नेभिगेशन
पूर्वाधार

झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर (तस्बिर)

काठमाडाैँ । काठमाडौँ प्रवेशद्वारमा अवस्थित नागढुंगा–सिस्नेखोला सुरुङमार्ग र बलम्बु फ्लाइओभर सडक बत्तीको उज्यालोले रातको समयमा झलमल्ल देखिन थालेका छन् ।

सुरुङमार्ग र फ्लाइओभरमा जडान गरिएका सडक बत्तीले रातको समयमा राजधानीको पश्चिमी नाका चम्किएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Tunnel-Road_light_evening_view_NPL-(2)-1785075510.JPG

Marvel
Extreme Energy

काठमाडौं र धादिङलाई जोड्ने नेपालको पहिलो सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक उद्घाटनपछि सञ्चालनमा आउँदै छ ।

२०७६ कात्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको यो आयोजना करिब सात वर्षपछि सञ्चालनमा आउन लागेको हो ।

करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको सुरुङमार्गले नागढुंगाको ट्राफिक जाम कम गर्दै काठमाडौं उपत्यकामा आवतजावतलाई सहज बनाउने अपेक्षा गरिएको छ । मुख्य सुरुङ २.६८ किलोमिटर लामो छ भने २.५५७ किलोमिटरको छुट्टै आपतकालीन (रेस्क्यु) सुरुङ पनि निर्माण गरिएको छ।

Tunnel-Road_light_evening_view_NPL-(1)-1785075510.JPG

उद्घाटनपछि पहिलो दिन आपतकालीन प्रयोजनका सवारी साधनलाई मात्र सुरुङ प्रयोग गर्न दिइनेछ । त्यसपछि चरणबद्ध रूपमा निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा ल्याइने सडक विभागले जनाएको छ। पैदलयात्री, दुई पाङ्ग्रे सवारी तथा डिजेल, पेट्रोललगायत प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई भने सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन ।

सुरुङमार्ग प्रयोगका लागि सरकारले शुल्कसमेत निर्धारण गरेको छ । काठमाडौं भित्रिँदा कार तथा भ्यानले ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनीबस तथा टिपरले भित्रिँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ। बस तथा ट्रकका लागि भित्रिँदा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तोकिएको छ । हेभी ट्रकले भने भित्रिँदा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

Tunnel-Road_light_evening_view_NPL-(4)-1785075511.JPG

प्रारम्भिक सम्झौताअनुसार आयोजना ४२ महिनाभित्र सम्पन्न हुनुपर्ने भए पनि कोभिड–१९ महामारी, जग्गा अधिग्रहण तथा मुआब्जा विवादलगायत कारण निर्माण कार्यमा ढिलाइ भएको थियो ।

सुरुङमार्गसँगै निर्माण गरिएको बलम्बु फ्लाइओभर पनि सञ्चालनका लागि तयार भएको छ । कलंकी–नागढुंगा सडकखण्ड अन्तर्गत थानकोट चेकपोस्ट नजिक रहेको यो फ्लाइओभरले नागढुंगा सुरुङमार्गको पहुँचमार्गलाई मुख्य सडकसँग जोड्ने काम गर्नेछ।Tunnel-Road_light_evening_view_NPL-(3)-1785075511.JPG

१२८ मिटर लामो फ्लाइओभरमा मूल सडकतर्फ २८० मिटर र पहुँचमार्गतर्फ २१० मिटर लामो र्‍याम्प निर्माण गरिएको छ। फ्लाइओभर र सुरुङमार्ग दुवै क्षेत्रमा सडक बत्ती जडान गरिएपछि रातको समयमा सम्पूर्ण संरचना झिलिमिली देखिन थालेको छ। आधुनिक प्रकाश व्यवस्थासहितको फ्लाइओभर र सुरुङमार्गले राजधानी प्रवेशद्वारको स्वरूप नै परिवर्तन गरेको छ।

सरकारले सुरुङमार्ग सञ्चालनसँगै नागढुंगा नाकामा हुने लामो ट्राफिक जाम घट्ने, यात्रा समय छोटिने र राजधानी प्रवेश गर्ने सवारीको आवागमन थप सुरक्षित तथा व्यवस्थित हुने विश्वास लिएको छ।

यो आयोजना जापान सरकारको ऋण सहायता र नेपाल सरकारको लगानीमा निर्माण गरिएको हो । प्रारम्भमा जापान सरकारको करिब साढे १६ अर्ब रुपैयाँ र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी रहने सहमति भएको थियो। निर्माणका क्रममा लागत बढेपछि जापान सरकारले थप करिब ५ अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराएको थियो। आयोजनाको निर्माण ठेक्का जापानको हाज्मा आन्दो कर्पोरेसनले लिएको थियो।


Tunnel-Road_light_evening_view_NPL-(7)-1785075513.JPG

Tunnel-Road_light_evening_view_NPL-(8)-1785075513.JPG

Tunnel-Road_light_evening_view_NPL-(6)-1785075512.JPG

Tunnel-Road_light_evening_view_NPL-(5)-1785075512.JPG

Tunnel-Road_light_evening_view_NPL-(10)-1785075514.JPG

Tunnel-Road_light_evening_view_NPL-(9)-1785075514.JPG

Tunnel-Road_light_evening_view_NPL-(12)-1785075515.JPG

Tunnel-Road_light_evening_view_NPL-(11)-1785075515.JPG

Tunnel-Road_light_evening_view_NPL-(15)-1785075517.JPG

Tunnel-Road_light_evening_view_NPL-(16)-1785075517.JPG

Tunnel-Road_light_evening_view_NPL-(14)-1785075516.JPG

Tunnel-Road_light_evening_view_NPL-(18)-1785075518.JPG

Tunnel-Road_light_evening_view_NPL-(13)-1785075516.JPG

Tunnel-Road_light_evening_view_NPL-(17)-1785075518.JPG

Tunnel-Road_light_evening_view_NPL-(20)-1785075519.JPG

Tunnel-Road_light_evening_view_NPL-(19)-1785075519.JPG

Tunnel-Road_light_evening_view_NPL-(25)-1785075521.JPG

Tunnel-Road_light_evening_view_NPL-(21)-1785075520.JPG

Tunnel-Road_light_evening_view_NPL-(24)-1785075520.JPG

Tunnel-Road_light_evening_view_NPL-(27)-1785075521.JPGतस्बिर: प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

यहाँका किसानले सामूहिक र व्यक्तिगत गरेर १६ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेका छन् । कृषक समूहकी अध्यक्ष जितमाया रानाका अनुसार गत वर्ष ६ रोपनीमा सयपत्री लगाइएको थियो...
बुढीगण्डकी बाढीले उजाडेकाे शान्तिबजार, घरबास बगेपछि पालमुनी गुजारा

बुढीगण्डकी बाढीले उजाडेकाे शान्तिबजार, घरबास बगेपछि पालमुनी गुजारा

शान्तिबजारमा ५८ घरधुरी रहेको स्थानीय राजकुमार खत्रीले बताए । उनका अनुसार बाढीले बस्तीका अधिकांश घरमा बस्नै नसक्ने गरी क्षति पुर्‍याएको छ। घरभित्र रहेका सामानसमेत बगाएको वा पुरेको अवस्थामा...
सर्वसाधारणले कहिलेदेखि प्रयोग गर्न पाउँछन् कुसुन्तीकाे लिफ्टसहितको आकाशे पुल

सर्वसाधारणले कहिलेदेखि प्रयोग गर्न पाउँछन् कुसुन्तीकाे लिफ्टसहितको आकाशे पुल

ललितपुर महानगरपालिका–१३ स्थित चक्रपथ क्षेत्रमा निर्माण भइरहेको यो पुल करिब चार करोड ६८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो। २०८० फागुनमा निर्माण सुरु भएको पुल सम्झौताअनुसार एक वर्षभित्र...
सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला (तस्बिरहरु)

निर्धारित समयभन्दा करिब दुई वर्ष ढिलो गरी आयोजना हुन लागेको प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम अघि बढाइएको छ। नवौँ राष्ट्रिय खेलकुद...