नेभिगेशन
सबै कुरा

संविधान दिवसको अवसरमा डिल्लीबजार कारागारमा सजाय काटिरहेका १९ जनाको सजाय मिनाहा, ३ जना कर्तव्य ज्यान मुद्दाका

३ असोज, काठमाडौं । संविधान दिवसमा डिल्लीबजार कारागारमा विभिन्न कसुरमा कैदी भुक्तानी गरिरहेका १९ जनाले सजाय माफि पाएका छन् । जस मध्ये ३ जना कर्तव्य ज्यान मुद्दाका छन् । 

संविधान दिवसका अवसरमा गृह मन्त्रालयको सिफारीसमा राष्ट्रपति कार्यालयबाट डिल्लीबजार कारागारमा कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका काठमाडौंका डेनिश श्रेष्ठ, काठमाडौ १६ का दिनेश महर्जन, सिराहाका जाविर अन्सारीको बाँकी सजाय मिनाह भएको हो । 

City Express

यस्तै ज्यान मार्ने उद्योग कुटपिट अंगभंग कसुरमा सजाय काटिरहेका नुवाकोटका सानुराम खत्री र विकास केसीको पनि कैदी कट्टी भएको छ । उनीहरु सबै कारगारबाट रिहा भएको कारागार स्रोतले बताएको छ । 

उनिहरुसँगै रेड पाण्डाको ओसारापसा तथा विक्री गर्ने कसुरमा सजाय काटिरहेका रसुवाका काजी तामाङ र सिन्धुपाल्चोकका अनुप सापकोटा, सरकारी छाप दस्तखत किर्ते कसुरमा सजाय काटिरहेका सप्तरीका विष्णुप्रसाद चौधरी, खोटा चलान कसुरमा सजाय काटिरहेका हेटौंडाका सुदिप कार्की, अवैधरुपमा हात्ति, कस्तुरी लगायत वन्यजन्तुको अखेटा पार गरेको कसुरमा सजाय काटिरहेका हुम्लाका छवाङ तुण्डुप तामाङ, अवैधरुपमा गैंडाको खाग अखेटा पार गरेको सजाय काटिरहेका काठमाडौंका लव खत्री पनि माफि मिनाहा पाएर कारगारबाट रिहा भएका छन् । 

यस्तै चोरी मुद्दामा सजाय काटिरहेका धादिङका कान्छा मगर, डाका मुद्दामा सजाय काटिरहेका कृष्ण मोक्तान, डाका, हातहतियार कसुरमा सजाय काटिरहेका रसुवाका गोरे भनिने गोर्साङ घले, सवारी ज्यान मुद्दामा सजाय काटिरहेका सिन्धुपाल्चोक मेलम्चीका अर्जुन गिरी, बालुवाटरका पदम बहादुर सुनार, नबजनी चोरीमा सजाय काटिरहेको गोरखाकाका रोशन परियारले पनि कैदी छुट पाएका छन् । 

यस्तै  ट्याक्सीको मिटरको सिल तोडेको कसुरमा सजाय काटिरहेका रामेछाप दोरम्बाका बुधबहादुर श्रेष्ठले पनि संविधानदिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट माफि पाएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जनविद्रोह गर्ने र विस्थापित भएकाको परीक्षण निर्वाचनमार्फत हुन्छः गृहमन्त्री अर्याल

जनविद्रोह गर्ने र विस्थापित भएकाको परीक्षण निर्वाचनमार्फत हुन्छः गृहमन्त्री अर्याल

“विद्रोहबाट विस्थापित भएकाको फेरि पुनरागमन हुने अवस्था रहेछ, जनताले ‘म्यान्डेड’ दिनहुन्छ भने पनि त्यसका लागि निर्वाचनमै जानुपर्छ”, मन्त्री अर्यालले भने, “जसले नयाँ जनविद्रोह गर्नुभयो र अहिले यो अवस्था...
तोडफोड र आगजनीमा संलग्न २ वडा सभापतिलाई रास्वपाले गर्यो कारबाही

तोडफोड र आगजनीमा संलग्न २ वडा सभापतिलाई रास्वपाले गर्यो कारबाही

जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनीमा संलग्न भएका पोखरा महानगरपालिका–१० का वडा सभापति चन्द्रबहादुर थापा र मादी गाउँपालिका–६ का वडा सभापति भोजराज पौडेललाई निलम्बन गरेको हो ।
आयोजना कटौती गरी १ खर्ब स्रोत जुटाउन सकिन्छः अर्थमन्त्री खनाल

आयोजना कटौती गरी १ खर्ब स्रोत जुटाउन सकिन्छः अर्थमन्त्री खनाल

उनले जेनजी प्रदर्शनका कारण सिंहदरबारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै चाँडो भग्नावशेष हटाइ भित्तामा रंगरोगन गरिने बताए । “कालो लागेको भित्ता रंगरोगन गरौं । हामी विनासबाट उठ्यौँ है...
कुलमानको पहिलो निर्णयः डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत प्राधिकरणलाई निर्देशन

कुलमानको पहिलो निर्णयः डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत प्राधिकरणलाई निर्देशन

घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा उनले बक्यौता उठाउन निकै प्रयास गरेका थिए । तर पछि उनलाई हटाएर हितेन्द्रदेव शाक्यलाई प्राधिकरणकाे कार्यकारी निर्देशक नियुक्त गरिएको थियो ।