नेभिगेशन
सबै कुरा

अस्ट्रेलियामा आयोजित बहुसांस्कृतिक फुटबल प्रतियोगितामा नेपाली टोली विजयी

तास्मानिया, अस्ट्रेलिया । अस्ट्रेलियाको तास्मानियास्थित होवार्ट सहरमा आयोजित बहुसांस्कृतिक फुटबल प्रतियोगितामा नेपाली टोली विजयी भएको छ  । उक्त प्रतियोगितामा भुटान, नाइजेरिया, नेपाल र भियतनामलाई प्रतिनिधित्व गर्दै ६ टिम सहभागी भएका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जसमा टाकीन, भुटनिज कम्युनिटी एसोसिएसन अफ साउथर्न तास्मानिया९बीकास्ट० र अस्ट्रेलियन भुटनिज सोसाइटी अफ साउथर्न तास्मानिया९एबीएसएनटी० गरी तीन टिमले भुटानको प्रतिनिधित्व गरेका थिए । त्यस्तै नाइजेरियन टिम ‘इमोले’, नेपाली टिम नेपलिज फुटबल क्लब अफ तास्मानिया९एनएफसीटी० र भियतनाको प्रतिनिधित्व गर्दै गोल्डेन ड्रयागन एफसी प्रतियोगितामा सहभागी थिए ।

Ncell
Extreme Energy

सहभागी टिम मध्यबाट नेपाललाई प्रतिनिधित्व गरेको टिम एनएफसीटीले प्रतियोगितामा विजयी भएको एनएफसीटी क्लबका सचिब सुवास खतिवडाले जानकारी दिएका छन् । उनका अनुसार ६ टिम सहभागी भएको खेल दुई समुहमा विभाजन गरी खेलाइएको थियो । जसमा ग्रुप ‘ए’ बाट ग्रुप विजेताको रुपमा नेपाली टिम एनएफसीटी र ग्रुप ‘बी’ बाट भुटानी टिम ‘बीकास्ट’ फाइनल खेलमा भएको थियो ।

उक्त फाइनल खेलमा १–० को अन्तरले नेपाली टिम विजयी भएको कल्बका सचिव खतिवडाले जानकारी दिए । उनका अनुसार विजयी नेपाली टिम एनएफसीटी ले २५ सय अस्ट्रेलियन डलरका साथै ट्रफी हात पारेको छ । भने, दोस्रो हुने भुटानी टिम ‘बीकास्ट’ ले एक हजार अस्ट्रेलियन डलरका साथै ट्रफी हात पारेको छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विश्वकपपछि मैदानमा जम्दै रोनाल्डो, अल नासरको जितमा गरे उत्कृष्ट हेडर गोल

विश्वकपपछि मैदानमा जम्दै रोनाल्डो, अल नासरको जितमा गरे उत्कृष्ट हेडर गोल

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट हेडर गोलको मद्दतले साउदी प्रो लिगअन्तर्गत बुधबार राति सम्पन्न खेलमा अल नासरले आभा क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको छ । यस जितसँगै...
फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

मलेसियाको पेनाङमा सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्थानीय तथा अन्तर्राष्ट्रिय नेपाली क्लबहरूको उत्साहजनक सहभागिता रहेको थियो। मुख्य प्रतियोगितामा हिमालयन एफसी, एन पेनाङ एफसी र नेपबोर्न एफसी बीच प्रतिस्पर्धात्मक खेलहरू...
१६ वर्षपछि उपाधि जित्दा स्पेनको नयाँ युगको सुरुआत

१६ वर्षपछि उपाधि जित्दा स्पेनको नयाँ युगको सुरुआत

सन् २०१० पछि स्पेनलाई च्याम्पियन बनाउन फेरान टोरेजले निर्णायक गोल गरेका थिए । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि...