नेभिगेशन
सबै कुरा

दक्षिणपूर्वी ललितपुरको महाङ्कालमा भीषण पहिरो,६ जना बेपत्ता,दर्जनौँ घर पुरिए  

काठमाडौँ । दक्षिणपूर्वी ललितपुरको महाकालमा बाढी र पहिरोले ठूलो धनजनको क्षति गरेको छ । शुक्रबार रातिदेखिको बाढी र पहिरोले महाङ्काल गाउँपालिकामा ३ जनाको मृत्यु भएको र ३ जना बेपत्ता भएको पालिका अध्यक्ष गणेश केसीले सिधाकुरालाई जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अध्यक्ष केसीका अनुसार भीषण वर्षा र बाढीका कारण अझै स्थलगत अध्ययन गर्न सकिएको छैन् । अहिले आएको क्षतिको विवरण टेलिफोनबाट लिइएको उनले बताए । 

Ncell
Extreme Energy

पहिरोका कारण पालिका सदरमुकाम समेत रहेको बैतडी धाममा ठूलो क्षति पुगेको छ । ‘पालिका सदरमुकाम गोटिखेल, वैतर्नीधाम,एउटा निजी स्कुल सबै पुरियो र बगायो,’ अध्यक्ष केसीले भने, ‘महाङ्कालमा ३ जना बेपत्ता भएका छन् । ३ जनाको निधन भएको छ । ६ वटा घर पुरियो, ठोस्ने खोला २ मा ५० भन्दा बढी घर बगाएको छ ।’ पानी अझै निरन्तर परिरहेका कारण क्षति यकिन गर्न नसकिएको उनले बताए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

कालीगण्डकीको किनार बालुवाको थुप्रोले भरिएको छ । कालीगण्डकी किनारमा बागलुङको काठेखोला दोभान, पर्वतको कुश्मा नगरपालिकाको नयाँपुल, सहस्रधारालगायत स्थानमा जथाभावी बालुवा उत्खनन् भइरहेको छ । अवैध रुपमा नदीजन्य पदार्थ...
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...
‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

हेलो सरकारमा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आवको तुलनामा ३२१ प्रतिशतले गुनासो बढेका छन । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ५६८ गुनासा प्राप्त भएकामा...
कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

होल्डिङ सेन्टरमा पानी भरिएपछि सुरक्षाकर्मीले डुङ्गाको प्रयोग गरेर केही सामान बाहिर निकाले पनि अधिकांश घरायसी सामग्री, लत्ताकपडा र अन्य अत्यावश्यक सामान पानीले भिजेर नष्ट भएको पीडितहरूले बताएका छन्।...