नेभिगेशन
सबै कुरा

प्रेममा हुँदा रेर्कड गरिएको 'गोप्य भिडियो'ले ब्रेकअपपछि 'ब्ल्याकमेल',कतारबाट फर्किदा विमानस्थलमै पक्राउ

काठमाडौँ । प्रेम सम्बन्धमा रहँदा रेर्कड गरिएका गोप्य भिडियो तथा तस्बिर ब्रेकअपछि आफन्त तथा साथिभाईलाई पठाई पीडितलाई हैरान पार्ने ३ व्यक्तिलाई नेपाल प्रहरीको साइबर ब्यूरोले नियन्त्रणमा लिएको छ । 

नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोका अनुसार उनीहरुले निकटमा हुँदा रेर्कडका गरेको गोप्य भिडियो तथा तस्विर म्यासेन्जर मार्फत पीडितका आफन्तहरुलाई पठाउने गरेका थिए । 

Dish home
City Express

पक्राउ परेका मध्ये रौतहट चन्द्रपुर नगरपालिका जुडिवेला घर भएका ३९ वर्षीय कृष्णप्रसाद अधिकारी भन्ने बिहानीबहादुर अधिकारीले ‘फेसबुक’ मा साथी बनी कुराकानीका क्रममा आदानप्रदान गरिएका गोप्य तस्बिरहरू ‘रेकर्ड’ गरी राखेर पीडितका आफन्त तथा साथीहरूको ‘म्यासेन्जर’ मा पठाउने गरेका थिए ।

यस्तै पक्राउ परेका अर्का ३७ वर्षीय रूपक शर्माले सामाजिक सञ्जालमा चिनजान भई प्रेम सम्बन्धमा रहँदा आदानप्रदान गरिएका गोप्य तस्बिर सहित अश्लील शब्दहरू लेखी पीडितको सम्पर्क नम्बरसहित ‘ह्वाट्स एप गु्रप’ मा ‘शेयर’ गर्ने गरेका थिए । 

उनी चितवन भरतपुर महानगरपालिका–१२ का हुन् । यस्तै लक्ष्मण यादव भन्ने जगदीशप्रसादले फेसबुकमार्फत चिनजान भई निकट सम्बन्धमा रहँदा खिचिएका तस्बिर तथा रेकर्ड गरिएका भिडियोहरू आफन्त तथा साथीका ‘म्यासेन्जर’मा पठाई चरित्रहत्या गर्ने गरेका थिए । सप्तरी बोदेबरसाइन नगरपालिका–६ फुल्काई घर भएका २४ वर्षीय यादव  वैदेशिक रोजगारीको क्रममा कतारमा रहि नेपालमा रहेकी पीडितलाई दुख दिएको भन्दै प्रहरीमा उजुरी परेको थिए । 

वैदेशिक रोजगारीबाट फर्कीने क्रममा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

केन्द्रीय साइबर ब्यूरोका उपनिर्देशक एवं प्रहरी उपरीक्षक भाग्येन्द्रपुरूष ढकालका अनुसार कृष्णप्रसाद भन्ने बिहानीबहादुर र रूपक शर्माउपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको र लक्ष्मण यादव भन्ने जगदीशप्रसादलाई आइतबार जिल्ला अदालत काठमाडौँमा पेस गरिने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सोमबार सरकार  विरुद्ध 'जेन-जी'को प्रदर्शन: १० हजार बढी सहभागी हुने, सामाजिक सञ्जालमा व्यापक समर्थन

सोमबार सरकार विरुद्ध 'जेन-जी'को प्रदर्शन: १० हजार बढी सहभागी हुने, सामाजिक सञ्जालमा व्यापक समर्थन

भ्रष्टाचारको आयबाट पोषित परिवारलाई खुलासा गर्न सुरु गरिएको 'जेन-जी'को अभियान 'नेपाेबेब' समूहले आन्दोलनको घोषण गरेका हुन् । सोमबार काठमाडौँको माइतीघर मण्डलमा उपस्थित भएर प्रदर्शनमा सहभागी हुन आग्रह गरेका...
सुस्तामा लुम्बिनी प्रदेश प्रमुख टोलीको भम्रणः सुस्ता बासीलाई हर्ष न बिस्मात

सुस्तामा लुम्बिनी प्रदेश प्रमुख टोलीको भम्रणः सुस्ता बासीलाई हर्ष न बिस्मात

सुस्ताबासी जगनारायण कमकण भन्छन्, 'यहाँ म बसेको ५५ वर्ष भयो,  कति नेता आए गए । सब भोटकालागि आऊछन । तर केही गर्दैनन् । नेताप्रतिको सुस्ताबासीको विश्वास घट्दो छ...
उखुको बक्यौता माग्दै किसानकाे उखु बोकेर माइतीघरमा  धर्ना

उखुको बक्यौता माग्दै किसानकाे उखु बोकेर माइतीघरमा धर्ना

उखु उत्पादक महासंघ नेपालले गत आ।व। ०८१÷०८२ को उखुको वक्यौता अनुदान रकम प्रति क्वीन्टल रु ७० का दरले भुक्तानी गर्न माग गर्दै आज देखी माइतीघरमा आन्दोलन सुरु गरेको...
ठगिए रोजगारीका लागि माल्दिभ्स गएका युवा, ठग्नेलाई जोगाउन सरकार नै मिल्यो !

ठगिए रोजगारीका लागि माल्दिभ्स गएका युवा, ठग्नेलाई जोगाउन सरकार नै मिल्यो !

यो घटना गत महिनाको हो । काठमाडौँको फरएभर ह्युमन रिसोर्स सोलुसन प्रालिबाट माल्दिभ्स पुुगेका खोटाङ ऐसेलु खर्कका नौला सिंह विश्वकर्माले विभागमा उजुरी दिएका थिए ।   म्यानपावर कम्पनीका सञ्चालकहरु...