नेभिगेशन
समाज

वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध भ्रष्टाचार मुद्दा

मेयर पदबाट सिंह निलम्बित

काठमाडौँ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध  भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज सिंहसहित ७ जना विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

मेयर सिंहविरुद्ध यसअघि पर्सा जिल्ला अदालतमा लिखत किर्ते लगायत कसुरमा चार वटा मुद्दा दायर भएको थियो । भ्रष्टाचारको मुद्दा दायर भएसँगै सिंह महानगरको मेयर पदबाट निलम्बित भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अर्काको छोरीलाई आफ्नो छोरी दाबी गरी झुटो विवरणका आधारमा नेपाली नागरिकता दिलाएको आरोपमा उनीहरूविरुद्ध आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

Ncell
Extreme Energy

मेयर सिंहले सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका वडा नम्बर १० की रीता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई आफ्नी छोरी बनाएर नागरिकता दिलाएका थिए । रुविनालाई नागरिकता दिलाउन उनले स्थानीय जनप्रतिनिधि र कर्मचारीहरूसँग मिलेमतो गरेको अख्तियारको दाबी छ ।

२०७१ साल कात्तिक २० गते वीरगञ्ज महानगरपालिका वडा नं ३ को कार्यालयमा रुविना श्रेष्ठको झुटो विवरण राखी जन्मदर्ता प्रमाणपत्र बनाइएको थियो । सोही जन्मदर्ता प्रमाणपत्रका आधारमा वडाबाट सिफारिस गराई जिल्ला प्रशासन कार्यालय, पर्साबाट २०७५ साल साउन १३ गते रुविनाको नाममा नागरिकता जारी गरिएको थियो ।

अख्तियारले मेयर सिंह र बालिकाकी आमालाई यो अवैध काम गराउन मुख्य सहयोगी बनेको अभियोग लगाएको छ ।

त्यसैगरी, तत्कालीन वडा सचिव भिखारी राय र तत्कालीन वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष तैफुल अख्तर ठकुराईमाथि जानीजानी गलत सरकारी कागजात (जन्मदर्ता र नागरिकता सिफारिस) तयार पारेको आरोप छ ।

गलत विवरणका आधारमा नागरिकता जारी गर्ने प्रक्रियामा संलग्न रहेको भन्दै जिल्ला प्रशासन कार्यालय, पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेललाई पनि मुद्दामा प्रतिवादी कायम गरिएको छ ।

यस ‘गैरकानूनी नागरिकता प्रकरण’को सत्यतथ्य बुझ्न गृह मन्त्रालयले एउटा छानबिन समिति गठन गरेको थियो । तर, उक्त समितिका संयोजक एवं तत्कालीन उपसचिव पुस्कर राना र सदस्य एवं तत्कालीन शाखा अधिकृत परशुराम पोखरेलले दोषीहरूलाई बचाउने उद्देश्यले गलत प्रतिवेदन तयार पारेको भन्दै उनीहरूलाई पनि प्रतिवादी कायम गरिएको छ ।

उनीहरूले घटनाको गम्भीरतालाई लुकाउन र अनुसन्धानलाई प्रभावित पार्न ‘जिल्ला प्रशासन कार्यालय र वडा कार्यालयबाट कागजातहरू नष्ट भइसकेका छन्’ भनी झुटो विवरण लेखी प्रतिवेदन बुझाएका थिए ।

सरकारी प्रतिवेदनमा बदनियतपूर्वक गलत विवरण लेखेको भन्दै उनीहरू दुवै जनालाई प्रतिवादी कायम गरिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मेयर सिंहले अर्काको छोरीलाई नक्कली कागजात बनाई नागरिकता बनाइदिएको विषयको पर्दाफास सिधाकुराले गरेको थियो ।

राजेशमान सिंहबारे सिधाकुराले गरेको श्रृङ्खलावद्ध खुलासा:

EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)

वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले दिए जाहेरी

वीरगंजका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन

समाचार टिप्पणी :राजेशमानको उध्रिएको मुकुट !

वीरगंजका मेयर राजेशमान सिंहविरुद्धको नागरिकता किर्ते प्रकरणमा परमादेश माग गर्दै उच्च अदालतमा निवेदन दर्ता

वीरगंजका मेयर राजेशमान सिंहको नागरिकता किर्ते प्रकरणः अनुसन्धानको प्रगति विवरण पेश गर्न उच्चको आदेश

वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध पर्सा अदालतमा ४ वटा मुद्दा दायर

वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी

वीरगन्जका मेयर राजेशमानलाई प्रहरीको नाटकीय पक्राउ, थुनछेकका लागि अदालतमा लगियो

यस्तो छ अख्तियारको विज्ञप्ति

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफलको उद्घाटन सत्रमा सहभागी

नेपालले महासभाका क्रममा ‘सगरमाथा टु सी’ नामक साइड इभेन्ट आयोजना गर्दैछ। उक्त कार्यक्रममा जलवायु परिवर्तन, हिमाली क्षेत्रमा परेको प्रभाव तथा जलवायुजन्य विपद्का कारण सिर्जित चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण...
बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

बिनातामझाम अमेरिका उडे प्रधानमन्त्री बालेन, जलवायु न्यायका लागि राष्ट्रसंघमा उठ्ने छ सशक्त आवाज

तर, प्रधानमन्त्री बालेन शाहको पहिलो विदेश भ्रमण, त्यो पनि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिकातर्फ प्रस्थान गर्दैगर्दा एयरपोर्टमा यस्तो कुनै तामझाम देखिएन, बिदाइ गर्न जानेहरुको लावालस्कर देखिएन ।...
नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

नेकपा बैठकले गर्‍यो वाम दलसँग एकताका लागि वार्ता समिति गठन

बुधबार बसेको पार्टी केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।
एमाले बैठकमा आज क-कसले बोले ?

एमाले बैठकमा आज क-कसले बोले ?

केन्द्रीय सदस्यहरूले बैठकमा पार्टीका विभिन्न विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए।