नेभिगेशन
सबै कुरा
जनताकाे गुनासाे

पेटको अप्रेसन गर्दा चल्न छोड्यो चित्र प्रसादको खुट्टा, अस्पतालले लापरवाही गरेको आरोप ?

काठमाडौँ । पेट दुखेर वीर अस्पताल आएका जुम्लाका चित्रप्रसाद अहिले खुट्टा नै टेक्न नसक्ने अवस्थामा पुगेका छन् । उपचारका क्रममा चिकित्सकको लापरवाहीका कारण आफ्नो दाहिने खुट्टा नै चल्न छाडेको उनको आरोप छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जुम्लाका ५२ वर्षीय चित्रप्रसाद समाल पेटमा डल्लो जस्तो देखिए पछि हिँडेरै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका थिए । क्यान्सरको शङ्का गर्दै प्रतिष्ठानले काठमाडौँस्थित वीर अस्पताल पठाएको थियो । उनको वीर अस्पतालमा पेटको उपचार भयो । तर, पेटको उपचारका क्रममा लापरबाही हुँदा उनी अहिले खुट्टा नै नचल्ने समस्याका कारण अर्को अस्पताल अर्थात वीरकै ट्रमा सेन्टरको ५४२ नम्बर बेडमा छटपटिएका छन् । 

Ncell
Extreme Energy


अस्पतालै पिच्छे भएका अनेक परिक्षण र शल्यक्रियाले पछि रोग झनै बल्झिएको छ । हिँडेर अस्पताल आएका समालको अहिले दाहिने खुट्टाले टेक्दैन, खुट्टामा चाल समेत छैन । जुम्ला तातोपानी गाउँपालिका ४ का समाल परिवार वीर अस्पतालमा उपचारका क्रममा लापरवाही गरिएको दाबी गर्दै आएका छन्  छोरा महेश समालका अनुसार चित्र प्रसादको कोखामा समस्या भएपछि साउनको पहिलो साता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षण गराउँदा क्यान्सर हुन सक्ने शङ्का गर्दै प्रतिष्ठानले वीर अस्पताल काठमाडौँमा रिफर गरेको थियो । 

वीर अस्पताल आएपछि चिकित्सकले आन्द्रामा क्यान्सर हुन सक्ने भन्दै कोलोनोस्काेपी गर्नुपर्ने सुझाव दिए । चिकित्सकका अनुसार रिपोर्टमा आन्द्राको बाहिरी भागमा डल्लो देखियो । चिकित्सकले अपरेशन गर्नुपर्ने बताए । 

त्यसपछि साउन २३ गते अस्पतालमा भर्ना भई २५ गते अपरेशन गर्न तयारी गरियो । भर्ना भएपश्चात्, चिकित्सकले एमआरआई गराउन सुझाव दिए । फेरी भोलिपल्ट एमआरआईको साटो अल्ट्रासाउण्ड गर्न भनियो । अल्ट्रासाउण्ड गर्दा चित्र प्रसादको पेटमा डल्लो देखियो । साउन २९ गते चित्र प्रसादको अप्रेसन भयो । 

महेशका अनुसार अपरेशनको क्रममा डक्टरहरूले सोचेजस्तो डल्लो नभएको र नशाहरू डल्लो परेका कारण अप्रेसन गर्नुपर्ने अवस्था आएको जानकारी दिएका थिए । पेटमा केही नदेखिएपछि अपरेशनको क्रममा नशाहरू काटिएको र तिनको रिपेयर गर्न राष्ट्रिय ट्रमा सेन्टरबाट डाक्टर जनित सिंहको टिमले आएर सर्जरी गरेको महेश बताउँछन् । 

त्यसपछि चित्र प्रसादको पेटको समस्या कम हुँदै गए पनि कम्मरदेखि तलको भाग हुँदै दाहिने खुट्टामा समस्या देखियो । उनको दाहिने खुट्टाले चाल नै पाउन छोड्यो, सेन्स हरायो । अप्रेसन पछि अवस्था झन् बिग्रिएपछि उनलाई ग्यास्ट्रो वार्डमा दुई दिनसम्म राखियो तर भदौ २ गते राति ११ बजे उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा लैजानु पर्ने भन्दै डिस्चार्ज गरिएको थियो महेशको गुनासो रहेको छ ।

अहिले उनी ट्रमा सेन्टरको बेडमा छन्, उनी वैशाखीको सहाराबिना टेक्न सक्दैनन् । चिकित्सकले रोगको पहिचान नै नगरी अप्रेसन गर्दा जटिलता निस्किएको हुन सक्ने चित्र प्रसादका छोरा महेशको गुनासो छ । 

यस विषयमा ग्यास्ट्राे सर्जरीका विभागीय प्रमुख शरद पोखरेलसँग कुराकानी गर्न  खोज्दा उनले समय नै नदिएको महेशको गुनासो छ । 

समालको परिवारले अहिले स्वास्थ्य उपचारमा लापरवाही गरिएकाले दोषी माथि कारवाही गरि विरामीलाई क्षतीपुर्ती भराउन माग गरेका छन् । समालको परिवारले विर अस्पतालका निर्देशकलाई सम्बोधन गर्दै आइतबार निवदेन दर्ता गराएका छन् । 

यता अस्पताल प्रशासनले भने बिरामीको आरोपको खण्डन गरेको छ । अस्पतालका सूचना अधिकारी मोहन कोइरालाले  विशेषज्ञ चिकित्सकहरुबाट हुने उपचारमा लापरबाहीको अवस्था नहुने भन्दै चिकित्सकको अनुभव र वीर अस्पातालको उपचारलाई विश्वास गर्न आग्रह गर्छन् ।

‘वीर अस्पतालको उपचारको गुणस्तरमा शङ्का गर्नु पर्दैन,’ कोइरालले भने,‘तर, समालको घटनामाले के भएको हो हामी बुझ्न बाँकी छ ।’ वीर अस्पतालमा दैनिक २५ सय बिरामी उपचारका लागि आउने भन्दै उनले त्यो सबै समग्र संस्था माथिको विश्वासका कारण सम्भव भएको बताए । साथै उनले अहिले पनि ९ सय बिरामी अस्पतालमा भर्ना भएर उपचारत रहेको भन्दै उपचारको गुणस्तरमा आशंका नै गर्न नपर्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

कालीगण्डकीको किनार बालुवाको थुप्रोले भरिएको छ । कालीगण्डकी किनारमा बागलुङको काठेखोला दोभान, पर्वतको कुश्मा नगरपालिकाको नयाँपुल, सहस्रधारालगायत स्थानमा जथाभावी बालुवा उत्खनन् भइरहेको छ । अवैध रुपमा नदीजन्य पदार्थ...
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...
‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

हेलो सरकारमा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आवको तुलनामा ३२१ प्रतिशतले गुनासो बढेका छन । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ५६८ गुनासा प्राप्त भएकामा...
कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

होल्डिङ सेन्टरमा पानी भरिएपछि सुरक्षाकर्मीले डुङ्गाको प्रयोग गरेर केही सामान बाहिर निकाले पनि अधिकांश घरायसी सामग्री, लत्ताकपडा र अन्य अत्यावश्यक सामान पानीले भिजेर नष्ट भएको पीडितहरूले बताएका छन्।...