नेभिगेशन
सबै कुरा

अस्ट्रेलियामा आयोजित बहुसांस्कृतिक फुटबल प्रतियोगितामा नेपाली टोली विजयी

तास्मानिया, अस्ट्रेलिया । अस्ट्रेलियाको तास्मानियास्थित होवार्ट सहरमा आयोजित बहुसांस्कृतिक फुटबल प्रतियोगितामा नेपाली टोली विजयी भएको छ  । उक्त प्रतियोगितामा भुटान, नाइजेरिया, नेपाल र भियतनामलाई प्रतिनिधित्व गर्दै ६ टिम सहभागी भएका थिए । 

जसमा टाकीन, भुटनिज कम्युनिटी एसोसिएसन अफ साउथर्न तास्मानिया९बीकास्ट० र अस्ट्रेलियन भुटनिज सोसाइटी अफ साउथर्न तास्मानिया९एबीएसएनटी० गरी तीन टिमले भुटानको प्रतिनिधित्व गरेका थिए । त्यस्तै नाइजेरियन टिम ‘इमोले’, नेपाली टिम नेपलिज फुटबल क्लब अफ तास्मानिया९एनएफसीटी० र भियतनाको प्रतिनिधित्व गर्दै गोल्डेन ड्रयागन एफसी प्रतियोगितामा सहभागी थिए ।

Dish home
City Express

सहभागी टिम मध्यबाट नेपाललाई प्रतिनिधित्व गरेको टिम एनएफसीटीले प्रतियोगितामा विजयी भएको एनएफसीटी क्लबका सचिब सुवास खतिवडाले जानकारी दिएका छन् । उनका अनुसार ६ टिम सहभागी भएको खेल दुई समुहमा विभाजन गरी खेलाइएको थियो । जसमा ग्रुप ‘ए’ बाट ग्रुप विजेताको रुपमा नेपाली टिम एनएफसीटी र ग्रुप ‘बी’ बाट भुटानी टिम ‘बीकास्ट’ फाइनल खेलमा भएको थियो ।

उक्त फाइनल खेलमा १–० को अन्तरले नेपाली टिम विजयी भएको कल्बका सचिव खतिवडाले जानकारी दिए । उनका अनुसार विजयी नेपाली टिम एनएफसीटी ले २५ सय अस्ट्रेलियन डलरका साथै ट्रफी हात पारेको छ । भने, दोस्रो हुने भुटानी टिम ‘बीकास्ट’ ले एक हजार अस्ट्रेलियन डलरका साथै ट्रफी हात पारेको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिदेशीय मैत्रीपूर्ण फुटबल खेल्ने महिला टोलीको बिदाइ

त्रिदेशीय मैत्रीपूर्ण फुटबल खेल्ने महिला टोलीको बिदाइ

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विदाई गरेको हो । विदाइ कार्यक्रममा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य...
नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता

नेपाली राष्ट्रिय फुटबल टोली स्वदेश फिर्ता

बिहीबार स्वदेश फर्किएको नेपाली राष्ट्रिय टीमलाई एन्फा पदाधिकारीले त्रिभुवन बिमानस्थलमा स्वागत गरेका थिए । एएफसी एसियन कप छनोट अन्तर्गत दुई लेग खेल्न नेपाली टोली भियतनाम पुगेको थियो ।...
एन्फाले शहिद स्मारक ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा तत्काल नगर्ने

एन्फाले शहिद स्मारक ए डिभिजन लिग होम एन्ड अवे प्रणालीमा तत्काल नगर्ने

मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै एन्फाले ए डिभिजन क्लवको सुझावका आधारमा तत्कालका लागि होम एन्ड अवे प्रणालीमा लिग नगर्ने निर्णयमा पुगेको जनाएको हो ।
एन्फाका अध्यक्ष नेम्वाङको राजीनामा माग

एन्फाका अध्यक्ष नेम्वाङको राजीनामा माग

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले एन्फा अध्यक्षको कार्यशैलीका कारण नेपाली फुटबल धरासयी हुदै गएकाले थप दुर्घटनाबाट जोगाउनका लागि भन्दै समयमा नै मार्गप्रशस्त गर्न माग गरेका हुन् ।...