नेभिगेशन
समाज

आज विश्व बाघ दिवस, संरक्षणमा नेपालको सफलता विश्वलाई प्रेरणा

Tiger-_-129-1785298777.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लोपोन्मुख बाघको संरक्षणप्रति विश्व समुदायलाई सचेत गराउने र संरक्षणप्रतिको सामूहिक प्रतिबद्धता दोहोर्‍याउने उद्देश्यले आज १७ औं विश्व बाघ दिवस मनाइँदै छ । 

Ncell
Extreme Energy

विश्वभर बाघको संख्या तीव्र रूपमा घट्दै गएपछि बाघ संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्न तथा संरक्षणका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउन सन् २०१० मा 'ग्लोबल टाइगर इनिसिएटिभ' अन्तर्गत रुसको सेन्ट पिटर्सबर्गमा आयोजित 'सेन्ट पिटर्सबर्ग टाइगर शिखर सम्मेलन'ले जुलाई २९ लाई 'विश्व बाघ दिवस'का रूपमा मनाउने निर्णय गरेको थियो । त्यसयता मनाइँदै आएको बाघ दिवस नेपालका लागि औपचारिक कार्यक्रम मात्र नभई संरक्षणको क्षेत्रमा हासिल गरेको ऐतिहासिक सफलताको रूपमा मनाउने दिन पनि हो । 

Tiger-_-124-1785298765.jpg

नेपालले बाघ संरक्षणमा विश्वसामु उदाहरणीय सफलता प्रस्तुत गरेको छ। राष्ट्रिय बाघ तथा आहारा प्रजाति गणना २०२२ अनुसार नेपालमा ३ सय ५५ वटा जंगली बाघ अभिलेख गरिएको थियो । सन् २००९ मा यो संख्या केवल १ सय २१ थियो । छोटो अवधिमै बाघको संख्या झण्डै तीन गुणाले वृद्धि हुनु नेपालका लागि मात्र होइन, विश्व संरक्षण इतिहासकै उल्लेखनीय उपलब्धिमध्ये एक मानिन्छ । वैज्ञानिक प्रविधिको प्रयोग, प्रभावकारी चोरी–सिकार नियन्त्रण, बासस्थान संरक्षण र समुदायको सक्रिय सहभागिताले नेपाललाई बाघ संरक्षणमा विश्वकै अग्रणी राष्ट्रका रूपमा स्थापित गरेको छ।

नेपालले राष्ट्रिय बाघ तथा आहारा प्रजाति गणना–२०२६ को फिल्ड सर्वेक्षण सम्पन्न गरिसकेको छ। आधिकारिक प्रतिवेदन सार्वजनिक हुन बाँकी रहे पनि प्रारम्भिक विश्लेषणहरूले नेपालमा बाघको संख्या अझ वृद्धि हुने अनुमान छ । यसपटक देशको बाघ संख्या करिब ४ सयको हाराहारी पुग्न सक्ने अपेक्षा गरिएको छ । यदि आधिकारिक नतिजाले यसलाई पुष्टि गरेमा, नेपालले बाघ संरक्षणमा अर्को ऐतिहासिक उपलब्धि हासिल गर्दै विश्वसामु आफ्नो नेतृत्वलाई अझ सशक्त बनाउनेछ।

Tiger-_-125-1785298769.jpg

मुख्यतः विश्वका १३ वटा एसियन देशमा बाघ पाइन्छ । भारत, नेपाल, बङ्ग्लादेश, म्यानमार, थाइल्याण्ड, मलेसिया, इन्डोनेसिया, कम्बोडिया, चीन, रसिया, लाओस र भियतनाम बाघ पाइने देश हुन् । हाल विश्वमा ५ हजर ५ सयको संख्यामा बाघ रहेको अनुमान छ ।

नेपालमा चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ पाइन्छ । सन् २०२२ को गणनाअनुसार सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा १ सय २८, बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५, बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको सरकारी तथ्याङ्क छ ।

बढ्दो मानव–बाघ द्वन्द्व, बासस्थानको खण्डीकरण, पूर्वाधार विकासको दबाब र जैविक मार्ग बाघ संरक्षणको चुनौती बनेका छन् ।

Tiger-_-128-1785298777.jpg

Tiger-_-123-1785298765.jpg

Tiger-_-126-1785298771.jpg

Tiger-_-127-1785298772.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...
झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर (तस्बिर)

झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर (तस्बिर)

यो आयोजना जापान सरकारको ऋण सहायता र नेपाल सरकारको लगानीमा निर्माण गरिएको हो । प्रारम्भमा जापान सरकारको करिब साढे १६ अर्ब रुपैयाँ र नेपाल सरकारको ६ अर्ब रुपैयाँ...