नेभिगेशन
सबै कुरा

दक्षिणपूर्वी ललितपुरको महाङ्कालमा भीषण पहिरो,६ जना बेपत्ता,दर्जनौँ घर पुरिए  

काठमाडौँ । दक्षिणपूर्वी ललितपुरको महाकालमा बाढी र पहिरोले ठूलो धनजनको क्षति गरेको छ । शुक्रबार रातिदेखिको बाढी र पहिरोले महाङ्काल गाउँपालिकामा ३ जनाको मृत्यु भएको र ३ जना बेपत्ता भएको पालिका अध्यक्ष गणेश केसीले सिधाकुरालाई जानकारी दिए । 

अध्यक्ष केसीका अनुसार भीषण वर्षा र बाढीका कारण अझै स्थलगत अध्ययन गर्न सकिएको छैन् । अहिले आएको क्षतिको विवरण टेलिफोनबाट लिइएको उनले बताए । 

CG

पहिरोका कारण पालिका सदरमुकाम समेत रहेको बैतडी धाममा ठूलो क्षति पुगेको छ । ‘पालिका सदरमुकाम गोटिखेल, वैतर्नीधाम,एउटा निजी स्कुल सबै पुरियो र बगायो,’ अध्यक्ष केसीले भने, ‘महाङ्कालमा ३ जना बेपत्ता भएका छन् । ३ जनाको निधन भएको छ । ६ वटा घर पुरियो, ठोस्ने खोला २ मा ५० भन्दा बढी घर बगाएको छ ।’ पानी अझै निरन्तर परिरहेका कारण क्षति यकिन गर्न नसकिएको उनले बताए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुन्तला किसानको गुनासो: 'मौसमले ठग्छ, स्थानीय सरकारले कर लिन्छ'

सुन्तला किसानको गुनासो: 'मौसमले ठग्छ, स्थानीय सरकारले कर लिन्छ'

यहाँका कृषकले कम्तीमा २० देखि ८०० सम्म सुन्तलाका बोट लगाएका छन् । मङ्सिर महिनामा धान भित्र्याउने समय भए पनि यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला भएकाले कृषक यतिबेला...
ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा

ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा

गाउँमा राम्रो पढाइ हुने विद्यालय नभएका कारण ढेबुवा र जेरुङघाटका विद्यार्थीहरू छिमेकी जिल्ला सिन्धुलीको फिक्कल गाउँपालिकाका रत्न गङ्गा मावि र आधारभूत विद्यालय राईगाउँ तीनखण्डेमा पढ्दै आएका छन् ।...
जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’

जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’

परिवारले छोरा गुमाएको दुःखमाथि सरकारले दिएको प्रतीक्षाको बोझ बोकिरहेका छन् । औपचारिक रूपमा सहिद घोषणा भएको सुन्दा एकछिन मन बलियो बने पनि खोइ त त्यो सम्मानसँगै आउने जिम्मेवारी...
‘जब स्कुलले थर फेरिदियो, विजयले पढ्नै सकेनन्’

‘जब स्कुलले थर फेरिदियो, विजयले पढ्नै सकेनन्’

“धान खाने खेत सम्पत्ति मुद्दा लडेरै सकियो । अब त घरबास मात्रै छ । न छोरीले न्याय पाइ न नातीले बुबाको नाम पायो”, उनले भनिन् । गाँउमा सबैलाई...

भर्खरै