नेभिगेशन
सबै कुरा

विकासमा युवाहरूको विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक छ : राष्ट्रपति

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको सर्वाङ्गिण विकासमा युवाहरूको  विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित युवा सम्मेलन, २०२४ लाई सम्वोधन गर्दै राष्ट्रपति पौडेलले संघीयता, सूचनाप्रविधिको विकास तथा बदलिदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्ने गरी नयाँ नीतिको आवश्यकता रहेको स्पष्ट पारे । दिनानुदिन विदेश पलायन भैरहेको युवा शक्तिलाई नेपालमै रोकेर राष्ट्र निर्माणमा कसरी प्रयोग गर्ने भन्ने कुरा आज धेरै गम्भिर बनेर आएको उनले बताए ।

Ncell
Extreme Energy

उनले नेपालमा भएका प्राकृतिक संभावनाहरुलाई समुचित ढंगले उपयोगमा ल्याउन सके नेपालले समृद्धिका लागि कतै भौतारिन नपर्ने धारणा राखे । राष्ट्रपति पौडेलले युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका अग्रदुत, परिवर्तनका संवाहक साथै राष्ट्रको अमूल्य सम्पत्ति भएको उल्लेख गरे । राष्ट्रपति पौडेलले परिवर्तित विश्व परिवेश, विज्ञान प्रविधिमा आएको नविनतम विकासको सन्दर्भमा युवासम्बद्ध समस्या तथा चुनौतीहरूलाई सम्बोधन गर्न आवश्यक रहेको बताए । 

त्यस्तै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले समृद्ध मुलुक बनाउनका लागि युवाहरुको भूमिका अपरिहार्य रहेको बताए । उनले नेपालमा १६ देखि ४० बर्ष उमेर समूहको जनसंख्या ४२ दशमलव ५६ रहेको भन्दै युवा परिचालनलाइ प्रविधिसँग जोडेर राष्ट्र निर्माणमा जुट्नुपर्ने उल्लेख गरे । 

त्यस्तै राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले संविधानमा मौलिक हकको रुपमा रहेको  शिक्षा, स्वास्थ्य र रोजगारको व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्न बाँकी रहेकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । उनले नेपाली जनशक्तिलाई नेपालमा परिचालन गर्नका लागि उद्यमशिलताको वातावरण तयार गर्नुपर्नेमा जोड दिए । 

अगष्ट १२ लाई हरेक वर्ष विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउदै आएको छ । नेपालमा भने पहिलो पटक सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो । नेपालमा यसवर्ष ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि ः डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत...
संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

संसदीय समितिले बोलायो ऊर्जामन्त्री श्रेष्ठ, यस्ता छन् एजेण्डा

प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठलाई बोलाएको छ ।
तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

प्रतिनिधि सभाका तीनवटा संसदीय समितिको बैठक बस्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभाको बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।