नेभिगेशन
सबै कुरा

प्रेममा हुँदा रेर्कड गरिएको 'गोप्य भिडियो'ले ब्रेकअपपछि 'ब्ल्याकमेल',कतारबाट फर्किदा विमानस्थलमै पक्राउ

काठमाडौँ । प्रेम सम्बन्धमा रहँदा रेर्कड गरिएका गोप्य भिडियो तथा तस्बिर ब्रेकअपछि आफन्त तथा साथिभाईलाई पठाई पीडितलाई हैरान पार्ने ३ व्यक्तिलाई नेपाल प्रहरीको साइबर ब्यूरोले नियन्त्रणमा लिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोका अनुसार उनीहरुले निकटमा हुँदा रेर्कडका गरेको गोप्य भिडियो तथा तस्विर म्यासेन्जर मार्फत पीडितका आफन्तहरुलाई पठाउने गरेका थिए । 

Ncell
Extreme Energy

पक्राउ परेका मध्ये रौतहट चन्द्रपुर नगरपालिका जुडिवेला घर भएका ३९ वर्षीय कृष्णप्रसाद अधिकारी भन्ने बिहानीबहादुर अधिकारीले ‘फेसबुक’ मा साथी बनी कुराकानीका क्रममा आदानप्रदान गरिएका गोप्य तस्बिरहरू ‘रेकर्ड’ गरी राखेर पीडितका आफन्त तथा साथीहरूको ‘म्यासेन्जर’ मा पठाउने गरेका थिए ।

यस्तै पक्राउ परेका अर्का ३७ वर्षीय रूपक शर्माले सामाजिक सञ्जालमा चिनजान भई प्रेम सम्बन्धमा रहँदा आदानप्रदान गरिएका गोप्य तस्बिर सहित अश्लील शब्दहरू लेखी पीडितको सम्पर्क नम्बरसहित ‘ह्वाट्स एप गु्रप’ मा ‘शेयर’ गर्ने गरेका थिए । 

उनी चितवन भरतपुर महानगरपालिका–१२ का हुन् । यस्तै लक्ष्मण यादव भन्ने जगदीशप्रसादले फेसबुकमार्फत चिनजान भई निकट सम्बन्धमा रहँदा खिचिएका तस्बिर तथा रेकर्ड गरिएका भिडियोहरू आफन्त तथा साथीका ‘म्यासेन्जर’मा पठाई चरित्रहत्या गर्ने गरेका थिए । सप्तरी बोदेबरसाइन नगरपालिका–६ फुल्काई घर भएका २४ वर्षीय यादव  वैदेशिक रोजगारीको क्रममा कतारमा रहि नेपालमा रहेकी पीडितलाई दुख दिएको भन्दै प्रहरीमा उजुरी परेको थिए । 

वैदेशिक रोजगारीबाट फर्कीने क्रममा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

केन्द्रीय साइबर ब्यूरोका उपनिर्देशक एवं प्रहरी उपरीक्षक भाग्येन्द्रपुरूष ढकालका अनुसार कृष्णप्रसाद भन्ने बिहानीबहादुर र रूपक शर्माउपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको र लक्ष्मण यादव भन्ने जगदीशप्रसादलाई आइतबार जिल्ला अदालत काठमाडौँमा पेस गरिने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

कालीगण्डकीको किनार बालुवाको थुप्रोले भरिएको छ । कालीगण्डकी किनारमा बागलुङको काठेखोला दोभान, पर्वतको कुश्मा नगरपालिकाको नयाँपुल, सहस्रधारालगायत स्थानमा जथाभावी बालुवा उत्खनन् भइरहेको छ । अवैध रुपमा नदीजन्य पदार्थ...
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...
‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

हेलो सरकारमा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आवको तुलनामा ३२१ प्रतिशतले गुनासो बढेका छन । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ५६८ गुनासा प्राप्त भएकामा...
कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

होल्डिङ सेन्टरमा पानी भरिएपछि सुरक्षाकर्मीले डुङ्गाको प्रयोग गरेर केही सामान बाहिर निकाले पनि अधिकांश घरायसी सामग्री, लत्ताकपडा र अन्य अत्यावश्यक सामान पानीले भिजेर नष्ट भएको पीडितहरूले बताएका छन्।...