ष भयो,  कति नेता आए गए । सब भोटकालागि आऊछन । तर केही गर्दैनन् । नेताप्रतिको सुस्ताबासीको विश्वास घट्दो छ...
उखुको बक्यौता माग्दै किसानकाे उखु बोकेर माइतीघरमा  धर्ना

उखुको बक्यौता माग्दै किसानकाे उखु बोकेर माइतीघरमा धर्ना

उखु उत्पादक महासंघ नेपालले गत आ।व। ०८१÷०८२ को उखुको वक्यौता अनुदान रकम प्रति क्वीन्टल रु ७० का दरले भुक्तानी गर्न माग गर्दै आज देखी माइतीघरमा आन्दोलन सुरु गरेको...
ठगिए रोजगारीका लागि माल्दिभ्स गएका युवा, ठग्नेलाई जोगाउन सरकार नै मिल्यो !

ठगिए रोजगारीका लागि माल्दिभ्स गएका युवा, ठग्नेलाई जोगाउन सरकार नै मिल्यो !

यो घटना गत महिनाको हो । काठमाडौँको फरएभर ह्युमन रिसोर्स सोलुसन प्रालिबाट माल्दिभ्स पुुगेका खोटाङ ऐसेलु खर्कका नौला सिंह विश्वकर्माले विभागमा उजुरी दिएका थिए ।   म्यानपावर कम्पनीका सञ्चालकहरु...