नेभिगेशन
सबै कुरा

प्रेमी र उनका आफन्त मिलेर भीरबाट खसाले, गम्भीर घाइतेको ढुङ्गाले हानेर हत्या गरे

काठमाडाैँ । सुन्दरीजलमा मृत भेटिएकी राम दुलारीको हत्या भएको खुलासा भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार एक प्रेस वक्तव्य सार्वजनिक गर्दै यस्तो बताएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भदौ २० गते गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजलमा ढुङ्गाको कापमा भेटिएको उनको शव उनकै प्रेमी र उनका सहयोगीले भीरबाट खसालेर घाइते बनाई ढुङ्गाले हानेर हत्या गरेको पाइएको प्रहरी अनुसन्धानमा खुलेको हो । 

Ncell
Extreme Energy

शङ्कास्पद मृत्युको आशङ्कामा प्रहरीले थालेको अनुसन्धानमा उनको योजनाबद्ध रुपमा विभत्स हत्या भएको जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । 

अधिकारीका अनुसार हत्या भएकी महिला सिराहा घर भई काठमाडौँको बसुन्धारा बस्दै आएकी थिइन् । सामान्य मजदुरी गर्दै आएकी उनी सर्लाही चक्रघट्टा ३ का राम विनय महरासँग प्रेम सम्बन्धमा थिइन् । 

बसुन्धारामै जुत्ता सिलाउने काम गर्ने महराले आफ्नी प्रेमिका अन्य पुरुषसँग पनि सम्बन्धमा रहेको थाहा पाएपछि आफ्नो नाता लाग्ने सर्लाही बसगरिया ५ का सन्तोष राम महरासँग मिलेर हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ ।

‘अग्लो ठाउँमा चढाएर धकेलेर ढुङ्गामा झारेको र घाइते भएको अवस्थामा माथिबाट ढुङ्गाले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ,’ प्रहरी उपरीक्षक अधिकारीले भने । 

मृतकको परिवारका सदस्यहरू अझै सम्पर्कमा नरहेको पनि प्रहरीले जनाएको छ । उनीहरु पछिल्लो २ वर्ष देखी प्रेम सम्बन्धमा रहेको खुलेको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

प्रहरीका अनुसार गएराति निज शौकत अस्वाभाविक रूपमा हिँडडूल गरिरहेको देखिएपछि शङ्का लागेर जाँच गर्दा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइ राखेको अवस्थामा उक्त पदार्थ फेला परेको हो ।
कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प कटारीका प्रहरी निरीक्षक गोविन्द पौडेलका अनुसार चुरे जंगलमा पैदल हिँडिरहेका गाँजा तस्करहरूले सुरक्षाकर्मीलाई देखेपछि गाँजाको पोका छाडेर जंगलतर्फ भागेका थिए।
काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

उनीहरुले काठमाडौँ महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाम चलाएका थिए । ती गोदाममा समेत प्रहरीले छापा हानेर २ हजार ७ सय ७० थान विद्युतिय...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...